नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
विश्वमा फेरि एकचोटि प्रजातन्त्रबारे बहस तीव्र बन्दै छ । प्रजातन्त्रको अवधारणाबारे प्रस्ट पार्ने तथा प्रजातन्त्रबारे विशेषगरी संरा अमेरिकी प्रशासनले फैलाउन खोजेको भ्रम चिर्ने उद्देश्यले मङ्सिर २७ गते नेपाल मजदुर किसान पार्टी, चिनियाँ कम्युनिस्ट पार्टीलगायत विश्वका १४० देशका ३५५ राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा बुद्धिजीवीहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गरिएको छ । प्रजातन्त्रको मार्ग पहिल्याउने कार्यमा स्वतन्त्र प्रयास तथा साझा विकासको प्रवद्र्धनका निम्ति सहकार्य अगाडि बढाउन विश्वका राजनीतिक पार्टी, सामाजिक संस्था एवम् बुद्धिजीवीहरूको तर्फबाट सम्प्रेषित संयुक्त वक्तव्यको विस्तृत विवरण प्रस्तुत छ ;
मानव समाजको इतिहासमा विकासको अनन्त खोज तथा राजनीतिक सभ्यताको क्रममा प्राप्त महत्वपूर्ण उपलब्धिमध्ये प्रजातन्त्र पनि हो । निरन्तरको खोजपश्चात् संसारका विभिन्न देश तथा क्षेत्रका मानिसहरूले भिन्न खालका प्रजातन्त्र तथा विकासका मार्ग पत्ता लगाए र मानव सभ्यताको विकासका विराट आयाम प्रस्तुत गरे । प्रजातन्त्रका निर्माता, संरक्षणकर्ता तथा विकासकर्ता भएको नाताले प्रजातन्त्रको रक्षा र विकासको मार्ग पहिल्याउने महत्वपूर्ण जिम्मेवारी राजनीतिक दलहरूले वहन गर्न आवश्यक छ । यही दृष्टिकोणका साथ १४० देशका ३५५ राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा बुद्धिजीवीहरूको तर्पmबाट संयुक्त वक्तव्य प्रकाशित गरिएको छ ।
१) हाम्रो विचारमा हामी बस्ने यो विश्व विविधतायुक्त र रङ्गीन छ । अनेकताले मानव सभ्यताको गुणलाई उजिल्याउँछ । अनेकता या विविधताले मानव सभ्यताको आकर्षक विशेषता उजागर गर्दछ । त्यो विश्वको विकासको निम्ति ऊर्जा तथा गतिशीलताको स्रोत हो । प्रजातन्त्रलाई बुझ्ने या परिभाषित गर्ने तरिका फरक–फरक छन् । विभिन्न देश तथा क्षेत्रहरूले एकैखालको इतिहास, संस्कृति, सामाजिक व्यवस्था र विकासक्रम अपनाएको या भोगेको पाइँदैन । हरेक देशमा जस्ताको तस्तै लागु हुने प्रजातन्त्रको व्यवस्था अथवा विकासको तरिका आजसम्म पाइँदैन । विश्वका विभिन्न प्रकारका राजनीतिक व्यवस्थालाई एउटै यन्त्रले मापन गर्नु अथवा रङ्गीविरङ्गी राजनीतिक मानव सभ्यतालाई एउटै नजरले हेर्नु आफैमा अप्रजातान्त्रिक हुनेछ । विकासको निम्ति पनि त्यो अनुकूल हुनेछैन ।
२) कुनै पनि देशको राजनीतिक व्यवस्था प्रजातान्त्रिक छ या छैन र प्रभावकारी छ या छैन भनी जाँच्ने काम त्यहाँको नेतृत्वकारी निकायको हस्तान्तरण प्रक्रिया व्यवस्थित कतिको छ र विधिसम्मत छ कि छैन भन्ने आधारमा गरिन्छ भन्ने हाम्रो साझा मत छ । सारा जनताले कानुनी बन्दोवस्तबमोजिम राज्यको मामिला, सामाजिक, आर्थिक तथा सांस्कृतिक मामिलामा सहभागिता जनाउन पाउँछन् कि पाउँदैनन् जनताले बिनाअवरोध आफ्नो आवश्यकताबारे खुला ढङ्गमा अभिव्यक्ति दिन पाउँछन् कि पाउँदैनन् देशको राजनीतिक मामिलामा समाजको हरेक क्षेत्रले सक्रिय सहभागिता जनाउन पाउँछन् कि पाउँदैनन् राष्ट्रिय निर्णय लिँदा विवेकसम्मत तथा प्रजातान्त्रिक तवरले लिइन्छ कि लिइँदैन† देशका विशेषज्ञ तथा विशिष्ट व्यक्तित्वहरूले स्वच्छ प्रतिस्पर्धाका आधारमा राष्ट्रिय नेतृत्वमा जिम्मेवारी पाउँछन् कि पाउँदैनन्स त्तासीन दलले संविधान र कानुनको आधारमा राज्यका हरेक मामिलामा कुशल नेतृत्वदायी भई सेवा गर्छ कि गर्दैन र शक्तिको प्रयोग गर्दा सीमामा बसेर तथा अनुगमन गराएर गर्छ कि गर्दैन भन्ने कुराले कुनै पनि देशको राजनीतिक व्यवस्था प्रजातान्त्रिक हो या होइन भन्ने निर्धारण गर्दछ ।
३) देशको मालिक जनता बन्न पाउँछन् कि पाउँदैनन् भन्ने कुराले कुनै पनि देश प्रजातान्त्रिक हो या होइन भन्ने छिनोफानो गर्ने हाम्रो विश्वास छ । हरेक नागरिकले मत दिने अधिकारको सुनिश्चितता र व्यापक जनसहभागिताको सुनिश्चितता छ या छैन भन्ने पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । निर्वाचनको प्रचार–प्रसारको क्रममा के–कस्ता मौखिक प्रतिबद्धता तथा आश्वासनहरू मानिसहरूलाई दिइन्छ र तीमध्ये के–कति पूरा भए भन्ने हेर्नु पनि त्यति नै आवश्यक छ । कानुन तथा नियम कार्यान्वयन गर्दा के–कस्तो राजनीतिक प्रक्रिया अवलम्बन गरिन्छ र अझ महत्वपूर्ण कुरा त ती कानुन कडाइका साथ लागु गरिन्छ कि गरिँदैन भन्ने कुराले प्रजातन्त्रको यथार्थ बताउँछ । प्रजातान्त्रिक तवर र प्रक्रियाबाट शक्तिको अभ्यास हुन्छ कि हुँदैन एवम् त्योभन्दा महत्वपूर्ण त ती सबै जनताको निगरानीमा हुन्छन् कि हुँदैनन् भन्ने हो ।
४) प्रजातन्त्र भनेको सारा मानिसको अधिकारको विषय हो, न कि निश्चित केही व्यक्तिको विशेषाधिकार । कुनै पनि देश प्रजातान्त्रिक हो या होइन भन्ने छुट्याउने जिम्मा सम्बन्धित देशका जनतालाई दिइनुपर्छ र विश्वको कुन देश प्रजातान्त्रिक हो र कुन देश होइन भनी छुट्याउने अभिभारा तत्तत् देशका जनतालाई दिइनुपर्छ । प्रजातन्त्रको नाउँमा कुनै पनि देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने कार्यविरुद्ध हामी उभिन्छौँ ।
५) मानिसको जीवनस्तर वृद्धि र मानिसको चौतर्फी विकास नै प्रारम्भ बिन्दु हुनुपर्छ र मानव समाजको विकासको त्यही उद्देश्य हुनुपर्छ भन्ने हाम्रो साझा अवधारणा हो । बेहत्तर जीवनको जनचाहना परिपूर्ति र आवश्यकताको परिपूर्ति, सुख तथा सुरक्षाको सपना पूरा गर्नेतर्पm प्रजातान्त्रिक व्यवस्था केन्द्रित हुनुपर्दछ । आजको सन्दर्भमा गरिबी निवारण, खाद्य सुरक्षा, कोभिड–१९ बाट जोगाउने उपाय तथा खोप, विकासका लागि आर्थिक बन्दोवस्त, मौसम परिवर्तन, हरित विकास, औद्योगिकीकरण, डिजिटल अर्थतन्त्र एवम् सञ्चार र दीगो विकाससम्बन्धी ग्ल् द्दण्घण् नीति लागु गर्ने कार्यमा सहकार्यको वृद्धि आवश्यक छ । किनभने, मानिसहरूका तत्कालका समस्या तथा व्यावहारिक कठिनाइ समाधान गर्न केन्द्रिकृत एवम् संयुक्त प्रयास आवश्यक हुन्छ । संसारका हरेक देश र मानिस विकासको अवसर तथा अधिकारका हकदार छन् । समावेशी विकासलाई बढावा दिन सत्प्रयास आवश्यक छ र त्यस मामिलामा कुनै पनि देश छुट्नु हुँदैन ।
६) अन्तर्राष्ट्रिय सम्बन्ध अझ बढी प्रजातान्त्रिक बनाउनु आजको विश्वको आवश्यकता हो भन्ने हाम्रो साझा अवधारणा हो । वास्तविक अर्थमा बहुपक्षीयतावाद व्यवहारमा लागु गर्ने त्यही नै उपाय हो । मानव समाजले नयाँ – नयाँ चुनौती सामना गरिरहेको र नयाँ – नयाँ अन्तर्राष्ट्रिय सवाल जन्मिरहेको सन्दर्भमा समावेशी विश्व व्यवस्था, अझ प्रभावकारी बहुपक्षीय बन्दोवस्त र अझ बढी सक्रिय क्षेत्रीय सहकार्यको आवश्यकता महसुस गरिँदै छ । मानव समाजले झेलिरहेको साझा चुनौती सामना गर्न बहुपक्षीयतावादको प्रभावकारी कार्यान्वयनको खाँचो छ ।
७) सभ्यताको विकास तथा प्रगतितर्पm अग्रसर हुने उत्तम उपाय भनेको साझा भविष्यमा आधारित मानव समुदायको निर्माण हो । भविष्यप्रति प्रतिबद्ध तथा जिम्मेवार मानव समुदायको निर्माणका लागि शान्ति, विकास, न्याय, स्वच्छता, प्रजातन्त्र र स्वतन्त्रताबारे साझा अवधारणाले मार्गदर्शकको भूमिका निर्वाह गर्नेछ । त्यसो भएको खण्डमा फरक सामाजिक व्यवस्था, विचार, इतिहास, संस्कृति र विकासका फरक चरणमा रहेको संसारका देशहरूले समेत स्वार्थ, अधिकार र जिम्मेवारीको बाँडफाँट गरी अन्तर्राष्ट्रिय मामिलामा भूमिका निर्वाह गर्न एवम् बेहत्तर संसारको निर्माणमा योगदान पु¥याउन सक्नेछन् ।
प्रजातन्त्रको सुदृढीकरण र मानिसहरूको जीवनस्तर बढाउने साझा जिम्मेवारी वहन गर्न हामी हातेमालो गर्न तयार छौँ । सबैखाले मतभेदभन्दा माथि उठ्दै, आदानप्रदान गरी एकआपसबाट सिक्दै, आपसी समझदारी बढाउँदै र व्यापक सहमतिको विकास गर्दै मानिसहरूको भलाइ, राष्ट्रिय विकास, विश्वशान्ति तथा मानवीय प्रगतिका निम्ति हामी सहकार्य गर्न तयार भएका छौँ ।
Leave a Reply