रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
गएको शुक्रबार इन्टिलिजेन्स एन्ड एलाइन्स थिङ्क ट्याङ्क र ताइहे प्रतिष्ठानले संयुक्तरूपमा ‘संसारभर कोभिड–१९ फैलिनुमा संरा अमेरिकी जिम्मेवारी’ शीर्षकको प्रतिवेदन सार्वजनिक भयो ।
प्रतिवेदनअनुसार विभिन्न स्रोतका तथ्याङ्कले कोभिड–१९ को उत्पत्ति भएको देश संरा अमेरिका नै हुन सक्ने प्रबल सम्भावना देखाएको छ । त्यतिमात्र होइन, संरा अमेरिका नै भाइरस तीब्र गतिमा संसारभर फैलिनुमा सबभन्दा जिम्मेवार देश भएको पनि त्यो प्रतिवेदनमा उल्लेख छ । संरा अमेरिकाले यो रोगलाई राजनीतिकरूपमा प्रयोग गर्न खोज्दा महामारीविरुद्ध संसारभरको प्रयासलाई कठिन र चुनौती बनाएको छ ।
शनिबार सो प्रतिवेदनको अङ्ग्रेजी अनुवाद सार्वजनिक भयो । प्रस्तुत छ, सो प्रतिवेदनको नेपाली अनुवादः
अनुसन्धान प्रतिवेदन : संसारभर कोभिड–१९ फैलिनुमा संरा अमेरिकी जिम्मेवारी
इन्टिलिजेन्स एन्ड एलाइन्स थिङ्क ट्याङ्क (आइएटीटी) र ताइहे प्रतिष्ठान
३) राजनीतिक आग्रहले महामारीविरुद्ध विश्वव्यापी लडाइँलाई अझ कठिन बनायो
संरा अमेरिकी राजनीतिक दुराग्रहले संसारलाई महामारीमाथि जित हासिल गर्न अझ कठिन बनायो । कोभिड–१९ महामारीको सुरुवातबाटै संरा अमेरिकी राजनीतिक नेताहरूले भूराजनीतिक स्वार्थलाई विज्ञानभन्दा माथि राख्यो । संरा अमेरिकाले महामारीलाई पनि ‘शीतयुद्ध’ को कोणबाट अथ्र्याउन खोज्यो । उसले ‘शीतयुद्ध’ कै भाषा प्रयोग ग¥यो । ‘शीतयुद्धकालीन’ हमलाकै राजनीतिक व्यवहार प्रदर्शन ग¥यो । उसले लगातार चीनको अपमान र बद्ख्वाइँ ग¥यो । जसले भाइरसको जरा पत्ता लगाउने अन्तर्राष्ट्रिय प्रयास र विश्वव्यापी महामारीविरुद्धको सहकार्यलाई गम्भीररूपमा प्रभावित बनायो ।
संरा अमेरिका राजनीतिकरूपमा ध्रुवीकृत र शासक दलहरूको मतभेदमा फसेको छ । त्यसकारण, उसले सामाजिक गहिराइको घाउ निको बनाउन सकेको छैन । संरा अमेरिकी सरकारलाई प्रभावकारी ढङ्गले महामारीको रोकथाम गर्ने प्रयासमा ध्यान केन्द्रित गर्न गा¥हो छ । त्यसले देशलाई महामारीमात्र फैलाएन बरु महामारीविरुद्ध विश्वव्यापी लडाइँलाई समेत प्रभावित बनायो ।
क) महामारी नियन्त्रणमा खुम्चेको जिम्मेवारी र महामारीविरुद्ध अन्तर्राष्ट्रिय प्रयासको न्यूनाङ्कन
महामारीविरुद्धको प्रयास प्रभावकारी नहुँदा निम्तिएको अन्योल समाधान गर्ने क्रममा संरा अमेरिकाका नेताहरूले उल्टो अन्तर्राष्ट्रिय क्षेत्रमा ‘हिलो’ छ्यापे । उनीहरूले सबै दोष चीनमाथि थोपर्न खाजे । चीनको महामारीविरोधी नीतिको विरोधमा बेतुकको आरोप लगाइयो । महामारीको प्रतिरोधमा चीनको पारदर्शिताको बदनाम गर्न खोज्यो । महामारी नियन्त्रणमा संरा अमेरिकी असफलताको निम्ति उसले चीनलाई नै दोषी बनाउन खोज्यो । अनि त्यसको निम्ति चीन सरकारलाई ‘क्षतिपूर्ति’ दिन माग ग¥यो । ट्रम्प स्वयम्ले एक पटक कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्ने शब्द प्रयोग गरे । उनको त्यस्तो व्यवहारले महामारीविरुद्ध संरा अमेरिका र चीनबीचको सहकार्यलाई कमजोर बनायो ।
संरा अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई पनि सबै दोषको भागीदार बनायो । ट्रम्प सरकारले विश्व स्वास्थ्य सङ्गठन आफ्नो भूमिका खेल्न असफल भएको र महामारीविरुद्धको संरा अमेरिकाको लडाइँ असफल हुनुमा विश्व स्वास्थ्य सङ्गठन दोषी भएको आरोप लगायो । महामारीविरुद्ध विश्वव्यापी लडाइँ चलिरहेको गम्भीर समयमा संरा अमेरिकी सरकारले विश्व स्वास्थ्य सङ्गठनलाई दिँदै आएको पैसामात्र रोकेन, बरु विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानम घिब्रिएससमाथि समेत सही तरिकाबाट महामारी नियन्त्रणको प्रयास गरे नगरेको विषयमा अनुसन्धान थालिएको थियो ।
सकेसम्म छोटो समयावधिमा महामारी सामना गर्न सबै देशले मिलेर काम गर्नुपर्छ र नियन्त्रण एवम् रोकथाममा जोड दिनुपर्छ । संरा अमेरिकी राजनीतिक नेताहरूको एकअर्कालाई दोष लगाउने र पन्छाउने बानीले महामारीविरुद्ध विश्वव्यापी लडाइँको मूल्य अझ बढाएको छ । देशहरूबीच विभेदको खाडल गहिरो बनाएको छ । महामारीविरुद्धको विश्वव्यापी लडाइँमा गम्भीर तगारो तेर्साएको छ । जसले संरा अमेरिकाको अवस्थालाई अझ खराब बनाएको छ र कोभिड–१९ विरुद्धको लडाइँ पनि लम्बिएको छ ।
ख) राजनीतिक स्वार्थप्रति मोह र जिम्मेवारीबाट भाग्ने प्रवृत्ति
कोभिड–१९ महामारी फैलिएयता संरा अमेरिका आफ्नो राजनीतिक स्वार्थको पछि तन्मयका साथ लागिप¥यो । आफ्नो लागि मात्र सोच्ने संरा अमेरिकाले ‘अमेरिका पहिला’, ‘अमेरिकी सर्वोच्चता’ र प्रभुत्ववादको मानसिकता बोकेको छ । संरा अमेरिकाभित्रै कोभिड–१९ को उत्पत्तिको खोजीले समयमै यो समस्या पहिल्याउन मद्दत गर्नुका साथै त्यसलाई महामारी बन्न दिने थिएन । तर, भाइरसको जरा खोज्ने विषयमा संरा अमेरिकाले दोहोरो मापदण्ड अपनायो । एकातिर उसले ‘प्रयोगशालाबाट भाइरस चुहिएको’ हल्ला फैलायो र विश्व स्वास्थ्य सङ्गठनलाई चीनमा अनुसन्धान गर्न जोड ग¥यो । अर्कोतिर, उसले अन्तर्राष्ट्रिय समुदायले सोधेका प्रश्न र गरेका आग्रहलाई बेवास्ता ग¥यो । उसले फोर्ट डेट्रिक र उत्तर क्यारोलिना विश्वविद्यालयको जैविक प्रयोगशालामा अनुसन्धान गर्न मानेन । ती दुवै प्रयोगशालालाई शङ्काको घेरामा राखिएको थियो । त्यसकारण, संरा अमेरिकाले कोभिड–१९ को उत्पत्तिको खोजी गर्नुपर्ने हल्लाखल्ला संसारभरका मानिसप्रति जिम्मेवार भएर नभई झूट फैलाउन, सत्य कुरा बङ्ग्याउन, चीनको कूटनीतिक माध्यमलाई कमजोर बनाउन र चीनविरुद्ध लेनदेनमा आफ्नो हात माथि पार्ने उद्देश्यबाट निर्देशित थियो ।
संसारको एकमात्र महाशक्ति संरा अमेरिकाले आफूले पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गरेन । संरा अमेरिकाले सधैँ मानवअधिकार र मानवताको कूरा ठूलठूलो स्वरमा गर्छ । तर, उसले व्यवहारमा भने ‘अमेरिका प्रथम’ नीति लागु गर्छ । कोभिड–१९ को खोप वितरणको विषयमा उसले ‘खोप राष्ट्रवाद’ को नीति अँगीकार गर्छ । संरा अमेरिकाले खोप वितरणमा विश्वव्यापी योजनामा सहकार्य गरेन । बरु चीनको खोप सहायताको विरोधमा आरोपको वर्षा ग¥यो । उसले खोप उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थको निर्यातमा रोक लगायो । आफ्ना जनताको लागि आवश्यक पर्ने खोपभन्दा निकै गुणा बढी खोप उसले आफ्नो भण्डारमा थुपा¥यो । महामारीबाट प्रताडित बनेका विकासशील देशलाई सहायता दिनेमा या त ऊ तयार भएन या उसले विलम्ब ग¥यो । उसका त्यस्ता गतिविधिले विश्वभर खोपमा असमानता गहिरो बनायो । यसले खोपमा विभेदको खाडल लगातार फराकिलो बनाउनमा टेवा पु¥यायो ।
आफ्नो स्वार्थबारे मात्र विचार गर्ने संरा अमेरिकी नेताहरूले संरा अमेरिकी स्वार्थ रक्षा गर्नेमा मात्र ध्यान पु¥याए । तर, त्यस्तो व्यवहारले उनीहरूलाई नै हानि पु¥यायो । यी सबै कुराले संरा अमेरिकी सरकार नै सबभन्दा ठूलो समस्याको कारक बन्यो ।
३) राजनीतिक ध्रुवीकरणले अमेरिका आफैलाई र समग्रमा संसारलाई हानी पु¥याएको छ
कोभिड–१९ विरुद्ध संरा अमेरिकाको प्रयास सुरुबाटै त्यहाँको दलगत झगडाको चेपुवामा प¥यो । डेमोक्रेटिक र रिपब्लिकनहरूबीचको झगडाले महामारी नियन्त्रण र मानिसको जीवन रक्षामा प्रभावकारी नभएको मात्र होइन, बरु उनीहरूले महामारीलाई आफ्ना मतदाताको समर्थन जित्न अवसरको रूपमा प्रयोग गरे । संरा अमेरिकामा महामारी उत्कर्षमा पुग्दा त्यहाँ सन् २०२० को राष्ट्रपति निर्वाचनको तयारी हुँदै थियो । धेरै नेताहरूलाई महामारी नियन्त्रण गर्नतिरभन्दा सरकार परिवर्तनप्रति बढी चासो थियो । त्यसले रोग नियन्त्रणको लागि संरा अमेरिकी अमूल्य समय खेर गयो । त्यही समयमा धेरै संरा अमेरिकी राज्यहरूमा सङ्क्रमितको सङ्ख्याको जानकारी सङ्घीय सरकारमा पठाउन हप्तौ विलम्ब भयो । त्यसले संरा अमेरिकाको महामारीसम्बन्धी निर्णय प्रक्रियामा गम्भीर प्रभाव पा¥यो । बाइडेन सरकार बनेपछि पनि यो अवस्थामा कुनै परिवर्तन भएन । कोभिड–१९ को सङ्क्रमण फर्की फर्की आए पनि बाइडेनले मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्ने रिपब्लिकन पार्टीका केही सांसदहरूलाई कुनै पनि कार्वाही गर्न सकेन । न त अनुशासन पालना नगर्ने अन्य सर्वसाधारणलाई नै केही गर्न सक्यो ।
अनियन्त्रित महामारी, लगातार उत्परिवर्तित भाइरस र अन्तरनिहीत वैचारिक विभिन्नताले अमेरिकी जनतालाई अन्योल र आक्रोशित बनायो । संरा अमेरिकी राजनीतिक प्रणालीले निकै विभाजित समाजलाई मुस्किलले नियन्त्रण र व्यवस्थापन गर्न सक्यो । न त त्यसले मानिस आफैले निम्त्याएको नयाँ चरणको सङ्कटबाट अमेरिकी जनतालाई जोगाउन सक्यो । त्यो अवस्थाले अमेरिकी जनता र सिङ्गो संसारका जनतालाई समस्यामा पा¥यो ।
उत्परिवर्तित भाइरसहरूको उदयसँगै कोभिड–१९ महामारीले अझ उग्र रूप लियो । जसले भविष्यमा महामारी रोकथामको निम्ति अनिश्चितता बढायो । त्यस अवस्थामा संरा अमेरिकाले आफ्ना राजनीतिक स्वार्थप्रतिको मोह त्याग्नुपर्छ, महामारी नियन्त्रण र रोकथामका क्रममा भएका प्रमुख गल्ती सच्चाउनुपथ्र्यो । कोरोना भाइरसको राजनीतिकरण बन्द गर्नुपथ्र्यो, महामारीविरुद्ध अन्तर्राष्ट्रिय सहकार्यलाई न्यूनाङ्कन गर्न बन्द गर्नुपर्छ, संसारलाई खोप सक्रियतापूर्वक बाँड्नुपथ्र्यो, विज्ञानमा आधारित रहेर भाइरसको जरा खोज्नुपथ्र्यो र संसारभरको आर्थिक पुनःस्थापनामा जोड दिनुपथ्र्यो । त्यसो गर्दा मात्र कोभिड–१९ महामारीलाई पराजित गर्न सकिन्थ्यो ।
समाप्त
स्रोतः सिन्ह्वा
नेपाली अनुवादः सुशिला
Leave a Reply