रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
पेइचिङ, १६ डिसेम्बर । चीनको उत्तरपश्चिम सिन्च्याङ क्षेत्रबारे संरा अमेरिकी नीति चीनमा सङ्कट निम्त्याउने उद्देश्यबाट अभिप्रेरित षड्यन्त्रपूर्ण रणनीतिमा आधारित भएको र त्यसको मूल लक्ष्य संसारको दोस्रो ठूलो अर्थतन्त्रलाई असफल बनाउने वाशिङ्टनको अभियान सफल बनाउनु भएको लानचाओ विश्वविद्यालयको मध्य एसिया अध्ययन केन्द्रको अध्ययनले देखाएको छ ।
चीनको स्वशासित क्षेत्र सिन्च्याङको प्रशासन र अर्थतन्त्र तथा चीनको सार्वभौमिकतामा सङ्कट निम्त्याउन र सम्पूर्ण कोणबाट हस्तक्षेप गर्न संरा अमेरिकाले सो रणनीति अँगीकार गरेको अध्ययनले औँल्याएको छ । ‘सिन्च्याङमा विग्रह निम्त्याएर चीनमाथि घेराबन्दी गर्ने संरा अमेरिकी रणनीतिमा षड्यन्त्र र सङ्कटको राजनीतिबारे अवधारणा’ शीर्षक दिइएको सो अध्ययन प्रतिवेदनमा सिन्च्याङको मानवअधिकारबारे नकारात्मक टिप्पणी र वाशिङ्टनको हमला उनीहरूको मानवअधिकारबारे जड दृष्टिकोण र आक्रामक व्यवहारमा मात्र होइन, त्योभन्दा फराकिलो हिसाबकिताबमा आधारित भएको उल्लेख छ ।
अध्ययनअनुसार सिन्च्याङबारे प्रचारबाजीको मूल महत्वपूर्ण लक्ष्य मानवअधिकारको नाममा चीनको विरोध गर्ने नैतिक आधार बनाउनु हो । सिन्च्याङमा ‘जबरजस्ती बन्ध्याकरण’, ‘जबरजस्ती श्रम’ र ‘नरसंहार’ जस्ता प्रचारबाजी गरेर सिन्च्याङको अर्थतन्त्रमा पूर्ण नाकाबन्दी थोपर्ने रणनीतिसहित उनीहरूले यस्ता प्रचारबाजी गरिरहेको अध्ययनले निष्कर्ष निकालेको छ ।
त्यसो गरेर संरा अमेरिका नेतृत्वको पश्चिमा मोर्चाले सिन्च्याङका जनतालाई रोजगारीको अधिकार, स्वयम् विकास र आर्थिक विकासको प्रवाहबाट सिङ्गो क्षेत्रलाई वञ्चित गर्नु भएको अध्ययनको प्रतिवेदनमा उल्लेख छ ।
संरा अमेरिकाले सिन्च्याङविरुद्ध ‘बदनामी उछालेर’ चीनको सार्वभौमिकतालाई प्रत्यक्ष लक्षित गरी तानाबाना बुनेको बताएको छ ।
संरा अमेरिकी नीतिले सिन्च्याङको वास्तविकतालाई मात्र बेवास्ता गरेको छैन बरु सिन्च्याङका जनताले भोग्दै आएको स्थायित्व र आर्थिक प्रगतिलाई समेत निषेध गर्न खोजेको अध्ययनले निष्कर्ष निकालेको छ । यसबाट अमेरिकाको प्रभुत्ववादी प्रवृत्तिमा उजागर भएको छैन बरु मानव अधिकारलाई हतियार बनाएर मानवअधिकार नै उल्लङ्घन गर्ने काम भएको छ । अध्ययनको प्रतिवेदनमा भनिएको छ, “सिरिया, अफगानिस्तानलगायत देशमा पनि यस्तै रणनीति प्रयोग भएको थियो । तर, संरा अमेरिका ती देशमा नराम्ररी असफल भयो ।”
Leave a Reply