भर्खरै :

दक्षिणपन्थी सरकारहरूको गलत नीतिको परिणाम ?

उपनिवेश तथा पूर्वउपनिवेश देशका बुद्धिजीवीहरू पहिले आफूमाथि शासन गर्ने उपनिवेशवादी देशहरूलाई ‘मातृ देश’ (मदर कन्ट्री) भन्थे । स्वतन्त्रता प्राप्तिपछि उपनिवेशवादी दृष्टिकोण राख्ने कतिपय परिवार उपनिवेशवादी देशमै बसोबास गर्न पुगे । तर, ती देशका जनतालाई आफूबाट शासित सम्झन्थे । स्वतन्त्रताभन्दा पहिले बेलायतमै कलेजबाट अधिवक्ता भएपछि टाई–सुटमा सजिएका तिनीहरू आफ्नै पैसामा बेलायती रेलको पहिलो दर्जाको टिकट लिएर बस्दा अङ्ग्रेज रेलका टीटी अथवा इन्स्पेक्टर (जाँचकी) ले गान्धीलाई लछार–पछार गर्दै प्लेटफर्म (जमिन) मा फालिदिए ।
उपनिवेशवादी तथा साम्राज्यवादी देशहरूलाई ‘सपनाको देश’ र ‘सभ्य’ देश सम्झेर आफ्नो टाउकोमाथि राख्ने बुद्धिजीवीहरूको चेत पछि खुल्यो । पश्चिमी उपनिवेशवादी देशहरूमध्ये संरा अमेरिका र युरोपेली देशहरूमा बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्पेन, पोर्चुगल विज्ञान र प्रविधिमा अगाडि बढेका थिए । तर, कोभिड–१९ को महामारीमा मास्क, स्यानिटाइजर, सरसफाइ र अस्पतालको बन्दोबस्त उपचार र जनस्वास्थ्यप्रतिको सरकारहरूको सजगता एवम् प्राथमिकताबाट पश्चिमी राज्ययन्त्र तथा सभ्यता पछि परेको स्पष्ट भयो ।
सन् २०२१ को अन्तिम हप्तामा ‘बेलायतमा एकै दिन १ लाख ८३ हजारलाई कोरोना’ शीर्षकको समाचारले अवस्था प्रस्ट पा¥यो । (राजधानी– १६ पुस २०७८) ।
४ जनवरीको वासिङटनको एक समाचार शीर्षकले बतायो– ‘अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण ।’ नत्र सात दिन पहिलेसम्म प्रतिदिन सालाखाला ४,१८,००० सङ्क्रमितको सङ्ख्या थियो ।
त्यसैअनुसार विकासशील मुलुकहरूमध्ये भारतमा पनि दिल्ली र बम्बईजस्तो सहरमा रात्री कफ्र्यु र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । प्रम मोदीको पूजा–पाठबाटै रोग हट्छ भन्ने अन्धविश्वासको कारण भारतमा ८ लाखभन्दा बढी मानिसले मृत्यु व्यहोर्नु प¥यो । दक्षिण अमेरिकी देश ब्राजिल आर्थिकरूपले अगाडि बढेको छ । तर, एक फासीवादीको छोरो दक्षिणपन्थीको राष्ट्रपति जायर वोल्सोनारोले जनताको स्वास्थ्यबारे ध्यान नदिँदा भारतमा जस्तै ब्राजिलमा ठूलो धनजनको क्षति भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *