वाग्मती प्रदेश प्रमुख देवकोटा भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनमा
- जेष्ठ २९, २०८३
अहिले विश्वभरमा ‘काला जाति’ को अधिकारको लागि आवाज उठिरहेको छ ।
‘काला जातिप्रति गरिने अपमान कानुनी र सामाजिकरूपमा ठीक होइन’ भन्ने शब्द सामाजिक सञ्जाल, सडकमा जताजतै देखिन्छन् । तर, हाम्रो समाजमा कालो वर्णको महिला, पुरूषबारे अवहेलना गर्ने चलनबारे प्रायः कोही बोल्दैनन् ।
विशेषगरी विवाह गर्ने बेलामा भावी बुहारी हेर्न जानेहरूले ‘केटीको रङ’ कस्तो छ भनेर पहिलो प्रश्न हुन्छ । मानौँ सेतो रङमा नै संसार अडिएको छ । अहिले त ‘सेतो रङको काला जादूले पुरूषहरूलाई पनि छोएको छ । त्यसैले शाहरूख खानले विज्ञापनमा युवकलाई गिल्ल गर्छन् र भन्छन् – के केटीको गोरो हुने क्रिम लगाएको ? केटाहरू गोरो हुन त विशेष क्रिम लगाउनुपर्छ, ‘फेयर एन्ड ह्यान्डसम !’
अनि अहिले केटाहरूलाई पनि ‘गोरो’ हुनुपर्ने बाध्यता छ । यसले गर्दा यस्ता क्रिम बनाउने कम्पनीहरूको व्यापार बढेको छ । मानव जीवनको अवमूल्यन भएको छ । शरीर विज्ञानले भन्छ– रङ गोरो वा कालो हुने भन्ने कुरा शिशु जन्मिँदाखेरि नै निर्धारित हुन्छ ।
गर्मी ठाउँमा वा जाडो ठाउँमा बस्ने मानिसको रङ पनि फरक हुन्छ । शरीरमा पाइने मेलानिन नामक तत्वको कारणले कोही गोरो कोही कालो हुन्छ । कालो वर्ण लिएर जन्मेका तर पछि आफ्नो छालाको रङ अनेक तरिकाले फेरेर गोरो बनेका प्रसिद्ध गायक माइकल ज्याक्सनको दुःखद कथामा गोरो रङ बनाउन उनले कति प्रयत्न गरे, शायद सबैलाई थाहा नै छ ।
उनी आफ्नो कालो रङबाट मुक्ति पाउन चाहन्थे र त्यसलाई अनेक शल्यक्रिया गरेपछि उनको छालाको रङ त परिवर्तन भयो । तर, त्यो परिवर्तन गर्न शल्यक्रिया गर्दा पछि लगातारको दुखाइ उनको जीवनको अङ्ग बन्यो । त्यो दुखाइ कम गर्ने औषधि नै उनको मृत्युको कारण बन्यो ।
माइकल ज्याक्सनले शायद विचार गरेनन् कि उनको गीतमा झुम्मिनेहरूले उनको रङ होइन उनको स्वरको पछि लागेका हुन् ।
कालो रङ नै भए पनि उनी सबैका प्रिय हुन्थे । नेपालमा कालो, गहुँगोरो, पहेंलो छालाको रङ जस्तोसुकै होस् स्वास्थ्य राम्रो हुनुपर्छ, छाला आफैं राम्रो देखिन्छ भन्ने छलफल हुँदैन ।
अति बिरामी भएका व्यक्तिहरूले जतिसुकै क्रिम लगाए पनि उनीहरूको अनुहारमा कान्ति र चमक आउँदैन । स्वस्थ मानिसले दूधको ‘तर’ मात्रै लगाए पुग्छ । स्वस्थ युवक युवतीहरूले अनुहारमा अनेक किसिमका गोरोपनका क्रिम लगाउँदा अनुहारमा अनेक किसिमका दाग, धब्बा आदि पछि देखा पर्छन् । एकछिन गोरो रङ होस् भनेर लगाएको क्रिमले शरीरमा पछि धेरै बेफाइदा गर्नसक्छ भन्ने प्रायः याद हुँदैन ।
केटीहरूमात्र होइन, केटाहरूले पनि साथीभाइको सल्लाह र सहयोगमा अनेक किसिमका शृङ्गार गरेर आफूलाई बढी सुन्दर बनाउने प्रयास गरिरहेका हुन्छन् । यसरी शृङ्गार गर्दा दीर्घकालमा त्यसले अनेक समस्या सिर्जना गरिरहेको हुन्छ । कतिलाई आफ्नो शृङ्गारको सामग्रीले नै कुरूप बनाइरहेको छ भन्ने हेक्का भइरहेको हुँदैन । आफैँले लगाएको शृङ्गार सामग्रीले अनुहार कुरूप बनेपछि चिकित्सकहरूकहाँ अत्तालिँदै उपचार गर्न जानेहरूको सङ्ख्या हाल दैनिकरूपमा बढिरहेको सम्बन्धित चिकित्सकहरूको भनाइ छ । अझ त्यसमा पनि छालालाई गोरो बनाउने भनेर लगाइएका क्रिमहरूले बढी मात्रामा अनुहारमा क्षति पु¥याइरहेको पाइएको छ ।
प्राकृतिक रङलाई रोग मानेर सेतो बनाउने ‘क्रिम’ लगाउन थालेपछि साँच्ची नै छालामा अनेक रोग देखापर्छन् ।
गलत विज्ञापनले हाम्रो समाजमा भ्रम पैदा गरेको छ । यसले विशेषगरी किशोरीहरू, युवतीहरू र महिलाहरूलाई जसरी भए पनि गोरो हुनैपर्ने बाध्यता पैदा गरेको छ ।
(लेखकको फेसबुक पेजबाट)
Leave a Reply