“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
माओवादी केन्द्रको आठौँ महाधिवेशनबारे ‘नागरिक दैनिक’ ले लेख्यो – ‘विचारको अस्पष्टताले कम्युनिस्ट आन्दोलन समस्या ।’ (नागरिक, १३ पुस, २०७८)
तर, त्यस पार्टीले आफ्नो दलको ‘मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद नै बताएको छ । ‘वाद’ ले सिद्धान्तको सार्वभौम सच्चाइ खोज्छ । माओ त्सेतुङ्ग र चिनियाँ कम्युनिस्ट पार्टीले नै औपचारिकरूपमा ‘माओवाद’ लाई अस्वीकार गरेको छ । ‘माक्र्सवाद र लेनिनवादलाई चीनको भूमिमा प्रयोग गर्दाको व्यावहारिक अनुभवलाई ‘माओ त्सेतुङ्ग विचारधारा’ मानिँदै आएको छ ।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टी ‘प्रतिवेदन’ मा तीन वटा गल्ती स्वीकारेर बैठकका युवा–कार्यकर्ताहरूको रिस र आक्रोशलाई मत्थर पार्ने प्रयास गरेको छ । प्रचण्डले स्वीकारेका तीन गल्तीहरू ः प्रथम, मुखमा चुनाव र मनमा विद्रोहको नीति, दोस्रो, सेना समायोजनमा केन्द्रीय समितिसँग छलफल नगरी एक्लैले निर्णय गरेको र तेस्रो, ‘प्रचण्ड पथ’ लाई पार्टीमा बिनाछलफल र विचार ‘हठात् स्थगित’ गरेको ।
आठौँ महाधिवेशनमा कार्यकर्ताको ध्यान आवश्यक विषय–वस्तुमा केन्द्रित नगरी भावुक विषयमा मोड्ने कोसिस गरिएको अनुभव पाठकहरूले गरेका छन् । प्रतिवेदनमा छलफल गराउन २५ समूह बनाई ‘विरोधको भूत’ पन्छाइयो । (नेपाल समाचारपत्र – १३ पुस, २०७८)
१३ पुसकै ‘नयाँ पत्रिका’ ले लेख्यो – ४५ पृष्ठको … प्रतिवेदनमा ‘शान्तिपूर्ण प्रतिस्पर्धाबाटै समाजवादको आधार निर्माण तयार गर्ने’, ‘संरा अमेरिकाको आफ्ना साझेदारलाई पनि युद्धमा होम्ने … तयारी’, ‘एमसीसी परिमार्जनसहित राष्ट्रिय सहमति’ मा जाने नीतिजस्ता विवादास्पद विषयहरू प्रतिवेदनमा समावेश छन् ।
पुँजीवादी प्रजातन्त्रमा पुँजीवादी दलहरू ‘शान्तिपूर्ण प्रतिस्पर्धा’बाटै सरकारमा जाने हो, समाजवादमा होइन । एमसीसी परिमार्जनसहित राष्ट्रिय सहमतिमा जाने दृष्टिकोण संरा अमेरिकी प्रभुत्वमा देशलाई सामेल गराउने षड्यन्त्र हो । यसकारण, प्रतिवेदनको छलफलमा एक टोली नेताले ‘एमसीसी संशोधन होइन, खारेज हुनुपर्छ’ भन्ने सुझाव २५ सै समूहले दिए । (नागरिक दैनिक, १५ पुस २०७८)
प्रस्तुत प्रतिवेदन बैठकबाट पारित नहुनुको अर्थ प्रचण्डको नेतृत्वलाई ठूलो चुनौती हो र यो अस्वीकृत साबित हुनेछ । यसकारण, प्रतिवेदनमा केन्द्रीय समितिमा ३५ प्रतिशत महिला, दलित १५ प्रतिशत, मुस्लिम ५ प्रतिशत, ४० वर्षमुनिका युवा २० प्रतिशतजस्ता झिलिमिली देखाएर अध्यक्ष प्रचण्डले महाधिवेशनका प्रतिनिधि–पर्यवेक्षकहरूलाई मूर्ख बनाएको जानकारहरू बताउँछन् । बेलायत र अमेरिकाकोजस्तो पुँजीवादी निर्वाचनमा पुँजीवादी चाटुकार र चटकेहरूले झिलिमिली लुगा लगाएका महिला–युवा–युवतीहरूलाई निर्वाचनमा प्रतिस्पर्धी बनाएर ‘अलौकिक’ र ‘अनौठा’ शब्दाम्बरमा भाषण र प्रवचनमार्फत युवाहरूलाई निर्वाचनमा जिताई पुरानो व्यवस्थालाई चालु राख्दै छन् ।
‘माओवादी महाधिवेशन’मा समाजवादमा पुग्ने बाटो ‘अस्पष्ट’ शीर्षकले प्रचण्ड चटकेको पोल खोल्दै व्यङ्ग्य ग¥यो, ‘पार्टीभित्रको भ्रष्ट आचरण निरूत्साहित गर्नुपर्छ ।’ (नागरिक, १४ पुस २०७८)
यसको अर्थ हो – माओवादी पार्टीभित्र ‘भ्रष्ट आचरण’ देखिएको छ र त्यसलाई निर्मूल गर्न उत्साहित नगर्नु सुधारवादी नीति हो । त्यसले स्पष्ट गर्छ – ‘माओवादी’ केन्द्रको क्रान्तिकारी चरित्रमा ¥हास आउँदै छ ।
१४ पुसकै ‘अन्नपूर्ण पोष्ट’ ले लेख्यो – ‘किन रोज्यो माओवादीले भूलसुधार ?’ राम कार्कीको भनाइमा ‘… दल सिद्धान्तबाट निर्देशित’ भएन । ‘कम्युनिस्ट पार्टीहरू काङ्ग्रेस र राप्रपाभन्दा भिन्न देखिएनन् ।’ जयपुरी घर्तीको विचारमा आफूलाई धुरी चढाउने प्रवृत्ति हाबी भयो, सामूहिक स्वार्थ र नेतृत्वमा नलैजाने हो भने पार्टीलाई उँभो लगाउन कठिन हुन्छ ।
१५–२० वर्ष अमेरिकी साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्ने भियतनामी जनताको ‘हो चि मिन्ह पथ’ छैन, क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको ‘पथ’ छैन, दोस्रो विश्वयुद्धपछि निर्माण भएको अल्बानियाको अनवर होक्जाको कुनै ‘पथ’ छैन, प्रजग कोरियाको वीरतापूर्ण सङ्घर्षको नेतृत्व गर्ने किम इल सङको ‘पथ’ छैन र पेरूको गोञ्जालोको ‘उज्यालो बाटो’ (साइनिङ पाठ) ‘पेरू पथ’ आफै उज्यालो देखाउन नपाउँदै बिलायो । त्यसैलाई अनुकरण गरेमा हरेक देश, जिल्ला र एक एक गुटको एउट एउटा ‘पथ’ को फेसनले प्रतिक्रियावादीहरूले जनतामा झन् भ्रम फैलाउन पाउनेछन् । यसकारण, १५ पुसको ‘राजधानी’ ले लेख्यो – आठौँ महाधिवेशन फिक्का नहोस् भनी ‘कार्यकारी पदमा दुईपटक र ७० वर्ष उमेर हदको सुझाव’ दिएर कार्यकर्तालाई पुनः रणभुल्लमा पार्नु स्वाभाविक हुनेछ ।
Leave a Reply