अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
संरा अमेरिकासित नेपाल सरकारले गरेको एमसीसी सम्झौतामा देश हितविपरीतका बुँदा रहेकोमा कुनै शङ्का रहेन । नेपालको सङ्घीय संसद् सचिवालयको वेबसाइटमा विधेयक फेल्डरमा संसद्मा दर्ता भएका विधेयकअन्तर्गत उक्त विधेयकको पीडीएफ हेर्न सकिन्छ । उक्त विधेयक सुरूमा अङ्ग्रेजी र तल नेपाली दुवै भाषामा एउटै फाइलमा उपलब्ध छ । विधेयक ७७ पृष्ठको छ र अल्छी नमानी एउटा एउटा बुँदा पढ्दै गएपछि सामान्य राजनीतिक ज्ञान भएका मानिसले पनि त्यसमा के छ भनी बुझ्न सक्छन् । तर, नेपालको सन्दर्भमा धेरैले पढ्न भ्याएका छैनन् ।
जनतालाई उक्त सम्झौताबारे सचेत र सजग पार्न नेपाल मजदुर किसान पार्टीले सम्झौता सार्वजनिक भएदेखि नै निरन्तर गतिविधि गर्दै आएको छ । त्यसको निम्ति नेमकिपाका नेता–कार्यकर्ताहरू धेरै धेरै धन्यवादका पात्र रहेका छन् । सोही क्रममा सरकार र सांसदहरूलाई खबरदारी गर्न नेमकिपाले शुक्रबार काठमाडौँमा तीनदिशाबाट जुलुस गरेर सङ्घीय संसद् भवन घेराउ गरेको समाचार सुन्न र हेर्न पाइयो । ती कार्यक्रमका समाचार तथाकथित मूलधारका सञ्चारमाध्यमहरूले नचाहिकन पनि प्रशारण गर्न बाध्य भए । तीमध्ये केही टेलिभिजन च्यानल र अनलाइन पोर्टलहरूले विषयान्तर गरेर उक्त जुलुस र सभाको महत्व न्यूनाङ्कन गर्ने धृष्टता गरे ।
इमेज च्यानल र शिलापत्र डटकमले लेख्यो– नेमकिपाको जुलुसमा बालबालिकाको प्रयोग । उक्त समाचार भक्तपुरको एक संस्थागत विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको जुलुस र सभामा सहभागितालाई लिएर आलोचनात्मकरूपमा लेखिएको थियो । युद्ध र राजनीतिमा बालबालिकाको जबरजस्ती प्रयोग निश्चितरूपमा अस्वीकार्य कुरा हो । तर के कक्षा १० मा पढ्ने बालबालिका अबोध हुन्छन् र तिनीहरूलाई जबरजस्ती कार्यक्रममा ल्याइएका थिए र ? ती विद्यार्थीहरूले हामी देशघाती एमसीसी सम्झौताको विरोध गर्न जुलुसमा आएका हौँ भन्दा भन्दै पनि उनीहरूको आवाजलाई दबाएर समाचारदाताले आफ्नै पूर्वाग्रहलाई समाचार बनाउनु सही हो र ? के कक्षा दस पढ्ने विद्यार्थीले देशबारे बोल्न पाउँदैन ? के उनीहरूलाई देशको हित र सार्वभौमिकताबारे बुझ्ने र देशभक्त बनेर आवाज उठाउने अधिकार छैन ? के उनीहरूलाई कुनै कथित व्यवसायिक शिक्षकले कक्षा कोठामा थुनेर जे रट्न लगाउँछ त्यही रटेर बस्नुमात्र शिक्षा हो ? ती कथित पत्रकारको कति साँघुरो बुझाइ ? होइन भने एउटा देशभक्त पार्टीविरूद्ध केको पूर्वाग्रह हो ?
Leave a Reply