भर्खरै :

चीनले जारी ग¥यो आफ्नो शैलीको प्रजातन्त्रबारे श्वेत पत्र

पेइचिङ, ४ डिसेम्बर । चीनले शनिबार आफ्नो प्रजातान्त्रिक ढाँचाबारे श्वेत पत्र जारी गरेको छ । श्वेत पत्रमा जनताको पूर्ण सहभागितासहित समग्र प्रक्रियाको प्रजातन्त्रले चीनमा कसरी काम गर्छ, चीनले पश्चिमा ढाँचाको प्रजातन्त्र किन अनुशरण गरेन र आफ्नो शैलीको चीनका प्रजातन्त्रलाई बलियो बनाउन चीनसँग किन आत्मविश्वास छ भन्ने प्रश्नको उत्तर दिइएको छ ।
संरा अमेरिकाले डिसेम्बर ९ र १० मा आयोजना गरेको ‘प्रजातन्त्र सम्मेलन’ को पूर्वसन्ध्यामा जारी गरिएको सो श्वेत पत्रले प्रजातन्त्रको नाममा संरा अमेरिकाले प्रजातान्त्रिक प्रभुत्ववाद प्रवद्र्धन गरेको आलोचना गर्नुका साथै विश्वलाई विचारधाराको आधारमा विभाजित गरेकोमा खेद प्रकट गरिएको छ ।
‘काम गर्ने प्रजातन्त्र’ शीर्षकको सो श्वेत पत्र शनिबार चीनको राज्य परिषद्को सूचना कार्यालय सार्वजनिक गरेको हो । त्यसमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनको समग्र प्रक्रियाको जनताको प्रजातन्त्र, चुस्त संस्थागत ढाँचा, चीनको प्रजातन्त्रको मूर्त र गतिशील अभ्यास र चीनले विकास गरेको नयाँ ढाँचाको प्रजातन्त्रबारे व्याख्या गरिएको छ ।
“प्रजातन्त्र मूर्त प्रक्रिया हो जसको लगातार विकास भइरहेको छ । इतिहास, संस्कृति र परम्पराको जरामा गाडिएको प्रजातन्त्रले विविध रूप धारण गर्नुका साथै विभिन्न देशका जनताले आफ्नै प्रयोग र खोजको आधारमा प्रजातन्त्रको बाटो विकास गर्नेछन् । चीनमा जनता नै देशका मालिक हुन् । चीनको कुनै पनि व्यवस्थाको जग यही हो । यसले सबै प्रणालीको राज्य सञ्चालन यही सिद्धान्तमा आधारित छ”, श्वेतपत्रमा उल्लेख छ ।
“चीनका जनताले जनकाङ्ग्रेसमार्फत राज्य अधिकारको प्रभावकारी प्रयोग गर्छन् । अनि जनताको तर्फबाट जनकाङ्ग्रेसहरूले राज्यशक्तिको अभ्यास गर्छन् । जनकाङ्ग्रेसहरूसँग कानुन निर्माण, सरकारी अधिकारीहरूको नियुक्ति र कारबाही, निर्णय गर्ने र अनुगमन गर्ने अधिकार छ”, श्वेत पत्रमा भनिएको छ ।
“चीनको प्रजातन्त्र संरा अमेरिकाको प्रजातन्त्रभन्दा सबभन्दा विस्तृत, सबभन्दा असली र सबभन्दा प्रभावकारी प्रजातन्त्र हो । संरा अमेरिकी नेताहरूले स्वार्थ समूहहरूको प्रतिनिधित्व गर्छन् भने चीनमा समग्र प्रक्रियाको जनताको प्रजातन्त्रले जनताको जीवन परिवर्तनको निम्ति नीति कार्यान्वयन सुनिश्चित गर्छ”, श्वेत पत्र जारी गर्न शनिबार आयोजित कार्यक्रममा चीनका वरिष्ठ अधिकारीहरूले भने ।
“संरा अमेरिकी नेताहरू चुनाव जित्न जस्तोसुकै वाचा र प्रतिबद्धता व्यक्त गर्छन् । तर, निर्वाचित भएर गएपछि त्यस्ता कुनै पनि वाचा पूरा गर्दैनन् । चीनको प्रजातन्त्रको प्रभावकारिता भनेको समस्या समाधान र जनताको जीवनस्तर उकास्न सक्नुमा पनि छ”, चीनको राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समितिका उपमहासचिव क्वो चेनह्वाले पत्रकार भेटघाटमा भने ।
“आफ्नो प्रजातान्त्रिक अभ्यासको विकास गर्न चीनसँग आत्मविश्वास छ किनभने चीन जनताका आग्रह र अपेक्षा पूरा गर्न सक्रियतापूर्वक काम गर्छ, चीनले समग्र प्रक्रियाको जनताको प्रजातन्त्रको विकास गरेको र त्यसमा जनताको सक्रियता सहभागिता रहेको छ”, चिकपा केन्द्रीय समितिका प्रचार विभागका उपमन्त्री तथा राज्य परिषद्को सूचना कार्यालयका मन्त्री सु लिनले भने ।
“प्रजातन्त्र भनेको सबै देशका जनताको अधिकार हो, केही देशको प्याटेन्ट होइन”, सुले भने । “कुनै पनि देश प्रजातान्त्रिक हो वा होइन भन्ने कुराको निर्धारण त्यहाँका जनताले गर्ने हुन् । अन्तर्राष्ट्रिय समुदायमा कुनै पनि देश प्रजातान्त्रिक हो वा होइन भन्ने कुराको निक्र्योल अन्तर्राष्ट्रिय समुदायले गर्ने हो”, उनले भने ।
तथ्यले धेरै कुरा गर्छ
प्रजातान्त्रिक अभ्यासको विकासमा चीनको आत्मविश्वास चीनकै प्रजातान्त्रिक अभ्यासबाट निःशृत भएको हो । उदाहरणको लागि सियाओकाङ अर्थात् मध्यम ढङ्गले समृद्ध समाज साकार गर्न, निरपेक्ष गरिबी उन्मूलनमा विजय हासिल गर्न र बितेको वर्ष कोभिड–१९ महामारीविरुद्धको लडाइँबाट चीनको आत्मविश्वास विकास भएको हो”, तेनजिनको नानकिङ विश्वविद्यालयको मानवअधिकार अनुसन्धान केन्द्रका निर्देशक चाङ चियाङले भने ।
“महामारीको कारण चीन र पश्चिमा देशमा भएको मृत्युको दर तुलना गर्दा हाम्रो प्रजातन्त्र कति प्रभावकारी छ भन्ने कुरा हेर्न सकिन्छ”, चाङले भने । चीनको प्रजातान्त्रिक प्रणालीले ठूला सङ्कट समाधान गर्न कसरी काम गर्छ भन्ने कुरा महामारीको क्रममा देखिएको भन्दै उनले चीनमा प्रजातन्त्रले जनताको जीवनस्तर उकास्न र सामाजिक विकास अघि बढाउन मद्दत गरेको बताए ।
पश्चिमा प्रजातन्त्रको कुरा गर्दा तिनले जनताको हितको प्रतिनिधित्व गर्नुभन्दा दबुमा नाटक देखाउने वा तथाकथित प्रक्रियाको प्रदर्शनमात्र हो कि जस्तो देखिने चाङले भने ।
चीनको समग्र विकासको जनताको प्रजातन्त्रले चुनावी प्रजातन्त्र र परामर्श प्रजातन्त्र दुई प्रमुख प्रजातान्त्रिक ढाँचालाई मिलाएको र त्यस मतबाट जनताको पूर्ण सहभागिता सुनिश्चित नगरी राष्ट्रिय सुशासनबाट पनि हुने अधिकारीहरूले बताएका छन् ।
“चीनका जनताले जनकाङ्ग्रेसहरूमा आफ्ना उम्मेदवार चुन्न मताधिकारको पूर्ण प्रयोग गर्नसक्छन् । नीति निर्माणको क्रममा जनमतको लागि आह्वान गर्दा जनताले व्यवस्थापिकाको काममा सहभागी बन्न सक्छन् । देश किासको सन्दर्भमा निर्णय गर्नसक्छन् । कानुन कार्यान्वयनको अनुगमन गर्नसक्छन् । देश निर्माणमा पूर्ण सहभागिता हुने क्रममा जनतालाई केही उपलब्धि भएको अनुभूति गराउनुलाई चीनको प्रजातन्त्रले ठूलो महत्व दिएको छ”, चाङले भने ।
तर, संरा अमेरिकाको प्रजातान्त्रिक प्रणालीअन्तर्गत नेताहरूले बहुमत मतदाताको हितभन्दा स्वार्थ समूहहरूको हितमात्र हेर्ने गरेको चिकपा केन्द्रीय समिति नीति अनुसन्धान कार्यालयका सहायक निर्देशक तायन पेइयानले भने ।
…………….
सावधान नबने जर्मनीमा चाँडै
चौथो लहरको उत्कर्ष
बर्लिन, ४ डिसेम्बर । जर्मनीमा तत्कालै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सबैले इमानदारी नदेखाए आगामी क्रिसमस पर्व वरपर कोभिड–१९ महामारीको चौथो लहर उत्कर्षमा पुग्न सक्ने त्यहाँका स्वास्थ्य मन्त्री जेन्स स्पानले भनेका छन् ।
सघन उपचार उपलब्धता केन्द्र (डीभी) का अनुसार कोभिड–१९ का बिरामीको सङ्ख्या बढेसँगै सघन उपचार कक्षको सङ्ख्याको प्रयोग अत्यधिक बढेको र चाँडै ४ हजार ७ सय ९७ जना बिरामी सघन उपचार कक्षमा उपचाररत रहने बताइएको छ ।
जर्मनीमा सात दिनको अन्तरालमा प्रतिएक लाख जनतामा सङ्क्रमितको दर ४४२.१ पुगेको छ भने दैनिक सङ्क्रमितको सङ््ख्या एक दिन ७४ हजार ३५२ जना पुगेको त्यहाँको अनुसन्धान निकायले जनाएको छ ।
“हामीसँग खेर फाल्न समय छैन । एक दिन पनि विलम्ब गर्नु हुन्न”, अनुसन्धान निकाय आरकेआइका सभापति लोथर वेलरले भने । जर्मनीमा हालै देखापरेको ओमिक्रोन भाइरसको सङ्क्रमण पनि फेला परेको छ । उक्त भाइरस यसअघि ज्यादै सङ्क्रामक मानिएको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक मानिएको छ ।
बिहीबार जर्मनीको केन्द्रीय र राज्य सरकारहरूले खोप नलगाएका मानिसको सन्दर्भमा स्वास्थ्य मापदण्डमा थप कडाइ गर्ने निर्णय गरेका छन् । यसैबीच कोभिडको खोप अनिवार्य गर्ने वा नगर्ने भन्ने विषयमा जर्मनीको तल्लो सदनमा मतदान हुने भएको छ । जर्मनीमा खोप लगाउने मानिसको दर ६८.८ प्रतिशत पुगेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *