“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
हिजो,
मैले चोरको विरुद्धमा निस्केको
विशाल ¥याली हेरेर आएँ,
लाखौँ मान्छेको शक्ति प्रदर्शन नियालेर आएँ,
साथै अत्यन्त जोसिलो, अन्यन्त आँटिलो
भाषण पनि सुनेर आएँ,
सर्वशक्तिमान ¥यालीको नारा
मैले कानभरि भरेर ल्याएँ
काले चोर देश छोड ! देश छोड काले चोर !
गुञ्जिएको पाएँ !
‘वरिष्ठ नेता’ को भाषण थियो–
काले चोरले देश डुबायो,
मनपरि शासन चलायो,
हामीलाई झुक्याइझुक्याइ
आफूले मात्र पेटभरि खायो,
हाम्रोअगाडि फुर्ती लगायो
काले चोरले देश डुबायो !
काले चोरले देश डुबायो !
परर्र्र् परर्र्र् बजेको तालीले
भाषणकर्ताको जोस बढायो ।
आजपनि,
मैले उस्तै ¥याली सडकमा भेटेर आएँ,
नारा र मान्छे उस्तैउस्तै
पल्लाघरका जुम्ल्याहा जस्तै
नारा थियो–
खैरे चोर देश छोड ! देश छोड खैरे चोर !
अहो, कस्तो अचम्म !
काले र खैरेको झगडा बाहिरियो,
देश विकास गर्ने कुरा हरायो,
देश जोगाउने विचार बिलायो,
सिद्धान्त लुकायो, नीति उल्टायो,
सैद्धान्तिक सङ्घर्ष हावामा उडायो,
राजनीतिलाई फोहरी खेल भन्दै
व्यक्तिवादी विचार फैलायो,
विस्तारवादविरुद्धको नारा सेलायो,
साम्राज्यवादविरुद्धको स्वर हरायो,
चोरको विरुद्धमा चोरकै आन्दोलन
‘ठूल्ठूला राजनीतिज्ञ’ ले चोरैचोरको
बिल्ला लगाए !
Leave a Reply