कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २७ मंसिर । मालपोत र भूमिसुधारको लापरबाहीको कारण पुस्तौँदेखि जमिन जोत्दै आएका किसानहरूको हक अधिकार हनन भएको विषयमा आइतबार नेपाल क्रान्तिकारी किसान सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घले संयुक्तरूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुर र मालपोत कार्यालय भक्तपुरको ध्यानाकर्षण गरायो ।
साविक ताथली गाविस वडा नं ९ (क), हाल चाँगुनारायण नपा वडा नं ९ अन्तर्गत कित्ता नं ३५८ को क्षेत्रफल १ रोपनी १० आना जग्गा २०२१ सालको नापीमै भनपा वडा नं १ निवासी लतंकुमार प्रजापतिको नाउँमा जग्गाधनी र मोही कायम भई पुस्तौँपुस्तादेखि हालसम्म उनका परिवारले नै जोती कमाई आएको हो ।
०६५ साल माघ २८ गते तत्कालीन ताथली गाविसका सचिव बद्रीप्रसाद सिंख्वालले जग्गाको मोही महलबाट लतंकुमार प्रजापतिको नाम हटाएर तत्कालीन ताथली गाविस ९ का लतनकुमार साखकर्मीका छोराहरूलाई मोही नामसारीको सिफारिस दिए । उनले उक्त जग्गाको वास्तविक जोताहा र जोतकमोत गर्नेबारे स्थलगत सरजमिन नगरी सिफारिस गरे । कानुनविपरीत सिफारिस गरेका निज सचिवलाई हालसम्म कुनै कारबाही नभएकोमा प्रजापति परिवारको गुनासो छ ।
सचिव सिंख्वालको सिफारिसको आधारमा लतनकुमार साखकर्मीका छोरा बाबुकाजी साखकर्मीले भूमिसुधार कार्यालय भक्तपुरमा मोही लगत कट्टाको निम्ति निवेदन दिए र भूमिसुधार कार्यालयले ०६५।११।८ गते मोही लगत कट्टा गर्ने निर्णय ग¥यो । बाबुकाजी साखकर्मीले आफ्नो बुबाको ११ वटा कित्ता जग्गा मोही नामसारी गर्ने क्रममा किनं ३५८ समेत गाभेर मोही नामसारीको निम्ति निवेदन दिएका थिए । भूमिसुधारका कर्मचारी सुरेन्द्र थापाले “किनं ३५८ मा मोही लतंकुमार प्रजापति देखिएको, यस कार्यालयको २ नं अनुसूची भिडाउँदा किनं ३५८ र ५८८ बाहेक अन्य कित्ता जग्गाहरूको मोही लतनकुमार साखकर्मीको नाउँमा भिडेको, यस कार्यालयको १ नं मोही लगत लतनकुमार साखकर्मी देखिएको र किनं ३५८ को किसानको व्यहोरामा यो जग्गा मेरो हो जोतिआएको भन्ने उल्लेख भएको व्यहोरा उल्लेख गरी आवश्यक निणयार्थ पेश गरेको छु” भनेर जालसाजी टिप्पणी पेश गरे । उनको एक तहमाथिका कर्मचारी सम्बन्धित फाँटवाला रामहरि खड्काले संलग्न प्रमाणहरूको आधारमा एकापरिवारका मोही लगत कट्टा निर्णयको लागि भनी अर्को जालसाजी राय पेश गरे । प्रमुख हरिप्रसाद दुलालले ‘मोही एकै परिवारको देखिँदा भूमिसम्बन्धी ऐन २०२१ को दफा २ (ख) ले मोही नहुने हुँदा लगत कट्टा जनाइदिने गरी सदर’ भनी जालसाजी निर्णय गरे र सोही आधारमा लतंकुमार प्रजापतिको जग्गा बाबुकाजी साखकर्मीको नाममा पुर्जा बन्यो ।
भूमिसुधारको निर्णयमा उल्लेख भएझैँ साखकर्मी र प्रजापति एकै परिवारका होइनन् । भूमिसुधार कार्यालयको १ नं मोही लगतमा पनि किनं ३५८ को जग्गा साखकर्मीको होइन, लतंकुमार प्रजापतिकै भएको उल्लेख छ । नापी कार्यालय भक्तपुरको फिल्डबुकमा किनं ३५८ को जोताहा महलमा ‘लतंकुमार प्रजापति भ.पु तौलाछें’ उल्लेख भएको र जोताहा किसानको व्यहोरामा ‘यो जग्गा मेरै हो जोती आएको’ भनी प्रजापतिले नै बोलेको स्पष्ट छ । भूमिसुधारले निर्णय गर्दा कि.नं ३५८ समेत गाभेर मोही लगत कट्टा ग¥यो । जोताहा महलमा लतंकुमार प्रजापति स्पष्ट उल्लेख भएपछि भूमिसुधारले निज लतंकुमार प्रजापतिको मोही लगतकट्टा गरिदिनु हुने थिएन । भूमिसुधारका कर्मचारीले लतंकुमार प्रजापतिलाई सूचनासमेत नदिई मोही लगत कट्टा गरेको जालसाजी र किर्ते नै हो ।
पुस्तौँदेखि जोत्दै आएको जग्गा अर्काको गराउन सिफारिस दिने तत्कालीन गाविस सचिव सिंख्वाल र भूमिसुधारका कर्मचारीहरूलाई पक्राउ गरी जेल चलान गर्न तथा भूमिसुधारको सम्पूर्ण गलत निर्णय बदर गरी प्रजापति परिवारलाई सो जग्गाको हकभोग पुर्जा दिन नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको नेतृत्वमा मंसिर २६ गते किसान र युवाहरूको संयुक्त टोलीले प्रमुख जिल्ला अधिकारी र मालपोत कार्यालय भक्तपुरका प्रमुखको ध्यानाकर्षण गरायो ।
प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले उक्त विषयमा अध्ययन गरी दोषीलाई कारबाही गर्ने वचन दिनुभयो भने मालपोत कार्यालय भक्तपुरका अधिकृत महेश अधिकारीले उल्लेखित कित्ता जग्गाहरूको टुङ्गो नलागेसम्म किनबेच गर्न रोक्का राख्ने र त्यसपछि आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।
Leave a Reply