भर्खरै :

दिप्रिशमुनि र नरेश बने कीर्तिपुर नगर व्याडमिन्टन च्याम्पियनको उपाधि

कीर्तिपुर, २५ मङ्सिर । जनसेवा व्याडमिन्टन समूहको आयोजनामा कीनपा वडा न.ं ५ को सह – आयोजनामा सञ्चालित कीर्तिपुर नगर वडास्तरीय व्याडमिन्टन प्रतियोगितामा दिप्रिशमुनि बज्राचार्य र नरेश महर्जनको जोडीले कीर्तिपुर नगर व्याडमिन्टन च्याम्पियनको उपाधि हात पारेको छ ।
शनिबार भएको फाइनल खेलमा खुला डवल्समा दिप्रिशमुनि बज्राचार्य र नरेश महर्जनको जोडीले (वडा १०) अमित र जितेन्द्र महर्जनको (वडा ५) जोडीलाई २१–१९ र २१–१२ सोझो सेटमा पराजित गरी उपाधि जितेको हो । तृतीयमा राजु महर्जन र नवीन महर्जन र विष्णु महर्जन र रुपेन महर्जन भएका छन् ।
त्यसैगरी वडास्तरीय ४५ वर्षमाथिका भेट्रान इभेन्टमा भएको फाइनल खेलमा राजु र नवीन महर्जनको जोडीले उपाधि हात पारेको छ । राजु र नवीन महर्जनको जोडीले चन्दन महर्जन र राजेन्द्र श्रेष्ठको जोडीलाई २३–२१ र २१–१३ साझो सेटमै पराजित गरेको हो । भेट्रान तृतीयमा मधुकर श्रेष्ठ र सागर डङ्गोल र सिंहमान महर्जन र कृष्णबहादुर बज्राचार्य भएका छन् । बेस्ट टीममा खुलातर्फका सुप्रिम महर्जन र सारुख महर्जन (वडा नं ६) घोषणा भएको थियो । विजयी खेलाडीहरुलाई वडा नं. ५ का अध्यक्ष राजेन्द्र महर्जन, वडा नं. ८ का विनोद महर्जन, वडा नं. ९ का गंगाराम महर्जन, वडा नं. १० का अमन महर्जन र माइक्रोटेकका ई. दुर्कमान महर्जनले ट्रफी, नगद, मेडल, प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
नगद पुरस्कारमा खुलातर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार, तृतीयले १० हजार र भेट्रानतर्फ प्रथम हुनेले २० हजार, दोस्रोले १० हजार र तृतीय हुनेले ८ हजार हात पारेका थिए ।
जनसेवा व्याडमिन्टन समूहका अध्यक्ष रुपेन महर्जनको सभापतित्वमा भएको कार्यक्रममा राजेन्द्रकुमार महर्जन र नारायण महर्जनले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा राष्ट्रिय खेलाडीहरू रत्नजीत तामाङ, सुरोज महर्जन, प्रफुल्ल महर्जन, रुकेश महर्जनले मैत्रीपूर्ण खेल खेलेका थिए भने वरिष्ठ खेलाडी राजकुमार महर्जन, जनसेवा व्याडमिन्टन समूहका प्रशिक्षक रमेश श्रेष्ठलाई क्लवका अध्यक्ष रुपेन महर्जनले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *