तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
जुम्ला, ६ मंसिर । देशघाती एमसीसी सम्झौताको विरोधमा जुम्ला सिँजा गाउँपालिकामा आइतबार जनसभा भयो ।
उक्त सभामा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले आर्थिक सहयोगको नाममा अमेरिकी साम्राज्यवादले ने
पालमा आफ्नो सेना तैनाथ गर्न खोजिरहेको बताउनुभयो । उहाँले कुनै पनि सहयोग बाध्यकारी हुन नसक्ने भन्दै केही अरब
रूपियाँको निम्ति नेपालले स्वाभीमान बेच्न नसक्ने तर्क राख्नुभयो ।
कार्यक्रममा नेमकिपा, जुम्लाका अध्यक्ष पूर्णलाल खत्रीले एमसीसी पारित गर्ने कुनै पनि पार्टीलाई नेपाली जनताले सजाय
गर्ने विचार राख्नुभयो ।
नेमकिपा जुम्ला जिल्ला समितिको सचिवालय सदस्य राजेश्वर देवकोटाले एमसीसी पारित नगर्न सरकारको ध्यानाकर्षण
गर्नुभयो ।
पार्टी जिल्ला सचिव लालबहादुर बुढाले नेमकिपाले एमसीसी सम्झौताविरूद्ध निरन्तर सङ्घर्ष गरिरहेको प्रस्ट पार्नुभयो ।
नेमकिपा सिँजा गाउँपालिकाका विष्णुभक्त बुढाको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष कालीबहादुर बोहरा र
गापा सदस्य कन्नी रावतले पनि आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply