राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
- बैशाख ८, २०८३
काठमाडौँ, ५ माघ । प्रदेश २ को नाम ‘मधेस’ र राजधानी ‘जनकपुर’ कायम भयो । माघ ३ गतेको मतदानमा मधेस प्रदेश नाम राख्ने पक्षमा जसपाका ३९, लोसपाका १६, माओवादीका ८, नेपाल सङ्घीय समाजवादीको १ समेत ६४ मत सुनिश्चित थियो । नेपाली काङ्ग्रेसले ‘मिथिला भोजपुरा’ र एमाले तथा एकीकृत समाजवादीको ‘जानकी’ नाम राख्ने प्रस्ताव भए पनि उनीहरूका केही सांसदहरूले पनि ‘मधेस’ नाम राख्ने प्रस्तावलाई समर्थन गरे । यसकारण, ‘मधेस’ नाम राख्नेमा ८० मत प¥यो । १०४ सभासदमध्ये मतदानमा ९९ जना सहभागी थिए ।
‘मधेस’ प्रदेशको पक्षमा ८० मत र राजधानी ‘जनकपुर’ मा ७८ मत परेको थियो । काङ्ग्रेस र एकीकृत समाजवादीको १८ सांसदले फ्लोर क्रस गरेका थिए । फ्लोस क्रस गरेका सांसदहरूलाई सम्बन्धित दलले अनुशासनको कारबाही गरी स्थान रिक्त गर्नसक्ने कानुनी व्यवस्था हो । तर, सत्ताको लागि सिद्धान्तहीन गठबन्धन गरेका पार्टीहरूबाट राम्रो आशा गर्न सकिँदैन । मतदानमा नेकाका १, लोसपाका १ र एकीकृत समाजवादीका २ गरी ४ सांसद अनुपस्थित थिए ।
मधेस नामकरण भएपछि माघ ४ गते प्रदेशभरि सार्वजनिक बिदा घोषणा गरियो । दीप प्रज्ज्वलन गरी खुशीयाली मनाइयो । राजधानीको लागि जनकपुर र वीरगञ्ज प्रस्तावित थियो । जनकपुरमा होटल र खाना महँगो भएको गुनासो भएपछि जनकपुरका होटल सञ्चालकहरूले सांसदहरूलाई होटल र खानामा सुविधा दिने घोषणा गरे ।
प्रदेश मुख्य मन्त्रीको पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को नाम ‘मधेस’ कायम हुनु मधेस आन्दोलनको सम्मान भएको दाबी गरे । मधेसवादी अन्य नेताहरूले ‘मधेसी सपुतहरूप्रति सच्चा श्रद्धाञ्जली’ दाबी गरे ।
मिथिलालाई ईशापूर्व ६ सय वर्षसम्म अस्तित्व प्राप्त भएको हुँदा प्रदेश २ को नाम मिथिला हुनुपर्ने जोडका साथ उठेको हो । ‘मध्य प्रदेश’ राख्नुपर्ने प्रस्ताव पनि थियो ।
प्रदेशको नामभन्दा पनि नेतृत्व गर्नेहरूको काम महत्वपूर्ण हुन्छ । तराईको राजनीतिमा जमिनदारहरूको नेतृत्व छ । नेका, एमाले, माओवादी, जसपा, लोसपामा जमिनदारहरू नै नेतृत्वमा छन् । मधेस आन्दोलनका योद्धा र सहिदहरूको सपना शिक्षा, स्वास्थ्य–निःशुल्क, व्यक्तित्व विकासमा समान अवसर र स्वदेशमा रोजगारीको व्यवस्था हो । तराईमा दलित जाति मुसहर र अन्य तल्लो जातिमाथि थिचोमिचो छ ।
२०६४ सालमा संविधानसभाको चुनावपूर्व एसडी मुनीले नेकाका गिरिजाप्रसाद कोइराला र माओवादीका पुष्पकमल दाहाललाई ‘एक मधेस स्वायत्त प्रदेश’ भारतको इच्छा भएको बताएका थिए । वीरगञ्जस्थित भारतीय वाणिज्य एक दूतावासका अधिकारीले मधेस टुक्रिएको आफ्नो आफ्नो कलेजो टुक्रिएको जस्तै भएको बताएका थिए । यसरी मधेस प्रदेशको सपना वेदानन्द झा, रामजनम तिवारी, गजेन्द्रनारायण सिंहलगायतको नभएको पुष्टि हुन्छ ।
उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम नेपाल र एउटा गैरसरकारी संस्था भएको राजधानी दैनिक माघ ४ गतेको समाचारमा उल्लेख छ । राजनीतिक पार्टी त दर्शनमा आधारित भएको हुन्छ । यसकारण जसपा र लोसपाले तराईका जनताको इच्छा मधेस प्रदेश नभएको र मधेस आन्दोलनको सम्मान नभएको बुझ्नु जरुरी छ । मधेस प्रदेश पाकिस्तानबाट बङ्गलादेश टुक्रिएजस्तै वा सिक्किम निलेजस्तै गर्ने भारतको नियत नहोस् ।
Leave a Reply