विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
चिलीमा युवा नेता गाब्रिएल बोरिक राष्ट्रपति पदमा निर्वाचित हुनुलाई नेपालका केही सञ्चारमाध्यमले उनको उमेरसँग जोडेर बढी प्रचार गरेको देखियो । संसारभर युवाहरूबीच राजनीतिप्रति वितृष्णा बढेको अवस्थामा ३५ वर्षका युवा राष्ट्रपति बन्नु स्वाभाविक रूपमा चर्चायोग्य विषय हो । यसले युवाहरूलाई राजनीतिमा आउन प्रेरित गर्नेछ । युवा उमेरका राजनीतिक नेताहरूबाट समयसापेक्ष परिवर्तनको अपेक्षा गर्न सकिन्छ । तर, उमेरको कारण मात्र बोरिकको विजयलाई उत्साहप्रद मान्नुको भने कुनै तुक छैन । बोरिक विचारले वामपन्थी र विशेषतः सन् २०१० यता चिलीमा चालु जनआन्दोलनका नेता भएकोले पनि उनीबाट चिलीका जनताले केही परिवर्तनको आशा गरेका हुन् । बोरिक दक्षिणपन्थी वा पुँजीवादी विचारकै नेता भए चिलीका जनतालाई खास अन्तर हुने थिएन । सन् १९७० को दसकमा एयेन्डे सरकारलाई अपदस्थ गरेर बनेको पिनोचे सरकारले चिलीलाई नवउदारवादको प्रयोगशाला बनायो । फलतः नवउदारवादी प्रणाली आज चिलीको भित्री जरासम्म फैलिसकेको छ । त्यो रोगविरुद्ध लड्न चिलीको नेता युवा मात्र भएर पुग्दैन, बरु क्रान्तिकारी विचारको बाहक पनि हुन आवश्यकता छ । बोरिक वामपन्थी हुनाले उनीबाट त्यो अपेक्षा गरिएको हो । उनी विचारले फेरि पनि पुरानै शासकहरूको निरन्तरता मात्र हुँदो हो त चिलीका जनताले उनीबाट नवउदारवादको रोगबाट मुक्ति पाउने अपेक्षा गर्न सक्दैनन् ।
युवाहरू नेतृत्वमा आउनु सम्भावना र जोखिम दुवै हो । बोरिकको उदय पनि चिलीको लागि सम्भावना त हो नै । साथै त्यो जोखिम पनि बन्न सक्ने सम्भावनालाई अस्वीकार गर्न मिल्दैन । बोरिकको हिजोको आन्दोलनकारी पृष्ठभूमि र ती आन्दोलनमा उनले व्यक्त गरेका विचारको आधारमा जनताले उनलाई मत दिए । त्यो मतमा व्यक्त जनपेक्षा पूरा गर्ने–नगर्ने, हुने–नहुने कुरा बोरिकका आगामी दिनको यात्राबाट निर्धारण हुनेछ । तर, सकारात्मकताबाट सुरुवात गरौँ भन्ने सोचाइअनुसार बोरिकको विजयले चिलीमा मात्र होइन, सिङ्गो ल्याटिन अमेरिकाको वामपन्थी आन्दोलनले गति लिने आशा गरौँ । बोरिकलाई शुभकामना ।
Leave a Reply