नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
जनताको धर्मप्रतिको आस्थालाई भजाएर खान पल्केका केही स्वार्थी व्यक्तिहरूले धर्मको नाममा मनोमानी गर्न खोजेका छन् । ती ज्यक्तिहरूले मथिनपा वडा नं. ८, बोडेको द्योबुटोल पछाडिको सार्वजनिक जग्गामा नगरपालिकाको स्वीकृतिबेगर आफूखुसी गुम्बा निर्माण सुरू गरे । हामी केही युवा साथीहरूले यो वा त्यो नाउँमा सार्वजनिक जग्गा मासिन वा अतिक्रमण गर्न दिनु हुँदैन, हरियाली, नगर उद्यान, खेल मैदान विपद् आदिको लागि सार्वजनिक जग्गा वा खुला क्षेत्र संरक्षण गर्नुपर्छ भनि निर्माण रोक्का गर्न नगरपालिकामा निवेदन दियौं । नगरपालिकाले पनि कुनै किसिमको निर्माण कार्य नगर्नु भनी पत्र लेख्यो तर सम्बन्धित व्यक्तिहरूले पत्र बुझ्न मानेनन् । केही दिनपछि नगरपालिकाले पत्र टाँस ग¥यो । तर नगरपालिकाको निर्देशनलाई बेवास्ता गर्दै निर्माण कार्य झन तीव्र गतिमा भयो ।
मिति २०७४ असार ३० गते सम्पन्न मध्यपुर थिमि नगरपालिकाको नगरसभाले पारित आ.व. २०७४।०७५को वार्षिक नीति, कार्यक्रम र बजेट पुस्तिकामा नगरस्तरीय योजना भनि नगरपालिकाले रोक्का गरेको सोही गुम्बालाई रू. ५० लाख रकम विनियोजन गरेको देख्दा नगरपालिकाको दोहोरो चरित्रले आफैलाई लज्जित तुल्यायो । नगरपालिकाले आफ्नै आदेश, निर्देशन वा निर्णयलाई उल्लङ्घन गर्नेलाई दण्डित गर्नुपर्नेमा उल्टो पुरस्कृत पो गर्ने रहेछ । यसले नगरवासीमा नगरपालिकाको निर्णय उल्लङ्घन गर्ने होड चल्यो भने हाम्रो नगरको हालत के होला, सोचनीय विषय हो । तर हाम्रा नगरवासी हाम्रा जनप्रतिनिधि भनाउँदाजस्ता दोहरो मापदण्डका पक्कै छैन होला ।
– यादव श्रेष्ठ र साथीहरू, मथिनपा, बोडे
Leave a Reply