भर्खरै :

नेमकिपा स्थापना दिवसको अवसरमा कार्यकर्ता भेला तथा प्रशिक्षण

कालीकोट, २६ पुस । नेपाल मजदुर किसान पार्टी गाउँ समिति शुभकालीकाको आयोजनामा शनिबार पार्टीको ४८ औँ स्थापना दिवसको अवसरमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले पार्टीका कार्यकर्ता जनताको सेवामा खट्नुपर्छ भन्नुभयो । देशको व्यवस्था बदल्न नेमकिपा लागिपरेको बताउँदै निर्वाचनमा जित्दैमा समाजवाद नआउने बताउनुभयो ।
पार्टीले निर्वाचनलाई जहिले पनि जनताको राजनैतिक चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा लिएको उहाँले बताउनुभयो । पार्टीले हरेक गतिविधिलाई देशको स्वाभिमान रक्षाका लागि सङ्घर्ष गरिरहेको उल्लेख गर्दै उहाँले पार्टी देशघाती एमसीसी सम्झौता खारेज गराउन लागिपरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले राजनैतिक चेतनाबिना गरिने सङ्घर्ष बलिदानमा टुङ्गिने हुँदा हरेक कार्यकर्ता राजनीतिकरूपमा प्रशिक्षित हुन जरुरी छ भन्नुभयो । पार्टीले वर्गीय कुरामा जोड दिइरहेको प्रस्ट पार्दै उहाँले समाज वर्गमा विभाजित छ भन्नुभयो । पुँजीपति वर्गले जहिले पनि कामदार वर्गलाई दबाइराख्ने हुँदा कामदार वर्ग सङ्गठित हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
आफूलाई कम्युनिस्ट दाबी गर्ने ठूला भनिएका दलहरू संशोधनवादी धारमा फसेकै कारण नेपालको कम्युनिस्ट आन्दोलनले पटक पटक धोका खाएको बताउनुभयो ।
पार्टी जिल्ला समिति कालीकोटका अध्यक्ष खड्गराज शाहीले वैज्ञानिक समाजवादबारे प्रस्टयाउँदै समाजवादमा मात्र कामदार जनताले मुक्ति पाउने बताउनुभयो । नेपाल मजदुर किसान पार्टी शुभकालीका गाउँ समितिका अध्यक्ष जनकबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी जिल्ला समितिका सचिव धनन्जय अधिकारीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *