भर्खरै :

काभ्रेमा स्तालिन र माओको जन्म दिवसमा विचार गोष्ठी

काभ्रे, १४ पुस । नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान् नेताद्वय जोसेफ स्तालिनको १४३ औँ र माओ त्सेतुङ्गको १२८ औँ जन्म दिवसको अवसरमा विचार गोष्ठी भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले पुँजीवादीहरूले स्तालिनको बदनाम गर्न अनेक भूmटा प्रचार गरेको चर्चा गर्दै वास्तवमा स्तालिन लेनिनका सच्चा शिष्य र शालिन नेता भएको बताउनुभयो ।
माक्र्सवाद–लेनिनवादलाई चीनको तत्कालीन परिस्थितिअनुसार प्रयोग गरी किसानको अगुवाइमा चिनियाँ जनवादी क्रान्ति सफल पार्न अध्यक्ष माओको महत्वपूर्ण योगदान भएको चर्चा गर्दै उहाँले चीनको आजको प्रगतिमा चिनियाँ जनवादी क्रान्तिको योगदान रहेको बताउनुभयो ।
एमसीसी नेपालको हितमा नभएको, शासक नेताहरूले पैसाको लोभमा देशघाती सम्झौतामा हस्ताक्षर गरेको हो भन्दै उहाँले एमसीसी सम्झौताबारे प्रधानमन्त्रीले अशोभनीय कुरा गरेको बताउनुभयो ।
नेमकिपा काभ्रेका सल्लाहकार हरिप्रसाद मानन्धरले स्तालिन र माओका रचनाहरू अध्ययन गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका सदस्य पूर्णसिं तामाङले राजनीतिक कार्यकर्ताले आप्mनो व्यक्तिगत स्वार्थमा नभई जनताको सेवालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा बनेपा नगर समितिका अध्यक्ष लक्ष्मीराम न्हुछेप्रधानको सभापतित्वमा भएको विचार गोष्ठीमा लक्ष्मी मानन्धर, ज्ञानेन्द्र डंगोल, राजु तामाङ, ओमप्रसाद मानन्धरलगायतले स्तालिन र माओको देनबारे प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *