जेनजी आन्दोलनको छानबिन आयोगमा बयानको सार सङ्क्षेप – २
- बैशाख ४, २०८३
साम्राज्यवादी र उपनिवेशवादी देशहरूले दोस्रो विश्वयुद्धमा आफ्नो राजनैतिक र सैनिक प्रभाव एवम् शक्ति कमजोर हुनु, एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूका जनता स्वाधीनता र मुक्तिको सङ्घर्षबाट शिक्षित हुँदै जानु तथा सोभियत सङ्घको स्थापना एवम् संसारमा कम्युनिस्ट तथा मजदुर आन्दोलनले साम्राज्यवादी र उपनिवेशवादी शक्तिमाथि गरेका सैद्धान्तिक एवम् राजनैतिक प्रहारबाट पहिलेकै स्थिति कायम राख्न नसकिने आकलन गरे ।
सन् १९४०–१९५० को दशकमा दक्षिण एसियाली देशहरू स्वतन्त्र हुनुभन्दा पहिलेदेखि नै त्यहाँ धार्मिक र जातीय झगडाको बिउ छरिएको थियो भने प्रशान्त महासागरको पूर्वी एसिया, चीन, कोरिया, हिन्द–चीन (भियतनाम, लावस र कम्बोडिया), फिलिपाइन्स, सिङ्गापुर, मलेसिया, इन्डोनेसिया र अन्य टापु देशहरूमा समेत स्वतन्त्रता र मुक्तिको प्रकाश प्रज्वलित भइसकेको थियो । त्यस्तै, दक्षिण एसियामा आजको भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, बर्मा, नेपाल पनि बेलायती उपनिवेशबाट स्वतन्त्र हुँदै गए ।
तर, आफ्नो प्रभुत्व कायम गर्न स्वतन्त्रताभन्दा पहिले लाखौँ हिन्दू र मुसलमानबीच रक्ताम्य सङ्घर्ष गराउने नृशंस षड्यन्त्रहरू बेलायती उपनिवेशवादीहरूले गरे । नाथुराम गोड्सेबाट महात्मा गान्धिको हत्या, हिन्दूस्तान र पाकिस्तानको लडाइँ, बङ्गलादेशको स्थापना, भारत–चीन सीमा विवाद, श्रीलङ्काका प्रधानमन्त्री बन्दरनायकेको हत्या, तामिल टाइगरको जातीय सङ्घर्षको उत्थान, मे दिवसकै दिन रङ्गशालामा प्रम प्रेमदासाको हत्या, स्वर्ण मन्दिरमा भिन्डरावालेको हत्या, इन्दिरा गान्धीको हत्या, त्यसपछि राजीव गान्धीको हत्या, पाकिस्तानी राष्ट्रपति अयुव खाँ र भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीको तासकन्द सम्झौता र शास्त्रीको देहान्त आदि घटनामा पर्दाभित्रबाट साम्राज्यवादी र उपनिवेशवादीहरूको हात नहोला भन्नै सकिन्न ।
पाकिस्तानमा जुल्फिकर अलि भुट्टोलाई ‘अल्लाह, म निर्दोष हुँ’ भन्दाभन्दै दिइएको ज्यान सजाय र बेनजिर भुट्टोको हत्या, बङ्गलादेशमा शेख मुजिबुर रहमानको हत्या तथा अनेक सैनिक नेताहरू एवम् जातीय दलका नेताहरूको ज्यान सजाय साथै बर्माको अहिलेको सत्ता र ‘प्रजातान्त्रिक’ आन्दोलन भनिने सङ्घर्षमा पनि साम्राज्यवादी र उपनिवेशवादीहरूको गुप्त हात हुनैपर्छ । आनसाङ सूकीको हेडक्वाटर पहिले वासिङ्टनमा थियो भने उप–हेडक्वाटर दिल्लीमा थियो– दलाई लामाको जस्तै ।
मध्यपूर्वका अरब देशहरूलाई पनि पश्चिमी शक्तिहरूले धर्म र जातीय नाममा भिडाउँदै पश्चिमको तुलनामा शिक्षा, स्वास्थ्य, सभ्यताको विकास र प्रतिव्यक्ति आम्दानीमा अगाडि बढेको इराक, लिविया, इरान र सिरियामा विध्वंस मच्चाएका छन् । लाखौँलाख जनताको हत्याकाण्ड गराउँदै आएका छन् ।
‘म्याकमाहोन लाइन’ को झगडाको बिउ छरेर बेलायती साम्राज्यवाद र उपनिवेशवादले भारतीय काङ्ग्रेसका दक्षिणपन्थी नेता मोरारजी देसाइलाई मोहडा बनाएर चीनसँग सीमा सङ्घर्ष गरायो । ‘हिमाली गल्ती’ लाई अमेरिकी केन्द्रीय गुप्तचर विभागले भारतीय गुप्तचर विभागका प्रमुखमार्फत ‘चिनियाँ विश्वासघात’ भन्न लगायो । सम्भवतः ‘हिमाली गल्ती’ ले नै जवाहरलाल नेहरूको अन्तर्राष्ट्रिय छविको पतन भयो र उनको देहावसान छिटो भयो ।
लालबहादुर शास्त्री र अयुव खाँको ‘तासकन्द वार्ता र गुप्त सन्धि’ बारे हिजोको ‘जनसङ्घ’ र आजको भाजपाको नारा थियो– ‘देश हारेन, जनता हारेनन् – सरकार हा¥यो ।’ दिल्लीको दक्षिणपन्थीहरूको जनदबाबकै कारण भारतीय प्रम लालबहादुर शास्त्रीको हृदयघातबाट मृत्यु भयो वा अन्य केही कारण थियो, स्पष्ट थिएन ।
माथिका सबै घटनाले भाजपाको कट्टर राष्ट्रवाद, इस्लाम र मुसलमानविरोधी, आदिवासी जनजाति एवम् दलितविरोधी, मजदुर, किसान, बुद्धिजीवी र प्रजातन्त्रविरोधी फासीवादी नीतिले देशभित्रै करोडौँ–करोड जनतामा आपसी विभेद खडा गर्न संरा अमेरिकाका पूर्वराष्ट्रपति वा सम्भावित भावी राष्ट्रपति हिटलरको नीतिका समर्थक ट्रम्पसँग काँधमा काँध मिलाई दक्षिण एसियामा ठूलो बितन्डा मच्चाउने सम्भावनाबाट सारा नेपाली र एसियाली जनता सचेत हुनु आवश्यक छ ।
दक्षिण कोरियाका सिँगमन री र दक्षिण भियतनामका थ्युकि जस्ता आफैले राष्ट्रपति बनाएकाहरूले सीआईएको आदेश नमान्दा आफ्नै सेनाबाट हत्या गराइयो । एमसीसी लागु गर्दा नेपाली प्रधानमन्त्री र मन्त्रीहरू भोलि अमेरिकी सेनाबाट नमारियून् ¤
Leave a Reply