नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
चिनियाँ जनताका महान् नेता माओ त्सेतुङ बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो दुर्गम गाउँको किसान परिवारमा जन्मेर पनि बिलक्षण बहुप्रतिभाले युक्त संसारका विरलै नेतामध्ये उहाँ पनि एकजना हुनुहुन्थ्यो । राजनीतिक क्षेत्रमा बाहेक दर्शनशास्त्र, काव्य, रणनीति, साहित्य आदि क्षेत्रमा उहाँले निरन्तर कलम चलाउनुभयो । एकजना किसानको सन्तान सफल राजनेता, कुशल रणविद्, क्रान्तिकारी दर्शनशास्त्री, जनप्रिय कवि तथा चिन्तक हुनुका साथै समाजवादी आधुनिक समाजका निर्माता बनेको उदाहरण संसारमा विरलै पाइन्छ ।
अध्यक्ष माओ त्सेतुङका गम्भीर साहित्य, क्रान्तिकारी लेख–रचना आज पनि चिनियाँ जनतामात्र होइनन् विश्वका कामदार जनता अध्ययन गर्दै छन् । उहाँले जति पनि लेख्नुभयो काल्पनिक संसारमा सयर गरेर होइन प्रत्यक्ष ज्ञान तथा अनुभव युद्धमैदान र आन्दोलन तथा जनसङ्घर्षको आँधीबेहरीबीचबाट प्राप्त बहुमूल्य शिक्षाको आधारमा लेख्नुभयो । गम्भीर अध्ययनको आधारमा माक्र्सवादको विश्लेषण गर्नुभयो र माक्र्सवादलाई चिनियाँ माटो सुहाउँदो ढङ्गमा लागु गर्नुभयो । चिनियाँ मुक्ति तथा क्रान्तिको सफल नेतृत्व गर्नुभयो र विशाल चीनमा समाजवादको जग बसाल्नुभयो । यो नै उहाँको विशिष्ट गुण या देन हो ।
कार्ल माक्र्सले भन्नुभएकै दार्शनिकहरूले विश्वलाई विभिन्न तरिकाले परिभाषित गर्ने प्रयास गरे तर महत्वपूर्ण प्रश्न यसलाई बदल्नु हो । ठीक त्यसरी नै अध्यक्ष माओका विचारहरू व्यवहारबाट टिखारिएर निस्केका हुन् । त्यस प्रकृतिका रचनामध्ये अध्यक्ष माओका पाँचवटा दार्शनिक निबन्धहरूको सङ्कलन दर्शनबारे पाँच कृतिहरू पर्दछ भन्दा अतियुक्ति नहोला । अध्यक्ष माओ त्सेतुङका दार्शनिक विचारबाट अभिप्रेरित भएर र व्यवहारमा लागु गरेर चिनियाँ जनताले तत्कालीन परिवेशमा तरकारी उमार्नदेखि ठूलठूला वैज्ञानिक अनुसन्धान र प्रयोगमा आश्चर्यजनक उपलब्धि तथा सफलता हासिल गरे ।
अध्यक्ष माओ त्सेतुङ स्वयम् प्रस्ट शब्दमा दर्शनशास्त्र र यसको उपादेयताबारे यसरी अभिव्यक्ति दिनुहुन्छ, “दर्शनशास्त्रलाई दार्शनिकहरूका प्रवचन–कोठाहरू र पाठ्यपुस्तकको सीमित घेराबाट मुक्त पार र यसलाई व्यापक जनसमूहको हातमा रहेको एउटा धारिलो हतियारको रूपमा फेर ।” यही मार्गनिर्देशनलाई पालना गर्दै सिङ्गो चीन अनुशासित भएर आमूल परिवर्तन, समाजवादी निर्माणको महाअभियानमा जुट्यो । समाजवादको बलियो जग बसाल्न चिनियाँ जनता एक ढिक्का भई लडे । आधुनिक शक्तिशाली तथा समृद्धशाली समाजवादी चीन त्यही जगमा सगौरव उभेको छ ।
यस पुस्तकको पहिलो लेख हो – ‘व्यवहार विषयमा’ । ज्ञान र व्यवहारबीच तालमेल आवश्यक छ । ज्ञान क्रान्तिकारी व्यवहार, गतिविधि तथा परिणाम या परिवर्तनमा रूपान्तरित भएमात्र सार्थक हुने अध्यक्ष माओ त्सेतुङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “माक्र्सवादले सिद्धान्तमा बल दिएकोले नै यसले क्रियालाई बाटो देखाउनसक्छ भन्ने एकमात्र कारणले गर्दा हो ।” यी दुईबीचको तादात्म्यता आवश्यक भएको बारे उहाँ अत्यन्त सरल तर मर्मस्पर्शी ढङ्गमा यसो भन्नुहुन्छ, “हामीसँग सही सिद्धान्त भएर पनि हामी त्यसलाई खाली पाठ गर्छौँ, दराजमा थन्क्याउँछौँ तर कार्यमा प्रयोग गर्दैनौँ भने त्यो सिद्धात जतिसुकै राम्रो भए पनि महत्वहीन छ । ज्ञान व्यवहारबाट सुरु हुन्छ र व्यवहारबाट प्राप्त गरिएको सैद्धान्तिक ज्ञानले फेरि व्यवहारमा नै फर्कनुपर्छ ।” अध्यक्ष माओ सूत्रात्मक शैलीमा भन्नुहुन्छ, “व्यवहारद्वारा सत्यको खोज गर र फेरि व्यवहारद्वारा सत्यलाई सच्याऊ र विकसित गर । …….. व्यवहार, ज्ञान, फेरि व्यवहार र फेरि ज्ञान ।” यसरी एकजना जनताका कार्यकर्ता या समाजवादको निम्ति लड्ने योद्धा सिद्धान्तमात्र होइन व्यवहारका हरेक परीक्षामा अब्बल प्रमाणित हुनुपर्नेबारे गम्भीर बन्नुपर्ने विचार अध्यक्ष माओ त्सेतुङ राख्नुहुन्छ । व्यवहारको महत्व दर्शाउँदै सर्वहारा वर्गका गुरु स्तालिन भन्नुहुन्छ, “क्रान्तिकारी व्यवहारसित गाँसिएन भने सिद्धान्त निरर्थक हुन्छ, जसरी क्रान्तिकारी सिद्धान्तद्वारा व्यवहारको बाटोमा उज्यालो देखाइएन भने व्यवहार अँध्यारोमा छामछाम छुमछुम गरेजस्तो हुन्छ ।”
यस लेखमा अध्यक्ष माओ त्सेतुङले अध्ययन, अनुभव अर्थात् परोक्ष तथा प्रत्यक्ष ज्ञानको विस्तृत चर्चा गर्नुभएको छ । ज्ञान र विज्ञानबारे मात्र अवगत भएर पूर्णता हासिल गर्न सकिँदैन । त्यसका साथै इमानदारी र विनम्रता अत्यावश्यक हुने उहाँ प्रस्ट पार्नुहुन्छ । ज्ञान भएका सँग बेइमानी या घमन्ड हुन नुहनेबारे उहाँ सचेत पार्नुहुन्छ । ज्ञान र व्यवहार एकै सिक्काका दुई पाटा भएको प्रस्ट पार्दै एउटा चिनियाँ उखान पेश गरी उहाँ व्यावहारिक पक्षबारे थप छर्लङ्ग पार्नुहुन्छ – “ओडारमा नपसिकन बाघका डमरूहरूलाई तिमी कसरी समात्न सक्छौ ?”
अध्यक्ष माओ त्सेतुङ माक्र्सवाद–लेनिनवाद केवल ज्ञान र विज्ञानमा सीमित नभएको बरू कैयौँ वर्गसङ्घर्षका रूपहरूले बलियो व्यावहारिक धरातल प्रदान गरेकोले साँचो ठहरिएको अकाट्य तर्क पेश गर्नुहुन्छ । यसरी माक्र्सवाद तथा लेनिनवाद व्यावहारिक परीक्षामा समेत उत्तीर्ण भइसकेको र सही सावित भएको उहाँले यस दार्शनिक लेखमा स्पष्ट भाषामा उल्लेख गर्नुभएको छ ।
नेपाली राजनीतिक दबुमा आज सिद्धान्त र व्यवहारको सवाल टड्कारो ढङ्मा उठ्दै छ । यी दुईबीच दुरी बढ्दो छ । सिद्धान्तहीनता, सिद्धान्तच्युत प्रवृत्ति सिद्धान्त र व्यवहारबीच तालमेलको अभाव नेपाली राजनीतिमा ठूलो विडम्बना बन्दै छ । विचार तथा सिद्धान्तलाई लत्याएर अल्पकालीन हितमा ध्यान दिने अवसरवादी चिन्तन व्यापक बन्दै जानु निश्चय पनि राम्रो लक्षण होइन । यद्यपि, नेपाल मजदुर किसान पार्टी इमानदारीपूर्वक सेवाको राजनीतिमा अडिग रहँदै सिद्धान्त, अडान र नैतिकताको राजनीति अगाडि बढाउँदै छ । सिद्धान्त तथा विचारकै आधारमा वर्गसङ्घर्ष, आमूल परिवर्तन, स्वाधीनता, स्वतन्त्रता र जनहितमा समर्पित रहँदै नेमकिपा माक्र्सवाद, लेनिनवाद तथा माओ त्सेतुङ विचारधारालाई जनताको जीवनसँग जोड्न र आमूल परिवर्तनको निम्ति आधार तयार गर्न सङ्घर्षरत छ । सिद्धान्तलाई सरकार र सत्तामा पुग्ने भ¥याङ बनाउने शासक दलहरूको जगजगी बढ्दै गरेको समयमा नेमकिपाको यो सङ्घर्षले विशेष महत्व राख्दछ । नेमकिपाका अध्यक्ष का. रोहित भन्नुहुन्छ, “सिद्धान्तमा छुट दिनु भनेको हिमालयमा चिप्लेटी खेल्नुसरह हो ।” उहाँ भन्नुहुन्छ, “समाजको तल्लो वर्गको निःस्वार्थ सेवाबाहेक हाम्रो कुनै अर्को स्वार्थ छैन ।” यी दुई भनाइबाट स्पष्ट हुन्छ नेमकिपा सिद्धान्त र व्यवहारका दुई खुट्टा टेकेरै देश र जनताको सेवामा दृढ सङ्कल्पित छ र आमूल परिवर्तनको पक्षमा अथकरूपमा सङ्घर्षरत छ । नेपालको सन्दर्भमा माओ त्सेतुङ विचारधाराको यो व्यावहारिक प्रयोग मान्न सकिन्छ ।
‘अन्तरविरोधबारे’ यस सङ्ग्रहको दोस्रो दार्शनिक निबन्ध हो । अध्यक्ष माओ त्सेतुङले सन् १९३७ अगस्तमा यो राजनीतिक लेख तयार गर्नुभयो । राजनीतिक सङ्गठन र राजनीतिक जीवनका निम्ति साँच्चै उपयोगी यो लेखको अध्ययन यस लेखमा अध्यक्ष माओ त्सेतुङले अध्ययन, अनुभव अर्थात् परोक्ष तथा प्रत्यक्ष ज्ञानको विस्तृत चर्चा गर्नुभएको छ । ज्ञान र विज्ञानबारे मात्र अवगत भएर पूर्णता हासिल गर्न नसकिने बरू त्यसका साथै इमानदारी र विनम्रता अत्यावश्यक हुने उहाँ प्रस्ट पार्नुहुन्छ । ज्ञान भएकासँग बेइमानी या घमण्ड हुन नहुनेबारे उहाँ सचेत पार्नुहुन्छ । ज्ञान र व्यवहार एकै सिक्काका दुई पाटा भएको प्रस्ट पार्दै एउटा चिनियाँ उखान तथा अनुसरण आज अझ बढी आवश्यक छ । समाजको हुन्छ, त्यो सबै वस्तुहरूको हुर्काइको प्रक्रियामा सामेल रहन्छ र परिवर्तनको नियम र क्रान्तिको परिस्थिति निर्माणका साथै अन्तिम विजयसम्म डो¥याउन अन्तरविरोधको मिहीन अध्ययन अनिवार्य छ ।
यस दार्शनिक रचनामा अध्यक्ष माओ अन्तरविरोधबारे यसरी प्रस्ट्याउनु हुन्छ, “भौतिकवादी द्वन्द्ववादबमोजिम प्रकृतिमा हुने हेरफेरको मूल कारण विकास नै हो । उदाहरणबाट उहाँ यसरी अझ स्पष्ट पार्नुहुन्छ, ‘भौतिकवादी द्वन्द्ववाद के ठान्छ भने बाहिरिया कारणहरू कुनै परिवर्तनका सर्तमात्र हुन् भने भित्री कारणहरू परिवर्तनका जग (आधार) हुन् । बाहिरिया कारणहरू भित्री कारणहरूमार्फत नै क्रियाशील हुन्छन् । सुहाउँदो तापमानमा फुल चल्लामा फेरिन्छ, तर कस्तै तापमानले पनि एउटा ढुङ्गालाई चल्लामा फेर्न सक्दैन, किनभने यी दुवैका जग (आधार) नै फरक–फरक छन् ।”
यस अर्थमा कुनै पनि देशको क्रान्तिका निमित्त सोही देशका जनता, राजनीतिक नेतृत्व तयार नभई सम्भव हुन्न । विदेशीको उक्साइ र उनीहरूकै बन्दुकको भरमा क्रान्तिको सपना देख्नु दिवास्वप्न या गलत साबित हुने अनुभव नेपाली राजनीतिमा पुरानो होइन । तत्कालीन ‘माओवादी’ को अराजकतावादी गतिविधि त्यसको पछिल्लो दृष्टान्त हो । भारतीय विस्तारवाद तथा एकाधिकार पुँजीको स्वार्थ पूर्ति गर्न प्रयोग गरिएका ‘माओवादी’हरू ‘ट्रोजन हर्स’ हुन् भनी नेमकिपाले बेलैमा उदाङ्गो पारेर आफ्नो राजनीतिक जिम्मेवारी पूरा गरेको ताजै छ । ‘माओवादी’ अराजकतावादको विरोधमा नेमकिपाले निरन्तर सैद्धान्तिक सङ्घर्ष ग¥यो । समयक्रमले नेमकिपा सही सावित भयो तर, त्यति धेरै समय कुर्नुपरेन । नेमकिपाका अध्यक्ष का. रोहितले बारम्बार दोहो¥याउनुभयो, “नेमकिपा विदेशीको खुट्टामा उभिन चाहँदैन ।” उहाँले सरल भाषामा स्पष्ट पार्नुभयो, “विदेशीको सहयोगले पार्टी ठूलो बनाएमा पार्टी आफ्नो खुट्टामा उभिन सक्दैन । त्यसैले नेमकिपा नेपाली जनताकै सहयोगमा नेपाली जनताकै निम्ति कार्यरत छ ।” यसरी नेमकिपाले नेपाली क्रान्तिबारे आफ्नो स्पष्ट धारणा राख्दै आएको जगजाहेर छ । नेमकिपा राष्ट्रिय परिस्थिति या मनोगत परिस्थिति तयार गर्न सङ्घर्षरत छ । समाजवादी प्रचार अभियानमा जुट्दै साम्राज्यवाद तथा विस्तारवादविरोधी सङ्घर्षलाई निरन्तरता दिँदै छ ।
अध्यक्ष माओ भन्नुहुन्छ, “अन्तरविरोध नभएको कुनै चीज छैन, अन्तरविरोध नभई कुनै पनि चीज टिकिरहन सक्दैन ।” उहाँ अगाडि भन्नुहुन्छ, “अन्तरविरोध सर्वव्यापी र निरपेक्ष हुन्छ, त्यो सबै वस्तुहंको हुर्काइको प्रक्रियामा सामेल रहन्छ र सबै प्रक्रियाहरूमा थालनीदेखि अन्तसम्म रहिरहन्छ ।”
अन्तरविरोधहरूबारेको समस्या समाधानको विषयमा अध्यक्ष माओ त्सेतुङ सरल भाषामा आफ्नो अभिमत यसरी राख्नुहुन्छ, “सर्वहारा र पुँजीपति वर्गका माझको अन्तरविरोधको समाधान समाजवादी क्रान्तिको जुक्तिबाट गरिन्छ, विशाल जनसमुदाय र सामन्ती व्यवस्थाका माझको अन्तरविरोधको समाधान जनवादी क्रान्तिको जुक्तिबाट गरिन्छ, उपनिवेशहरू र साम्राज्यवादमाझका अन्तरविरोधहरूको समाधान राष्ट्रिय क्रान्तिकारी युद्धका जुक्तिबाट गरिन्छ, समाजवादी समाजमा ज्यामी र किसानहरूका माझको अन्तरविरोधको हल खेतीको सामूहिकीकरण र यान्त्रिकीकरणको जुक्तिबाट गरिन्छ, कम्युनिस्ट पार्टीभित्रको अन्तरविरोधको हल आलोचना र स्वआलोचनाको जुक्तिबाट गरिन्छ, समाज र प्रकृतिका माझको अन्तरविरोधको फस्र्यौट उत्पादक शक्तिहरूको विकास गर्ने जुक्तिबाट गरिन्छ । यसरी अध्यक्ष माओ समाजमा नयाँ नयाँ अन्तरविरोध देखापर्ने र समाधानका उपाय पनि सोहीअनुसार निकाल्नुपर्ने बताउनुहुन्छ ।
सर्वहारा वर्गका महान गुरू कार्ल माक्र्स र एङ्गेल्सले वस्तुहरूमा रहेको अन्तरविरोधका नियमलाई सामाजिक ऐतिहासिक प्रक्रियाको अध्ययनमा प्रयोग गर्नुभएको यहाँ उल्लेखनीय छ । ती अन्तरविरोधकै कारण विभिन्न खालका सामाजिक तथा राजनीतिक क्रान्तिहरूको जन्म हुने तथ्यपरक ढङ्गमा उहाँहरूले विश्लेषण पनि गर्नुभयो । पुँजीवादी समाजको आधारभूत अन्तरविरोध उत्पादनको सामाजिकस्वरूप र स्वामित्वको निजीस्वरूपबीचको अन्तरविरोध हो भन्ने निष्कर्षमा कार्लमाक्र्स पुग्नुभयो । उहाँले पुँजीपति वर्ग र सर्वहारावर्गको अन्तरविरोध चर्किदै जाने र त्यसले नयाँ वर्गविहीन समाजको निर्माण गर्ने विचार तार्किक तथा वैज्ञानिक विश्लेषणसहित प्रस्तुत गर्नुभयो । यसै प्रसङ्गमा अध्यक्ष माओ भन्नुहुन्छ, “एकताका शोषित वर्ग भएर बसेको सर्वहारा वर्ग क्रान्तिको बाटोबाट शासक वर्ग हुनपुग्छ, तर उता पहिले शोषक वर्ग भइआएको पुँजीपति वर्ग शासित वर्ग हुनपुग्छ र त्यस स्थितिमा पुग्छ जुन ठाउँमा अघि उसको विरोधी बसेको थियो । सोभियत सङ्घमा त यस्तो भइसकेको छ र पछि गएर अरू सिङ्गै संसारमा पनि यस्तै हुन्छ ।”
अन्तरविरोधबारे बुझ्न यहाँ लेनिनको भनाइ सान्दर्भिक देखिन्छ “शत्रुता र अन्तरविरोध एउटै र उही कुरा कदापि होइनन् । समाजवादमा पहिलो अलप हुन्छ, तर दोस्रो रहिरहन्छ ।”
यस सङ्ग्रहको तेस्रो दार्शनिक रचना हो– ‘जनताबीचका अन्तरविरोधहरूको सही सञ्चालन’ । यस रचनामा १२ वटा उपशीर्षकहरू दिई गहन छलफल गरिएको छ । सन् १९५७ फेब्रअरी २७ को दिन सर्वोच्च राज्य अधिवेशनको बैठक (विस्तृत) मा अध्यक्ष माओ त्सेतुङले दिनुभएको मन्तव्यलाई उहाँ आफैले संशोधनसहित लेखको रूप दिनुभयो र ‘जन– दैनिक’ मा प्रकाशित गरियो । यस रचनाले चीन र चिनियाँ कम्युनिस्ट पार्टीले समाजवादी क्रान्तिलाई कसरी निरन्तरता दियो ? कसरी प्रतिक्रान्तिकारीहरूसँग मुकाबिला ग¥यो ? समाजवादको जग निर्माणमा कति रक्त–पसिनाको खोला बग्यो ? समाजवादको रक्षा गर्न र सफलतातर्फ अगाडि बढ्न सङ्घर्ष के–कसरी अगाडि बढाइयो ? आदिबारे विस्तृत चर्चा गरिएको छ । यस रचनाको अध्ययनपश्चात् अध्यक्ष माओको भनाइ “हाम्रो जनवादी क्रान्ति एक रातमा बनाइसकिएको होइन । यो बिस्तारै बिस्तारै क्रान्तिकारी आधारहरूबाट हुर्किदै आएको हो ।” कति सत्य रहेछ भन्ने सहजै बुझ्न सकिनेछ । चिनियाँ क्रान्तिपूर्वको परिस्थिति र क्रान्तिपश्चात्का प्रारम्भिक वर्षमा विविध क्षेत्रमा हासिल गरिएका उपलब्धिबारे राम्रो चित्र यहाँ प्रस्तुत छ । सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवर्तनको निम्ति सुझबुझका साथ चालिएका कदमका बारेमा गरिएको चर्चाले आधुनिक चीनको आधारशिला कति बलियो थियो र त्यसको निम्ति कति त्याग, तपस्या र बलिदान आवश्यक भयो भन्नेबारे यो रचनाले छर्लङ्ग पार्छ । चिनियाँ क्रान्ति र आधुनिक चीनका उपलब्धिबारे पक्षपातपूर्ण तथा गलत प्रचार गर्नेहरूको निम्ति यो रचना चोटिलो जवाफ हुनेछ । मुक्तिपश्चात् पनि चिनियाँ जनताले कति आँधी–हुरी सामना गरे भन्ने अनुमान गर्न अध्यक्ष माओको भनाइले सहज बनाउनेछ, बाङ्गाटिङ्गा बाटाहरूबाट नहिँडी अथवा ठूल–ठूला जमर्कोहरू नगरिकनै सुविस्ताका साथ समाजवादको निर्माण गर्ने काम चल्छ र यसले बसी बसी सफलता पाउँछ भन्ने कुरा गर्नु मनगढन्ते कुरामात्र हुनेछ ।”
अहिलेसम्म पनि एकथरी बुद्धिजीवीहरू अध्यक्ष माओको समयमा चीन आर्थिकरूपमा माथि उठ्न नसकेको हल्ला गर्न सङ्कोच मान्दैनन् । तर, यथार्थ पूर्णरूपमा फरक हो भन्ने चित्र यसरी प्रस्तुत गरिएको छ– ‘सन् १९४९ मा देशभरिको इस्पातको उत्पादन एक लाख टनभन्दा अलि बढ्तामात्र थियो । अहिले मुक्तिको सात वर्षपछि हाम्रो मुलुकको इस्पातको उत्पादन ४० लाख टनभन्दा बढी भइसकेको छ । पुरानो चीनमा ज्यावल बनाउने ज्यासलहरू या उद्योग औँलामा गन्न भ्याइने थियो– मोटरकार र हवाईजहाजका उद्योग त छँदै थिएनन् । अब हामीहरूसित यी सबै कुराहरू छन् । चीन समाजवादको बाटो हिँड्छ कि पुँजीवादको भन्ने प्रश्नबारे अध्यक्ष माओले स्पष्ट पार्नुभयो, “समाजवादले मात्र चीनलाई बचाउन सक्छ ।” यस रचनामा मुक्तिको प्रारम्भिक कालमै कृषि, सहकारी, उद्योग आदि क्षेत्रमा विशेष पाइलाहरू चाल्दै उत्पादकत्व वृद्धिमा ध्यान पु¥याइएको चर्चा गरिएको छ । साथै सामाजिक क्षेत्रका समस्या समाधान, विकृति विसङ्गति हटाउने अभियान, उद्योगपति व्यापारीका समस्या समाधान, अल्पसङ्ख्यक जातिको व्यवस्थापन, बुद्धिजीवीकरणका प्रश्नहरू र मितव्ययिताको अभियानबारे पनि चीन र चिकपाले सुझबुझका साथ पाइला चालेको यो लेखले छर्लङ्ग्याउँछ । चीनले विशेषगरी सन् १९५२ बाट ‘सान–फान’ (तीन विरोधहरू) आन्दोलन सञ्चालन गरी भ्रष्टाचार, नोक्सानी र नोकरशाहीको विरुद्ध सङ्घर्ष थाल्यो । सन् १९५५ देखि फारोतिनो अर्थात् मितव्ययिता या खेर जान नदिने सिद्धान्तलाई अँगीकार गर्यो भने सन् १९५६ को नोभेम्बरमा यसलाई आन्दोलनकै रूपमा देशव्यापी लाने चिकपाको केन्द्रीय बैठकले निर्णय ग¥यो । यस विषयमा अध्यक्ष माओको भनाइ हृदयस्पर्शी एवं अद्यापि अनुकरणीय छ । उहाँ भन्नुहुन्छ, “चीनलाई हामी सम्पन्न र बलियो भएको देख्न चाहन्छौँ भने हामीले दसौँ वर्षसम्म कठिन परिश्रम गर्न तम्सिनुपर्छ । जुन प्रयासभित्र अरु कुराहरूबाहेक कठोर परिश्रम गर्ने र जोगाउने नीति, निकै फारोतिनोको बानी बसाल्ने र खेर फाल्ने बानी हटाउने नीति लिएर हाम्रो देशको निर्माण गर्नुपर्दछ । उहाँले सङ्गठनहरूलाई छरितो पार्ने र कार्यकर्ताहरूलाई तल्लो तहमा गएर श्रम गर्न पठाउने, उत्पादन बढाउनेजस्ता उपाय सुझाउनुभयो ।
स्रोतः मजदुर–किसान वैशाख–असार, २०७७
Leave a Reply