भर्खरै :

भक्तपुरका असुरक्षित अभिलेख– ३

सिद्धपोखरीको अनर्घमल्ल देवको पालाको शिलापत्र
भक्तपुरको मूल नगर बस्ती बाहिर पश्चिमपट्टि चारै दिशामा पाटीसहितको प्रवेशद्वार भएको भव्य एवं विशाल रूपको पोखरी सिद्धपोखरी हो । यस पोखरीको पूर्वी घाटमा केही देवमूर्तिहरू, चैत्य तथा लस्करै स्थापित तीन शिवलिङ्गहरूसहित बसाहा पनि देखापर्छन् । शिवलिङ्गतर्फ सम्मुख (पूर्वाभिमुख) सो बसाहाको पाश्र्वपट्टि लाम्चो परेको एउटा ढुङ्गेपत्र उध्र्वभिमुख छ । यस घाटमा अन्य सामान्य ढुङ्गा सरह छापिन पुगेको त्यस ढुङ्गेपत्रमा यस्तो अभिलेख (प्रचलित नेपाल लिपि) कुँदिएको छ–
१. (श्रेयोस्तु) सम्वत् ३६४ (यहाँ कुँदिएको ‘४’ अङ्कको तलतिरको भाग केही अस्पष्ट (कालक्रमले घामपानी+अनगीन्ति पाइलाहरूले कुल्चिएर खिइएको हुँदा) देखिन्छ । तर, यो अङ्क ‘४’ नै हो भन्ने कुराको प्रामाणिक पुष्टि यसै पङ्क्तिको ‘वैशाख शुदिपछिको’ ‘४’ अङ्कबाट पनि मिल्छ । स्पष्टरूपले देखिने वा पढ्न सकिने तिथिको यो अङ्क र संवत्को अङ्कको माथिल्लो भाग दुरूस्त मिल्छ । यताबाट यहाँ दिइएको संवत् ‘३६४’ नै हो भन्ने कुरामा सन्देह छैन ।) च्वैशाखशुदि ४ राजाधेराजप्रमेश्वरे
२. अणर्घमालदेवय विजयराजे ताडाराग क्षेत्रकृते अहिलेको सिद्धपोखरी क्षेत्र लिच्छविकालदेखि नै धार्मिक स्थलको रूपमा रहँदै आएको दृष्टिगोचर हुन्छ । (हिरण्याक्ष नाम गरेका विशाल दैत्यले पृथ्वीमातालाई समुद्रमा लिएर गएपछि सारा संसारमा जुन त्राही मच्चियो, त्यसबाट मुक्त गरी दैत्यलाई मार्न भगवान विष्णुले बराह अवतार लिएको पौराणिक कथा प्रचलित छ । सोही कथाअनुरूपको बराहको एउटा प्राचीन प्रस्तर मूर्ति (मथुरा कुषाणकालीन) सिद्धपोखरीको पूर्वीघाटमा छ । यस मूर्तिमा देखापर्ने प्राचीन लक्षण, शैली आदिका आधारमा हालसम्मन् प्राप्त बराहका प्राचीन मूर्तिहरूमध्ये यो नै नेपालको सर्वप्राचीन बरामूर्तिको रूपमा (इस्वीको चौथो शताब्दीको अन्तिम चरणतिरको) देखापर्न आएको छ । यसरी यस पोखरीमा सो प्राचीन मूर्ति रहेको आधारमा यो क्षेत्र प्राचीनकालमा विशेषगरी वैष्णव सम्प्रदाय– प्रभावित धार्मिक स्थलको रूपमा रहेको विदित हुन्छ ।
डा. पुरूषोत्तमलोचन श्रेष्ठ– सिद्धपोखरी एक ऐतिहासिक विश्लेषण, भक्तपुर, भक्तपुर नगरपालिका, वि सं २०५६, पृ. १५–१६ ।)

सिद्धपोखरीको पूर्वघाटमा छापिन पुगेको अनर्घमल्लदेवको पालाको अभिलेख


मध्यकालको पूर्वाद्र्धमा आइपुग्दा यसै स्थलमा तात्कालिक युवराज महेन्द्रदेव (इन्द्रदेव) (यस बखत शिवदेव वा सिंहदेव शासन गर्दै थिए । महेन्द्रदेव वा इन्द्रदेव उनकै पुत्र हुन् । भक्तपुरमा त्रिपुर राजकुलसहितको राजधानी बसाल्ने राजा आनन्ददेवलगायत रूद्रदेव अमृतदेवहरू महेन्द्रदेवकै भाइहरू हुन् ।) ले यो ठूलो पोखरी खनाए, पोखरी तयार भएपछि त्यसको नाम ‘महेन्द्रसर’ (महेन्द्र सरोवर) राखे, ने. सं. २३९ (वि.सं. ११७६) वैशाख शुक्ल पूर्णिमाको दिन यस पोखरीको प्रतिष्ठा गरिएको थियो, यसको अर्को नाम ‘मदनसरोवर’ भन्ने रहेको थियो । यी कुराहरू गोपालराज वंशावलीका निम्न पत्रहरूबाट ज्ञात हुन्छ । (बज्राचार्य, मल्ल (ई. सं १९८५ )
“जौराज श्री महेन्द्रदेवेन योद्यम्वृहत् पुष्करणी खनित्वा ।। पूव्र्वकर्षक पन, दम्मार्धः ।। स पुष्करणी खनिते च दम्मेकेक पन देयम् सम्पूर्ण कृतम् महेन्द्रसरो नामदेयम्, तस्य सम्वच्छरो नव तृयः सदद्वयम माधवशुचिपूण्र्णमी । तस्या द्विनामः मदनरेसा कृता ।।”
(२४ ख, पत्र)
(युवराज श्री महेन्द्रदेवले योद्यमा ठूलो पोखरी खनाए । पहिले खेतीवालहरूले द्रम्मको आधा पण (दस्तुर) तिर्नुपथ्र्यो । सो पोखरी खन्दाखेरि एक एक द्रम्मं पणं (दस्तुर) तिनुपथ्र्यो । पोखरी तयार भएपछि त्यसको नाम ‘महेन्द्रसर’ भन्ने राखियो । नेपाल संवत् २३९ (वि.सं. ११७६) वैशाख शुक्ल पूर्णिमामा सो पोखरी बनाई सकियो । त्यस पोखरीको अर्को नाम ‘मदनसर’ भन्ने रहेको थियो ।)
(अनुदित पृष्ठ ८०)
“…श्रीसीहदेव परमेश्वरस्य पुत्र श्री महेन्द्रदेवस्य जातः ।। धनेस्वयं दातार महाभोगवान् युवराजमिति ।। तस्य कृतम् मदनसरवरम् सम्वत् २३९ वेशाषपूण्र्णमी प्रतिष्ठा कृतम् दिन प्रति दम्मेकेक, वनि देयम् ।।”
(३१ ‘क’ पत्र)
(… श्री सिंहदेव परमेश्वरका छोरा श्री महेन्द्रदेवको जन्म भयो । खूप धनदान दिने, ठूलो मोजमज्जा गर्ने युवराज हुन् । तिनले ‘मदनसरोवर’ बनाएका हुन् । ने. सं २३९ (वि. सं ११७५) वैशाख पूर्णिमाको दिन त्यसको प्रतिष्ठा गरियो । (त्यो पोखरी बनाइँदा) प्रतिदिन एक एक दम्म बलि (कर . रकम) तिर्नुपरेको थियो ।…)
(अनुदित पृ. ८७)
सिद्धपोखरी भक्तपुर नगरको पश्चिममा, वरपरका जग्गाभन्दा उच्च भागमा बनेको छ । यसरी यही कुरा बुझाउन (महेन्द्रदेवले पश्चिम वेदी वा उच्च भागमा ठूलो पोखरी, खनाए) गोपाल राजवंशावलीका सङ्ग्रहकर्ता वा रचयिताले ‘योद्यं’ (कमलप्रकाश मल्लले यसको अङ्ग्रेजी अनुवाद ‘ध्भकतभचल त्भचचबअभ’ गरेका छन् । (दि गोपाल राजवंशावली (ई. सं. १९८५), अङ्ग्रेजी अनुवाद भाग, २४ पत्र, पृ. १२७) लेखेका हुन् भन्ने कुरा बुझिन्छ । (तात्कालिक समयमा महेन्द्रदेव र उनका भाइ आनन्ददेवहरू शक्तिशाली युवराजका हैसियतले भक्तपुरमा बसी यस नगरको सुधार एवं निर्माण कार्यतर्फ (भक्तपुरलाई राजधानी नगरको रूपमा प्रतिष्ठा गर्न) अग्रसर भइरहेका थिए, त्यसैको एक श्रृजनात्मक उपज–अंश यो सुन्दर, विशाल र रमणीय पोखरी पनि हो भन्ने आभास हुन्छ । त्यस्तै ‘२४ पत्र’ का उक्त पङ्क्तिहरू लेख्न बस्दा गोपाल राजवंशावलीकार भक्तपुरमै बसी लेखिरहेका थिए भन्ने भझल्को मिल्छ ।)
त्यस्तै तात्कालिक समयमा बनेको यो उपत्यकाको सबैभन्दा ठूलो पोखरी थियो । यसो हुँदा यस पोखरीलाई गोपालराजवंशावलीकारले ‘वृहत पुष्करणी’ भनेका हुन् । यहाँनिर विचारणीय कुरो के छ भने अहिले पनि नेवार लोकजीवनमा यस पोखरीको ‘तव पुखु’ वा ‘तः पुखु’ ( ठूलो पोखरी) नामले निकै प्रचलित र प्रसिद्ध छ । (उपत्यकाको तात्कालिक मल्लकालीन लोकजीवनमा पनि यही नाम ‘तवपुषु’ बढ्ता प्रचारमा रहेको ज्ञात हुन्छ । श्रेष्ठ, २०५६, पृ. ११, ४८)
यसप्रकार आकार प्रकारले यसै ठूलोपन–विशेषताका आधारमा ‘बृहत् पुष्करणी’ वा नेवारीरूपको ‘तः पुखु’ नाम यस पोखरीले पाएको जानिन्छ ।
यस पोखरीलाई बुझाउने प्रचलित अनेक नामहरूमध्ये (वृहत पुष्करणी तः पुखु, सिद्धपुखु, सिद्ध तलाउ, सिद्धपोखरी ।) आरम्भका ‘इन्द्र सरोवर’ वा ‘इन्द्र दह’ वा ‘यांकीदह’ नाम अद्यापि यहाँको लोकजीवनमा प्रचलित रहँदै आएको छ । (सिद्धपोखरीको पूर्वाघाटमा देवमूर्तिहरू स्थापित लहरमा एउटा (४९ अङ्गुल लामो, २० अङ्गुल चौडा) शिलापत्र पनि छ । तर, यसमा कुँदिएका अक्षरहरू पढ्नै नसकिने गरी खिइसकेका छन् । यसको शीर्ष भागको बीचमा कमलको फूल, दायाँ–शङ्ख र बायाँ गदा अङ्कित चिह्नरू छन् । स्थानीय बुढापाकाहरूका अनुसार यसै पोखरीसित सम्बद्ध उक्त शिलापत्रमा पनि ‘इन्द्रसरोवार’ उल्लेख भएको छ । यस आधारमा यो शिलापत्र पोखरीको प्रतिष्ठा गर्दा राख्न लगाएको अनुमान हुन्छ ।)
सिद्धपोखरीको निर्माण एवं प्रतिष्ठाको साथसाथै यसको धार्मिक सांस्कृतिक महत्व पनि बढ्दै गएको बुझिन्छ । दसैँ पर्वताका नवरात्र स्नान गर्ने नौवटा प्रमुख तीर्थस्थलहरूमध्ये छैटौँ तीर्थस्थलको रूपमा (नवदुर्गामध्ये छैटौँ मातृका इन्द्रायणी सिद्ध हुने परम्परागत चलन मान्यताका आधारमा) यो प्रसिद्ध छ । त्यस्तै प्रत्येक वर्ष इन्द्रजात्राताका (यद्या. पुन्ही) यस पोखरीमा मेला लाग्छ । त्यसबेला (भाद्र चतुर्दशी) खौमा टोलस्थित इन्द्रायणी देवीको खटजात्रा गरी यसै पोखरीको पश्चिमपट्टिको प्रवेशद्वारबाट भित्र्याई तान्त्रिकविधिपूर्वक पूजा भोगबलि चढाइन्छ । (श्रेष्ठ, वि.सं. २०५६, पृ. ४३, ४५)
यसप्रकार गोपालराजवंशावलीका माथि उल्लेखित ‘२४’, ‘३१’ पत्रका उद्धरणहरूको वैज्ञानिक पुष्टि यस विषयका अन्य प्रमाणहरूबाट पनि मिल्न आएको हुँदा ने. सं. २३९ मा महेन्द्रदेव वा इन्द्रदेवले सिद्ध पोखरी बनाएका हुन् भन्ने कुरा प्रमाणित हुन्छ ।
सिद्धपोखरी कसले र कहिले बनाएका हुन् भन्ने बारेमा यदि पूर्व प्रामाणिक जानकारी छैन भने माथि प्रस्तुत ने. सं. ३६४ को अभिलेखमा उल्लेखित ‘ताडाराग क्षेत्र कृते’ कै आधारमा मात्र व्याख्या गर्दा भ्रम पर्नसक्ने हुँदा (अनर्घमल्लदेवकै पालामा सिद्धपोखरी निर्माण भएको हो ?) प्रसङ्गवस सर्वप्रथम यहाँमाथि यसअघिको पूर्व प्रामाणिक व्याख्या वा विवरण दिनुपरेको हो ।
राजा अनर्घमल्लदेवको राज्यकालमा, ने. स ३६४ (वि. सं. १३०१) वैशाख शुदि ४ को दिनमा तलाउ क्षेत्र (ताडारागश्र तडागश्र तलाउ. (योगशराज, पूर्वोक्त, पृ. ५) निर्धारित गरिएको कुरा यस शिलापत्रबाट थाहा हुन्छ । तर, यो कार्य पोखरी निर्माणको १२५ वर्षपछि मात्र यस वर्षमा (ने. सं. ३६४) नै किन गरियो ? विचारणीय छ । त्यस्तै ने. सं. ३३६–३७५ सम्मन् राजा अभय मल्लको शासन चलिरहेको कुरा यस विषयका ऐतिहासिक सामग्रीका आधारमा देखिन आएको परिप्रेक्षमा ने. सं. ३६४ को यस शिलापत्रका आधारमा अनर्घमल्लदेव पनि राजाका रूपमा (भक्तपुरबाट) शासन गर्दै थिए भन्ने कुरा देखिन आएको छ । यो पनि विचारणीय छ ।
राजा अभय मल्लको राज्यकाल आन्तरिक कलह, बाह्य आक्रमण एवं प्राकृतिक विपत्ति आदिले भयङ्कररूपमा आक्रान्त हुन पुगेको थियो भन्ने विषयमा माथि पनि चर्चा भइसकेको छ । केन्द्र ( उपत्यका) मा आएको राजनैतिक कमजोरीका कारण एकातिर वरपरका स्थानीय सामन्त शासकहरू शक्तिशाली हुँदै आएका थिए, बेलाबखतमा केन्द्रविरूद्ध विद्रोह गर्ने चेष्टा पनि गर्दथे । अर्कोतिर विक्रमको बा¥हौँ शताब्दीको सुरूतिर र मध्यतिर स्वतन्त्र राज्यको रूपमा खडा हुन पुगेका खस तथा डोय राज्यहरूले (धनवज्र वज्राचार्य, टेकबहादुर श्रेष्ठ, नुवाकोटको ऐतिहासिक रूपरेखा, कीर्तिपुर, नेपाल र एशियाली अध्ययन संस्थान, वि.सं. २०३२, पृ. २२) सैनिक शक्ति सुदृढ पार्दै केन्द्रमाथि बारम्बार भयङ्कर आक्रमणहरू थालिसकेका थिए । (गोपालराज वंशावलीका अनेक पत्रमा उल्लेखित आक्रमणका घटना–विवरण उदाहरण स्वरूप छन् ।)
यसप्रकार अनेकपल्ट भएका बाह्य आक्रमणहरूमध्ये एउटा भयङ्कर आक्रमण ने. सं. ३६४ (वि.सं. १३०१) मा भएको थियो । (नेपाल उपत्यकामा डोयहरूको पहिलो आक्रमण ने. सं. २३१ मा, दोस्रो आक्रमण ने. सं. ३४४ मा र यो चाहिँ तेस्रो पटक भएको आक्रमण थियो (प्रमाण–गो. बं, का ३२–३३, ३४ र ३६–३७ पत्रहरू)
डोय राजा रामसिंह स्वयंले आफ्नो फौजको नेतृत्व गरी लड्न आएको यस आक्रमणबारे विवरण दिने क्रममा गोपालराज वंशावलीको ३६ पत्रमा
(“सं ३६४ जेष्ठकृष्ण प्रतिपदा खडाधार गुस डोय लासन वल्यम् धा¥ह याङ तलम्वण्ड डयङा द्वल आहु रामसिंह राजास कटकः चोछेँ जगतव्रम भाटो धा¥हस डव । लिज जय जुव जात्रा याङ लास्य वया राजा श्री अनर्घमलदेवस ।।”) पनि अनर्घमल्लदेवलाई ‘राजा’ भनिएको छ । यसप्रकार यिनका बारेमा जान्न सकिने हालसम्मनका उपलब्ध यी दुईवटै ऐतिहासिक सामग्रीमा यिनलाई राजा भनिएको तथा शिलाभिलेख प्रमाण पनि भक्तपुरमै (सिद्धपोखरी) पाइएको हुँदा (र तात्कालिक सङ्कटग्रस्त अवस्थातर्फ पनि विचार गर्दा) (अनर्घमल्लदेव अभयमल्लका भाइ हुन् कि त भन्ने अनुमान हुन्छ । तात्कालिक अशान्त अवस्थाका कारण सबैतिर ध्यान पु¥याउन, व्यवस्था मिलाउन कान्तिपुर र ललितपुरबाट अभयमल्ल र भक्तपुरमा अनर्घमल्लले राज्य गरिरहेको अनुमान हुन्छ ।) त्यसबखत यिनी शक्तिशाली राजाका रूपमा भक्तपुरमा राज्य गर्दै थिए भन्ने कुरा ज्ञात हुन्छ ।
सिद्धपोखरीको क्षेत्र बनाउने कार्य (पोखरीको सुरक्षाका लागि यस्तो कार्य गरिएको हुनुपर्छ ।) सम्पन्न भएको एक महिना पनि बित्न नपाउँदै डोयहरूले नेपाल उपत्यकामा आक्रमण गरेका थिए । त्यसको प्रत्याक्रमण राजा अनर्घमल्लदेवले चोछेँ (भक्तपुरको चोछेँ टोल) का आफ्ना भारदार जगतब्रह्मसित मिलेर गरेका थिए । त्यस युद्धमा धेरै मानिस काटिए, अन्तमा जीत अनर्घमल्लदेवकै भयो । राजा रामसिंह हारेर फर्के), त्यस खुशियालीमा जात्रा गरी उनी आफ्नो राज्य भक्तपुरमा फर्के ।
यसप्रकार यस पोखरीको साथै तात्कालिक भक्तपुरका राजा अनर्घमल्लदेवका बारेमा केही महत्वपूर्ण कुरा जान्न उपयोगी यस शिलापत्रमाथि प्रत्येक दिन कैयौँले कुल्चने गर्छन् । यसो हुँदा यसका अक्षरहरू खिइँदै गइरहेका छन् ।
भक्तपुर राजदरबारस्थित रामेश्वर+जगन्नाथ मन्दिरको सिँढीमा खुड्किलोको रूपमा छापिन पुगेको यक्ष मल्लको पालाका दुई पत्रहरू
भक्तपुर राजदरबारस्थित चारधामका मन्दिरमध्ये रामेश्वर+ जगन्नाथ मन्दिरको सिँढीमा खुड्किलाका रूपमा दुईवटा ढुङ्गेपत्रहरू पनि पाइला टेक्न, हिँड्नका लागि छापिएका छन् । यसरी छाप्ने क्रममा अभिलेखका केही भाग पनि भित्रै छोपिन पुगेको छ भने देखिने जति भागका केही अक्षरहरू खिइसकेका, फुटिसकेका छन् । यसका पढ्न सकिने जति भाग पूर्णिमा ७४ अङ्कमा प्रकाशित छ । सोही पाठ यहाँ प्रस्तुत गरिन्छ (महेशराज पन्त ‘यक्ष मल्लका अहिलेसम्म प्रकाशमा नआएका दुईवटा शिलालेख’ पूर्णिमा, ७४ अङ्क, आश्विन, वि.सं. २०४५) –
उत्तराभिमुख पहिलो खुड्किलोका मूल पाठ
१. गुरौ ।।
२. ल) क्ष्म्याः दिवंगते ।।
शुभ ।।
३. (फ् अद्य श्वेतव) राहकल्पे वैवश्वत मन्वन्तरे
कलियुगे, भरतखण्डे जम्बूदीपे हिमवन्तपादे श्रीनेपालमण्डले श्री–
४. ––भूमिमुखजलधारा भूपाते––लविद्याकृतिना विनिर्गत दक्षिणमुखजल–नालिका––––
५. लोके सप्राप्ता भवतु तेन पुण्येन पुत्रपौत्रसततिसतानमायुरारोग्यमैश्वर्य–––महाराजस

रामेश्वर र जगन्नाथ मन्दिरको उत्तराभिमुख सिँढीमा रहेको शिलालेख


पूर्वाभिमुख तेस्रो खुड्किलोको मूल पाठ
१. …. विभौ व ।। अद्य कार्तिक मासे कृष्णपक्षे अमावास्यान्तिथौ … नक्षेत्रे पुण्ययोगे शनिचरवासरे.. राशिगते.. सवितिर..राशिगते चन्द्रमसि…चा
२. ल) क्ष्मीनाम्नै तस्यै उदेशनार्थ श्री श्री जयज क्ष्मल्लदेवप्रभु…दि..त…जल..तां……..दिवंगत…..
३. पक्षे दिन कोन्हु यिति प्रतिष्ठा याङा ।। संवत् ५७१……………………ि………………………..
यी दुई ढुङ्गामा एउटै अभिलेखका विवरण परेका छन् । दिवंगत कुनै स्त्रीको उद्धारका लागि ने.सं. ५७१ (वि.सं. १५०८) मा धारा प्रतिष्ठा गरेको र यस कार्यमा (उद्धार कार्यमा) राजा यक्ष मल्लको हात रहेको थियो भन्ने बुझिन्छ । (सोहि, पृ. ४)

पूर्वाभिमुख सिँढीको ‘तेस्रो खुड्किलो’ हुनपुगेको शिलालेख


(छड्के परेका अक्षरहरू लेखकले मूल स्रोतमा पादटिप्पणीको रूपमा समावेश गर्नुभएको हो ।)
स्रोतः प्राचीन नेपाल (सन् २००१)

Leave a Reply

Your email address will not be published. Required fields are marked *