विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
म ९४ वर्षको भएँ । शरीरले नदिएको कारण म बसेरै बोल्दै छु । ९४ वर्ष भन्दाखेरि सजिलो तर हिँड्दाखेरि गा¥हो रहेछ । मान्छेको अन्न–पानीको शरीर त्यस्तै हुनेरहेछ । तर, यस कार्यक्रममा आउन मन लाग्ने, बसेरै भए पनि बोल्न मन लाग्ने, भेटघाट होला भन्ने उत्साहले पनि हो । फेरि यस्तो रोग आयो कि अपराध गरेको छैन तर मुख देखाउन नहुने, छोप्नुपर्ने । यो महामारीले धेरै मित्रहरूलाई लिएर गयो । उमेर नै नपुगेको धेरैलाई पनि लग्यो । मलाई पनि सात दिन जति ओछ्यान पा¥यो, अस्पतालमा । तर, महामारीले मसँग सकेन, महामारीविरुद्धको लडाइँमा मैले नै जितेँ । तपाईँहरूको सद्भावनाले पनि होला, म आज यहाँ उपस्थित छु ।
आज ४१ औँ साहित्य सम्मेलन । निकै लामो अवधि पार गरिसकेछ यसले । निरन्तर यो साहित्य सम्मेलन हुनु भनेको सफलताकै द्योतक हो । ४१ वर्ष भन्दा, सुन्दा सजिलो तर गर्दा गा¥हो नै हुन्छ । मौसम खराब भई आज पानी पर्दा मेरा साथीहरू, आयोजक मित्रहरूलाई झनै गा¥हो भयो होला । तथापि, कत्ति पनि नआत्तिई, नहडबडाई, धैर्यका साथ कार्यक्रमको आयोजना गरिएको छ । यहाँको सहभागिताले त्यत्तिकै उत्साह पनि दिइरहेको छ । कार्यक्रम आयोजना गर्नेहरूलाई मात्र होइन, आउने जो कोहीमा पनि उत्साह छ । कार्यक्रममा आउने, जाने, बस्ने सबैलाई उत्साहित पार्नु यस कार्यक्रमको विशेषता नै हो ।
साहित्यमा जनताको साहित्य हुनुपर्छ । साहित्यमा जनता नै मूल तत्व हो । अर्थात्, साहित्य जनताको लागि लेखिनुपर्छ । ठूल्ठूला विद्वानले लेख्ने मात्र साहित्य हुन्न, सर्वसाधारणले लेख्ने र सर्वसाधारणले बुझ्ने साहित्य हुनुपर्छ । हाम्रो देशमा निरक्षरले निरक्षरलाई पढाएर कला, संस्कृति, सभ्यतालाई अहिलेसम्म कायम राखिएको छ । हाम्रो पुर्खाले बनाएका, लेखेका मठ–मन्दिरका झ्याल–ढोकाका कलाहरू हेरेर अहिले हामी लठ्ठ हुन्छौँ । निरक्षरलाई कलाकार, वास्तुकलाविद् बनाउनेका सन्तान हौँ हामी, त्यसकारण पनि हामी गौरव गर्छौँ । म आफै मठ–मन्दिर, सार्वजनिक पाटी–पौवा हेर्न गएँ भने मुग्ध भएर त्यहीँ हराउँछु, जनताको कला भनेको त्यस्तो हुन्छ । यो तःमुंज्या पनि जनताको कला हो, जनताको वात्सल्य हो, जनताको माया हो, जनताकै जोश–जाँगर हो । हाम्रो कला जनताको लागि हुनुपर्छ । जनता नै मूल तत्व हो । जनतालाई नै केन्द्रमा राख्नुपर्छ ।
२०१८ सालमा अहिलेको विवादित (तर, नेपालकै भूमि) र राज्य जान नसकेको ठाउँ कालापानी, लिपुलेक, लिम्पियाधुराको जनगणना मैले नै गराएको हुँ । म त्यो क्षेत्रको जोनल अफिसर थिएँ । मेरो खरदार, मुखिया सा’बहरू त्यहाँ गएका थिए, गणकहरू गएर त्यहाँ जनगणना गरेका थिए । ६० वर्ष अगाडि म गएर जनगणना गराएको ठाउँमा आज राज्य जान सक्दैन रे ¤ कस्तो हाँसोलाग्दो कुरा ¤ आफ्नै भूमिमा राज्य जाननसक्नु अप्ठ्यारो कुरा हो । नेपालको सेना र भारतीय सेनाको बीचमा संयुक्त अभ्यास पनि भयो, त्यहाँ पिथौरागढमा । सेनाको बीचमा सहकार्य हुनसक्ने तर जनगणनामा सरकार जान नसक्ने, मैले बुझिनँ ¤ अझै पनि समय छ, नेपाल सरकारले भारत सरकारसँग कुरा गर्नुपर्छ, हाम्रो मान्छे हाम्रो त्यस क्षेत्रमा पुग्नुपर्छ । यद्यपि, मैले थाहा पाएसम्म त्यहाँ नेपाली जनता छैनन्, सा¥है चिसो ठाउँ भएकोले बसोबास हुँदैन । तर, मान्छे छन्, मित्रराष्ट्र (भारत) का बुटधारीहरू छन् बन्दूकधारीहरू छन् । तिनले पनि हाम्रै हावाको उपयोग गर्छन्, हाम्रै पानी खान्छन्, हाम्रै भूमिमा फोहोर गर्छन् वा सफा गर्छन् । तिनीहरू हाम्रो भूमिमा बस्छन् । त्यस्ता कति छन् हाम्रो भूमिमा, राज्यले थाहा पाउनुप¥यो नि ! त्यसकारण, पनि त्यहाँ राज्यको उपस्थिति अत्यन्त जरुरी छ । राज्य नै जान सक्दैन भने को जान्छ ?
मैले २०१८ सालमा जनगणना गराउँदा त्यहाँ भारतीय सिपाही त के भारतीय चरो, मुसो पनि थिएन ! भारतीय ढेडु पनि थिएन, भारतीय बाँदर पनि थिएन । त्यहाँ जनता नै बस्दैनथे । म नै प्रस्ट थिइनँ जनगणना गर्न जाने तर जनता नबसेको ठाउँमा जाने कि नजाने भनेर । अहिले त जनता बस्छन् तर भारतका जनता बस्छन्, उसका सिपाही बस्छन् । त्यहाँ कुन मुलुकका मान्छे छन् भन्ने गणना हुनुपर्छ, त्यसकारण पनि कालापानी, लिपुलेक, लिम्पियाधुरामा राज्यको प्रतिनिधित्व हुनुपर्छ, उपस्थिति हुनैपर्छ । दुई मुलुकका बीचमा बन्दुक बोकेका सेनाको संयुक्त अभ्यास हुनसक्ने तर कलम लिएर जाने गणकले गणना गर्न किन नसक्ने ?
अझै पनि समय छ, राज्यलाई फेरि पनि अनुरोध गर्छु, त्यहाँ जनगणना हुनुपर्छ । जुनसुकै देशका मान्छे बसेका भए पनि नेपाल सरकार त्यस क्षेत्रमा पुगेर गणना गराउनैपर्छ र त्यहाँ बस्नेहरू कुन देशका नागरिक हुन् भन्ने प्रस्ट हुनुपर्छ । कालापानी, लिम्पियाधुरा र लिपुलेकको जनगणना गराउनैपर्छ । यो मुलुकको सार्वभौमिकतासँग मात्रै होइन, त्यहाँ बसेका मान्छेसँग सम्बन्धित छ, यो विषय । त्यसकारण, सरकारसँग पुनः आग्रह गर्छु ।
अहिले अकस्मात् चिसो बढेको छ, पानी परेको छ, दिन चिसो छ । चिसो र तातोको मिश्रण भएको प्रतिकूल मौसममा पनि भक्तपुर जागेर यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको छ । खेत–खेतमा धान पाकेर पहेँलपुर देखिन्छ । धान थन्क्याउने काम थाँती राखेर भए पनि कैयौँ साथीहरू यस कार्यक्रममा उपस्थित हुनुहुन्छ । यो मञ्च, कार्यक्रमस्थल हेर्दा जति आकर्षित छ, बनाउन निकै गा¥हो भयो होला । आयोजक मित्रहरू धन्यवादका पात्र हुनुहुन्छ । भक्तपुरका किसानका छोराछोरी पनि अहिले त पढेलेखेका छन् । मैले थाहा पाएसम्म धान वा खेतीपातीको समयमा तिनीहरू खेतमा पुग्छन्, त्यसपछि फेरि विश्वविद्यालय पुग्छन् ! यसरी दुवैतिर भ्याउने जुन कला, सीप र आकर्षण छ त्यसले नै भक्तपुरलाई भक्तपुर बनाएको छ । पहिले त भक्तपुरमा धानको हकुवा लाउने वा धानलाई हकुवा बनाउने चलन थियो, विधि थियो । सायद नयाँ पुस्ताले बिर्सियो होला !
४१ वर्षसम्म निरन्तर चलेको यो साहित्य सम्मेलनमार्फत म भक्तपुरकै अभिनन्दन गर्न चाहन्छु । भक्तपुरको यो उत्साह अरू जिल्लामा पनि जाओस् भन्ने चाहन्छु । यस कार्यक्रमको पूर्ण सफलताको कामना गर्छु । मौका दिनुभएकोमा आयोजक साथीहरूलाई धेरै धेरै धन्यवाद !
(२०७८ असोज ३१ र कार्तिक १ गते दुई दिन आयोजित ४१ औँ नेपालभाषा साहित्य तःमुंज्यामा वरिष्ठ पत्रकार भैरव रिसालले व्यक्त गर्नुभएको विचार – सं.)
Leave a Reply