भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, २० मङ्सिर । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सोमबारबाट सुरु भएको छ । सोमबार भक्तपुरको सहिद स्मृति खेल मैदानमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताको उद्घाटन भयो ।
उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले मित्रता, अनुशासन र स्वस्थ जीवनको लागि खेलकुद अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै खेलाडीहरूले आफ्नो प्रतिभाद्वारा देशको गरिमा बढाउने विश्वास व्यक्त गर्नुभयो ।
समयानुकूल खेलकुद प्रतियोगिता आयोजना गरिरहनुपर्ने सुझाव दिँदै उहाँले विद्यार्थी भाइ बहिनीहरू विद्यालयस्तरबाटै कुनै न कुनै खेलकुदमा सहभागी हुँदै शारीरिक र मानसिकरूपले तन्दुरुस्त हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा उत्कृष्टता हासिल गरेसँगै खेलकुद क्षेत्रबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने काम गरिरहेको चर्चा गर्दै खेलकुद मानव जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो ।
विद्यार्थीहरूको अनुकूल समयमा विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा सक्रिय बनाउन प्रत्येक वर्ष अन्तरविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको विचार व्यक्त गर्दै प्रमुख प्रजापतिले खेलकुद हार–जीतभन्दा अनुशासन र मित्रताको निम्ति खेल्नुपर्ने बताउनुभयो ।
बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले विद्यार्थीहरूको खेल जीवनलाई निरन्तरता दिएर विद्यार्थीहरूलाई उत्साहित गर्ने कार्य भक्तपुर नगरपालिकाले गरिरहेको बताउनुभयो ।
बालबालिकाको लागि कोभिडविरुद्धको खोप ल्याउन सरकारले ढिलाइ गर्न नहुनेमा जोड दिँदै सांसद गोसाईले बालबालिकाको लागि कोभिडविरुद्ध खोपको प्रभावकारिताबारे आवश्यक छलफल चलाउनु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले खेलकुद क्षेत्रको विकासमा भक्तपुर नपाले उल्लेखनीय प्रगति गर्दै आइरहेको धारणा व्यक्त गर्दै खेलकुदले विद्यार्थीमा अनुशासन र नेतृत्व विकासमा टेवा पु¥याउने बताउनुभयो ।
भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
मंसिर २० गतेदेखि २४ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन कार्यक्रमअघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा दत्तात्रयबाट सुरु भएको ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै सहिद स्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।
उद्घाटन कार्यक्रममा खेलाडीहरूले जिम्नास्टिक खेल प्रस्तुत गरेका थिए । प्रतियोगितामा नगरपालिकाभित्रका ६० वटाभन्दा बढी विद्यालयका १८८५ जना खेलाडीहरूले प्रतिस्पर्धामा भाग लिने नगरपालिकाका युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताउनुभयो ।
प्रतियोगितामा (टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, जिम्नाष्टिक, पोर्टबल, कसिमला पाँय) गरी १४ वटा खेलका लागि प्रतिस्पर्धा हुनेछ । उद्घाटन कार्यक्रममा निर्णायकको तर्फबाट राजुसिं बजिक्व, प्रशिक्षकको तर्फबाट मुना बासुकला र खेलाडीको तर्फबाट दीपशीखा बासुकलाले शपथग्रहण गर्नुभएको थियो ।
Leave a Reply