भर्खरै :

दोस्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फूटबल प्रतियोगिता सुरु

भक्तपुर, ७ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर फूटबल क्लव ११ को आयोजनामा हुने दोस्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फूटबल प्रतियोगिताको माहेश्वरी खेल मैदानमा एक समारोहबीच उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई सँगसँगै अगाडि बढाइरहेको जानकारी दिनुभयो । उहाँले भक्तपुर नगरपालिकाले जनप्रतिनिधिहरूको बहाली भएदेखि नै प्रत्येक वर्ष एक वटा खेलको अन्तरनगर खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेको तथा प्रत्येक वर्ष नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगता सञ्चालन गरेको र यो वर्ष नगरभित्रका ९२ वटामध्ये ७१ वटा विद्यालयका १८ सत्र्न्दा विद्यार्थीहरूले सहभागिता जनाएको उल्लेख गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ७ वटै शैक्षिक संस्थानहरूले उत्कृष्ट नतिजा हासिल गरिरहेको र यस वर्ष भनपाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङका छात्र रमण श्रेष्ठले देशभरिकै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको तथा वागीश्वरी कलेजका छात्रा बबिता ग्वाछाले बीबीएसतर्पm देशभरिमै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन ५ वटा विभिन्न खेलहरूको प्रशिक्षण दिइरहेकोमा यस वर्षबाट जिम्न्याष्टिक खेलको प्रशिक्षण सुरु गरेको जानकारी दिँदै नगरका प्रत्येक वडा र ख्वप कलेज÷ख्वप ई. कलेजमा गरी २२ स्थानमा व्यायामशालाको व्यवस्था गरेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नगरपालिकाले खेलकुदको विकासको लागि सञ्चालित गतिविधिहरूको बारेमा सङ्क्षिप्त जानकारी दिँदै खेलाडीहरूको भविष्य निर्धारण गर्न सरकारले खेलकुद विश्वविद्यालयको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरमा खेलकुदको पूर्वाधार विकासको लागि सरकारले वेवास्ता गरेको गुनासो पोख्दै माहेश्वरी खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको स्टेडियम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर फूटबल क्लव ११ का अध्यक्ष राम प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष शिवजी श्रेष्ठ, सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेललगायतले प्रतियोगिताको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले फूटबल प्रतियोगिताका रेफ्रीलाई बल हस्तान्तरण गरी खेलको सुरुवात गर्नुभएको थियो भने सभापति राम प्रजापतिले प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
भक्तपुर फूटबल क्लव ११ र स्प्रिङडेल इङ्कलिश स्कूलको संयुक्त आयोजना र सिद्धि स्मृति प्रतिष्ठानको सह–आयोजनामा भइरहेको दोस्रो अन्तर विद्यालय फूटबल प्रतियोगितामा आठ वटा विद्यालयहरूको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *