क्युवाको पुनः कब्जा
- जेष्ठ २९, २०८३
-श्रेष्ठ
२००७ सालभन्दा पहिले नै पूर्णबहादुर एम.ए र अरुसँग मिलेर कलकत्तामा अंग्रेजीमा पत्रिका प्रकाशित गरी राणाविरोधी संघर्षमा लागेका रामहरि जोशी २९ असार २०७४ मा बित्नुभयो । ४ जनवरी १९२८ मा सर्लाहीको सदरमुकाम मलंगवामा जन्मनुभएका जोशीले विद्यार्थीकालदेखि नै नेपाल राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसमा लागि राणाविरोधी संघर्षमा निरन्तर लाग्नुभयो । अंग्रेजी साहित्यमा सन् १९५७ मा एम.ए. गर्नुभयो र अनेक आन्दोलन संघर्ष एवम् जेलजीवन बिताउँदै उहाँ आफ्नै जिल्लामा शिक्षक बनेर नयाँ पुस्ता तयार गर्न लाग्नुभयो ।
जनता, हिमाल, हिमाल सन्देश (साप्ताहिक), राष्ट्र पुकार र नेकाको मुखपत्र ‘नेपाल पुकार’ को बनारस र काठमाडौंमा उहाँले सहसम्पादक, सञ्चालक समिति र आजीवन सदस्य र सम्पादकको रुपमा काम गर्नुभयो ।(हिमाल, साप्ताहिक, १–७ साउन २०७४)
तर उहाँलाई थाहा भएन – नेहरूको आलोचना गरिएको ‘पुस्तकलाई प्रम सुशील कोइरालाले कसरी विमाचन गर्न सक्थे ! जीवनभर तराईको निम्ति आन्दोलन गर्नुभयो, तर उहाँकै घरमा आगो लाग्यो तर गृहमन्त्री सिटौलाले वास्तै गरेनन् । सायद यी सबै देखेर उहाँलाई कहिलेकाहीं पश्चाताप हुँदो हो र ‘कन्फेसन’ लेख्नुभयो ! सायद प्रकाशित भएको छैन ।
निरन्तर काम गर्न चाहनु हुने तर आत्म–प्रशंसाबाट टाढा र कर्तव्यलाई प्राथमिकता दिनुहुने रामहरि जोशीको दुईटा कविता संग्रह, नेपालको नोभेम्बर क्रान्ति, २०४६ सालको आन्दोलन : विश्वको आँखी झ्यालबाट, अतीतका केही सम्झनाहरू, आत्मकथा तथा नेपाली कांग्रेस र अँध्यारोबाट उज्यालोतिर (२०७१) का साथै एक अनुवाद साहित्य र केही बाल विज्ञान परिचयजस्ता पाठ्यपुस्तकसमेत लेख्नुभयो । उहाँ राजनीतिमा आफू प्रकाशमा आउने बाहेक सबै काम गर्नुभयो ।
नेपालका कति इमानदार राजनैतिक नेता र कार्यकर्ताहरूमा विचारको स्पष्टताको अभाव देखिन्थ्यो, त्यसमा जोशीजी पनि अपवाद पनि हुनुहुन्न । भारतमा बसेर राणाविरोधी संघर्षमा लागेका एक पुस्ता गान्धीवाद र समाजवादी चिन्तनबाट प्रभावित भए भने दोस्रो पुस्ता ‘गान्धीवादको शव परीक्षा’ ‘गान्धी र उनका वाद’ र वैज्ञानिक समाजवादका प्रवर्तक बने । पुरानो पुस्तामा सैद्धान्तिक र राजनैतिक स्पष्टताको अभाव उहाँहरूमा पछिल्ला अभिव्यक्तिहरूबाट थाहा हुन्छ ।
बारम्बार नेपाली कांग्रेस सरकारमा गयो, खुसामदी र चिप्लो घस्ने कति कार्यकर्ता मन्त्री, राजदूत र अनेक पदहरूमा पुगे तर तिनीहरूबाट यथोचित देश र जनताको सेवा भएको अनुभव गरिएन । जीवनको अन्ततिर जोशीजीले प्रष्ट गर्नुभयो –‘सबै पैसाकै पछाडि दौडिएका छन् । मेरो किताबका लागि समय दिने फुर्सद कसलाई छ र ?!’
(नेपाल साप्ताहिक, ८ साउन २०७४)
तर उहाँलाई थाहा भएन – नेहरूको आलोचना गरिएको ‘पुस्तकलाई प्रम सुशील कोइरालाले कसरी विमाचन गर्न सक्थे ! जीवनभर तराईको निम्ति आन्दोलन गर्नुभयो, तर उहाँकै घरमा आगो लाग्यो तर गृहमन्त्री सिटौलाले वास्तै गरेनन् । सायद यी सबै देखेर उहाँलाई कहिलेकाहीं पश्चाताप हुँदो हो र ‘कन्फेसन’ लेख्नुभयो ! सायद प्रकाशित भएको छैन । ‘अहिले कांग्रेसमा जुझारुपन नै भएन,पैसा र पावरको प्यादामात्र बने’ ‘… आफ्नो रोगभन्दा कांग्रेसमा लागेको रोग’बारे चिन्तित हुनुहुन्थ्यो जोशी । सोचेको र सम्झेको भन्दा फरक परिणामले उहाँको आँखामा पानी भर्नु स्वाभाविक हो । निःस्वार्थ रुपमा देश र जनताको सेवा गर्नेहरूको यही अनुभव छ । नेपाली कांग्रेस वा एमाले र जनतालाई पनि आलोचनात्मक दृष्टिकोणको विकास र सूक्ष्म रुपले अध्ययन गर्ने परम्परा भइदिएको भए सायद त्यसो नहुँदो हो ।
शिक्षामन्त्री उहाँले छोड्नुभयो र संस्कृति मन्त्री हुनुभयो, कारण थियो – शिक्षा अधिकारी, शिक्षक र अन्य नियुक्ति हुनेहरूसँग उहाँले रकम उठाउन सक्नुभएन ! यी सबैले निष्ठा र सरलताभन्दा सैद्धान्तिक संघर्षशीलता आवश्यक छ । हो त ‘सोझो हुनु भनेको बेबकुफ हुनु हो, जसले पनि ठग्छन् मात्रै !’ एक फ्रान्सेली भनाई छ – आतंक विनाको सहयोग मुर्खता हो र सहयोग विनाको आतंक डकैती हो ।’ यस्तो यथार्थ जीवनबाट जोशीजी माथि हुनुहुन्थ्यो । उहाँलाई इमानदार नेपालीहरुले सम्झिरहनेछन् – उहाँको नेपाली कांग्रेससँग फरक मत राखेर पनि !
Leave a Reply