नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
काठमाडौँ, ५ मङ्सिर । नेपालले आफ्नो भूमिमा जनगणना गर्नु हाम्रो सार्वभौम अधिकार हो । भारतनियन्त्रित कास्मिरका हरेक गाउँमा भारत सरकारले जनगणना गर्नु जति स्वाभाविक हो, नेपालको कुनै पनि जिल्लाका हरेक गाउँ–गाउँमा नेपाल सरकारले जनगणना गर्नु उत्तिकै स्वाभाविक हो । जसरी भारतको भूमिमा जनगणना गर्न नेपाल वा कुनै पनि देशले रोक्नु अन्तर्राष्ट्रिय नियमविपरीत मात्र होइन, भारतको सार्वभौमिकतामाथि चुनौती हुन्छ, त्यसरी नै नेपालको कुनै भूमिमा जनगणना गर्न प्रत्यक्ष वा परोक्ष रूपमा भारतले रोक्छ भने त्यो पनि अन्तर्राष्ट्रिय नियमविपरीत र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप मानिनेछ ।
दार्चुला जिल्लाअन्तर्गत नेपाली गाउँहरू टिङ्कर, छाङ्रू र भारतीय कब्जामा रहेका कुटी, नाबी, गुन्जीलगायत गाउँहरूमा जनगणना गर्न भारतले अवरोध सिर्जना गरेको छ । नेपाली भूमिबाट ती गाउँहरूमा सडक सञ्जाल नपुगिसकेको अवस्थामा भारतीय बाटो हुँदै गणकहरू जान खोज्दा भारतले अनुमति दिएन । सोही क्षेत्रमा घुम्न जान लागेका मानिसलाई अनुमति दिने तर गणकहरूलाई बहानाबाजी गरेर अनुमति नदिनु भारतको अनुचित व्यवहार हो ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग भएको ऐतिहासिक तथ्य प्रमाणको आधारमा नेपाल सरकारले ती क्षेत्रसहितको नेपालको नक्सा प्रकाशित गरिसकेको छ । नक्सा प्रकाशित भएपछि त्यस सम्बन्धमा भारतले नेपालसँग कुनै वार्ता वा संवाद गर्न चाहेको छैन । बरू हतियारको बलमा ती क्षेत्रमाथि आफ्नो अधिपत्य कायम राखेको छ । अहिले नेपाल सरकारले नियमित रूपमा गर्दै आएको जनगणनामा समेत भारतले असहयोग गरेको छ । एउटा असल छिमेकीले कदापि पनि यस्तो व्यवहार गर्नु ठीक होइन ।
भारतले आफूसँग भएका प्रमाण सहित ती क्षेत्रको विषयमा नेपालसँग संवाद पनि नगर्ने अनि ती क्षेत्रमा नेपालको दाबी पछि ठाउँ पनि नछोड्नु कदापि सुहाउँदो व्यवहार होइन । यसले भारतको विस्तारवादी चरित्र नै उजागर गरेको छ । प्रतिकूल अवस्थामा पनि नेपाली युवाहरू जनगणना गर्न टिङ्कर र छाङ्रूतिर लाग्नु प्रशंसनीय कुरा हो । तर, ती दुई गाउँभन्दा माथि पनि अरू नेपाली गाउँहरू छन् । त्यहाँ जनगणनाको पूर्वतयारीमा गरिएको सर्वेक्षण समेत गर्न भारतीय पक्षले रोकेको समाचार स्रोतहरूले बताएका छन् ।
भारतले कब्जा गरेका क्षेत्रमा जनगणना गर्ने विषयमा भारतीय पक्षसँग सहकार्य गर्ने केन्द्रीय सरकारका एक जना मन्त्रीले बोलेका थिए । के उनले बोलेजस्तै साँच्चै कुनै संवाद भएको थियो ? भारतले नेपालको प्रस्तावमा के जवाफ दिएको थियो ? सरकारले नेपाली जनतालाई जानकारी दिनुपर्छ ।
आजको युग समृद्धि र विकासको युग हो । भारत आफै पनि संसारको एउटा शक्तिशाली देश बन्ने दौडमा लागेको छ । त्यसको निम्ति उसले आफ्ना सबै छिमेकी देशहरूसँग सम्बन्ध सुमधुर बनाउनुको विकल्प छैन । दैलोमै विवाद र द्वन्द्व भए समृद्धिको यात्रा अकल्पनीय हुन्छ । त्यसकारण, भारतले नेपाललगायत सीमा विवाद भएका विभिन्न देशहरूसँग कूटनीतिक संवादका विभिन्न पद्धतिको प्रयोग गरी सर्वप्रथम सीमा समस्या हल गर्नुपर्छ ।
नेपाली जनता भारतसँग शान्तिपूर्ण संवाद र ऐतिहासिक तथ्य प्रमाणको आधारमा सीमा समस्या समाधान गर्न चाहन्छ । मित्रताको निकै पुरानो इतिहास बोकेका दुई देशबीच सीमा समस्या समाधान गरे आगामी पुस्ताले यो समस्यामा अल्झिरहनुपर्ने छैन । भारतले नेपालप्रति गर्ने विस्तारवादी र हेपाहा व्यवहारको कारण नेपालमा भारतविरोधी भावना बढेको हो । सीमा समस्या शान्तिपूर्वक समाधान गरे छिमेकीप्रति नेपाली जनताको भावना पनि क्रमशः सकारात्मक बन्दै जानेछ । यो लामो र जटिल प्रक्रियाको आरम्भ भनेको जनगणनामा नेपाललाई सहज बनाउनु हुनसक्छ । नेपाली गणकहरूलाई नेपाली भूमिमा सहज जनगणना गर्न भारतले सहयोगीको भूमिका खेल्न आवश्यक छ ।
Leave a Reply