भर्खरै :

मरेपछिको जोहो

सम्पदा संरक्षण, जीर्णोद्धार एवं पुनःनिर्माणमा जनता कति व्यापक, विशाल एवं बृहद् सहयोग गर्दाेरहेछ भन्ने कुराको टड्कारो दृष्टान्त भक्तपुर हनुमानघाटको खो¥हदीप ध्वाखा र छिपा ताँ तयार गर्न भादगाउँले सहरियाहरूले देखाएको अग्रसरताबाट छ्याङ्ङै भएको छ । हनुमानघाट भनेको अरू सबैथोक त छँदै छ मरणोपरान्त दाहसंस्कार गरिने सांस्कृतिक थलो हो र यो समाजको साझा सम्पदा पनि । सरसरती हेर्दा मान्छे जीवित छँदै उपभोग एवं उपयोग गर्ने वस्तुमा ध्यान दिन्छ, यसका लागि सुविधाजनक वस्तु या सामग्री जोड्छ । यो सामान्य प्रक्रिया र प्रवृत्ति हो । परन्तु, हनुमानघाटमा खो¥ह दीप ध्वाखा र छिपा ताँको सुन्दर, कलात्मक, आकर्षक ढोका बडो परिश्रमपूर्वक निर्माण गरेर मान्छेहरूमा असल मान्छेहरूको सक्कली परिचय दिएका छन् । जीवित छँदा त सफा सुग्घर–स्वस्थ जीवन शैली चाहियो, चाहियो मरणोपरान्त अन्तिम संस्कार वा दाहसंस्कार गर्दा पनि सफा, सुग्घर, स्वस्थ एवं सुविधासम्पन्न वातावरण होस् भन्ने चिन्तन सा¥है नै उच्चकोटीको चिन्तन हो भन्ने ठम्याइ रह्यो मेरो । आजको मान्छेमा तत्कालका लागि मात्र सोच्ने भोलिलाई फिटिक्कै नहेर्ने जुन नकच्चरोपन विकास भएको छ, त्यो यथार्थमा निरर्थक हो भन्ने सन्देश दिएको छ पुनर्निर्मित द्वार निर्माणले । आजको प्रायः मान्छे आजलाई, आज पनि अहिलेलाई मात्र हेर्ने, प्राथमिकता दिने जुन अमान्छेपन विकास भइरहेको छ, पुनर्निर्मित हनुमानघाट त्यो प्रवृत्तिलाई गतिलो झापट हो भन्नेमा पो त पुगेँ । मान्छेको निष्प्राण शरीरको बिसर्जन पनि उपयुक्त वातावरण र भौतिक अवस्थामा होस् भन्ने अठोट हो यो कदम ।
परालको आगो ताप्न गुठी
खो¥ह दीप ध्वाखा निर्माणका लागि ४९ लाख रूपैयाँ खर्च गर्दा पनि रू. १ लाख २८ हजार १०९ रूपैयाँ बाँकी रहेछ । तर, कामको मूल्याङ्कन ५७ लाख ९ हजार ४४० खर्च भएको देखापरेको छ । सक्कली उपभोक्ता समितिमार्फत बन्दा यो कार्यमा ८ लाख ३९ हजार ५७५ रूपैयाँ खर्च उठ्ने रहेछ । मुलुकका अरू ठाउँमा उपभोक्ता समितिमार्फत निर्माण गर्दा समयमा काम नसकिने र कति ठाउँमा त योजना पूरा नहुने, बदमासी हुने र अन्ततः बदनामी हुने गरेका उदाहरण खोज्ने हो भने यथेष्ट नै पाइन्छ । योजना समयमा पूरा हुने, इष्टिेमटअनुसारको भन्दा पनि बलियो बन्ने, हिसाब बेलैमा फस्र्यौट हुने विशेषता हो भक्तपुर नगरपालिकाका उपभोक्ता समितिहरूको । हनुमानघाटको विगत केलाउँदा सांस्कृतिक, ऐतिहासिक र पौराणिक दृष्टिले महत्वपूर्ण ठाउँ मानिन्छ । यस ठाउँको जीवन्तता र सौन्दर्यलाई निरन्तरता दिन नियमित सरसफाइ हुँदै आएको छ । यस घाटको दुवैतिर खोला छन्, तर ती खोलामा अहिले सफा पानी बग्दैनन् । म केटाकेटी वा युवा छँदा दुवै खोलामा सङ्लो पानी निरन्तर बगिरहन्थ्यो, पानी सफा थियो । सहरका हजारौँ मान्छे बिहान दिसा गर्न, मुख धुन र सयौँ मान्छे नुहाउन आउँथे । मस्त जाडो महिनामा र मीन पचासमा जाडो भगाउन पराल बाल्ने प्रचलन नै थियो । त्यसका लागि परालको गुठी नै राखिएको हुन्थ्यो । त्यो आगो मैले पनि तापेको छु । केही दिन त्यहाँ म पनि बसेको छु ।
यसैले त स्वीकृति नपाएको
हुनमानघाटको हनुमन्ते खोलामा पक्की पुल पनि बनाएको छ उपभोक्ता समितिले नै । सो पुलको लगत इष्टिमेट १ करोड ९८ लाख ४१ हजार २६६।८१ रहेकोमा उपभोक्ता समितिले रू. १ करोड ७७ लाख ८ हजार ७३०। रूपैयाँमा तयार पा¥यो । तर, पुलको कार्य मूल्याङ्कन गर्दा रू. २ करोड ९ लाख ९८ हजार ११५।६० पैसा खर्च भएको ठहर भयो । ध्वाखा निर्माणमा १८० भन्दा बढी गुठियारहरूबाट आर्थिक सहयोग पनि प्राप्त भएको थियो । नेपाली जनताको सामान्य स्वभाव नै छ, विकास एवं निर्माणका काममा सघाउने, सहयोग गर्ने । यी काममात्र होइन अरू पनि निर्माण एवं विकासको काममा आम जनताले सघाउने गरेका छन् । अब सुधारिएको शवदाह गृह र विद्युतीय शवदाह गृह निर्माण सञ्चालन गर्ने दिशातर्फ पनि भक्तपुर नगरपालिकाले अगुवाइ गर्नुपर्ने सुझाव नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले समारोहमा दिनुभयो । छिपा ताँसँग एउटा उपचार पोखरी पनि रहेको चर्चा गर्दै त्यो पोखरीलाई पनि पुनर्जीवन दिनेतर्फ ध्यान दिन अध्यक्ष रोहितले ध्यानाकर्षण गराउनुभयो । वास्तवमा पानी नभई सफा हुँदैन भन्ने गुह्य थाहा पाउन पढ्न–लेख्न जानु पनि पर्दैन । उहिले त त्यो पोखरीको नाम नै उपचार पोखरी रहेछ । भक्तपुर नगरपालिकामा उपभोक्ता समितिमार्फत गरिएका विकास एवं निर्माणको काम गुणस्तरीय रहने गरेकोले ठेक्का काम लिने, गुणस्तरीय नबनाउने ठेकेदार पोस्ने काम जनताको इच्छाविपरीत भएकोले ठेकेदारमार्फत होइन उपभोक्ता समितिमार्फत नै गुणस्तरीय एवं समयमै काम सम्पन्न हुने भएकोले शासक दलका मान्छेहरू ठेकेदारमार्फत काम गराउन अनेक गर्छन् भन्ने चर्चा पनि गरियो । यस्तै गलत अभ्यासका कारण ख्वप विश्वविद्यालयले स्वीकृति नपाएको ।
पानीको जोहो गर्नुप¥यो
भक्तपुरको सभ्यता हनुमन्ते खोलाको बग्दो पानीसँग गाँस्नुपर्छ । अब भक्तपुर इँटा उद्योगको केन्द्र हुनुहुँदैन । बाली सप्रने सबै मलिलो माटो इँटा उद्योगले सक्यो । पानीका मुहान सुके । अब हनुमन्ते, खस्याङखुसुङ, नाला छापबाट आउने खोला सबै सुक्न लागे । पानी नभएका ठाउँमा अरू के पो हुन्छ र ? तसर्थ भक्तपुर नगरपालिकाले आफ्ना वरिपरिका डाँडा जोगाउन र बनाउन पानीका खानीमा रूपान्तरण गर्ने दिशातिर अविलम्ब गम्भीर ध्यान दिन हतार भइसक्यो । राजनीतिक शासक पार्टीहरू जनतालाई होइन आफूलाई र आफ्नाका लागि ध्यान दिन लागे । राजनीतिजस्तो सेवा एवं विकास आन्दोलन हुनुपर्नेमा जसरी पनि कमाउ आन्दोलनमा नियोजित गर्न लागे । यो हुने बाटो होइन । भोलि त सफा आकाशमा सफा सूर्य उदाउला भन्थे, अहँ, त्यही प्रदूषित आकाशमै उडाउन बाध्य छ । अर्को सफा आकाश छैन । तब कहाँबाट उदावस् सूर्य । यसर्थ, भक्तपुर नगरपालिकाले दिगो विकासको कठिनतम विकल्प पत्ता लगाउन सक्नुप¥यो र त्यसैमा रफ्तारले लाग्नुप¥यो । सुन्दर भविष्यका लागि तत्काल अप्रिय भए पनि कठोर कदम नचाली भएन । ठूला भनिने पार्टीहरू नपुंसक भए । अब यीबाट केही सिर्जना हुने छाँट छैन । पानी नभएपछि, चिसो नभएपछि केही उम्रने नै भएन जब उम्रनै छाड्छ, के फल्छ त्यहाँ ? यो साधारण ज्ञान हो । आज हाम्रो ज्ञान सानो कुरा पत्ता लगाउन पनि नसक्ने भुत्ते पो त भइसकेको छ । जनता गर्र्छन् नि ! खो¥ह दीप ध्वाखा र छिपा ताँ त बनायो नि ! अरू बनाउने बाटो दिनुप¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *