भर्खरै :

दाहालको अनैतिकता पुनः उदाङ्गो

अमेरिकी सहयोग निगम एमसीसीसँगको सम्झौता पारित गर्न नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी मुख्यालयलाई पठाएको पत्रको सार्वजनिकीले दाहालको अनैतिकता उदाङ्गो भएको छ । देउवा र दाहालले एमसीसी मुख्यालयलाई ६ बुँदे प्रतिबद्धतासहित पत्र पठाएको सार्वजनिक भएको छ । दाहालले यसअघि एमसीसी सम्झौतामा देशको सार्वभौमिकतामा चोट पुग्ने बुँदा रहेको भन्दै एमसीसी यथास्थितिमा पारित गर्न सकिँदैन, राष्ट्रिय हित सुनिश्चित नभएसम्म यसको समर्थन माओवादी केन्द्रले गर्ने छैन भन्दै आएका थिए । तर, देउवा र दाहालले एमसीसी मुख्यालयलाई लेखेको पत्रमा सम्झौताका कुनै पनि बुँदामा असहमति व्यक्त भएको छैन । पत्रमा एमसीसी सम्झौता –देशको आर्थिक विकासका लागि एमसीसी अनुदान स्वीकार गर्ने नेपाल सरकारको चाहनाप्रति हामी तपाईँलाई विश्वस्त बनाउन चाहन्छौँ, संसद्को बहुमतबाट सम्झौता पारित गर्ने वातावरण सुनिश्चित गर्न हामीलाई चार–पाँच महिना लाग्नेछ भनिएको छ । पत्रमा नेपाली जनतामा देखिएका भ्रम र असमझदारी चिर्न, सरकारी स्रोत तथा संयन्त्रबाट जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि देउवा र दाहालले व्यक्त गरेका छन् । यसले दाहालको दोहोरो चरित्र र दोहोरो भूमिका उदाङ्गो भएको छ । दाहालले त असोज कार्तिकमा त्यस्तो कुनै पत्र नपठाएको दाबी गरेका थिए ।
पुँजीवादी राजनीतिमा नैतिकताको खासै स्थान हुँदैन । जनताबीच सार्वजनिकरूपमा बोलेको कुराले जनविश्वासमा ठूलो चोट पु¥याएको हुन्छ । राजनीतिमा दोहोरो चरित्रलाई स्वीकार गरिँदैन । पश्चिमा प्रजातन्त्र रहेका देशहरूमा समेत कुनै नेताहरूले सार्वजनिकरूपमा झूट बोलेको प्रमाणित भए पदबाट राजीनामा दिएका कैयौँ उदाहरण छन् । दाहालको दोहोरो नीतिले उनको दाहोरो चरित्रमामात्र उदाङ्गो पारेको छैन बरू समग्रमा नेपालका नेताहरूको अन्तर्राष्ट्रिय छवि र विश्वसनीयतामै प्रश्नचिह्न खडा हुने स्थिति उत्पन्न गरेको छ । के दोहोरो नीति र भूमिका निभाइरहेका दाहालले पार्टी नेतृत्व त्याग गरेर राजनीतिक नैतिकता प्रदर्शन गर्लान् ? त्यसो त दाहालको अनैतिकता उदाङ्गो भएको यो पहिलो पटक होइन ।

पुष्पकमल दाहाल एक अमुक पार्टीको शीर्ष नेतामात्र होइन, दुई दुई पटक नेपालको प्रधानमन्त्री भइसकेका राजनीतिक व्यक्तित्व हुन् । उनले एकै समय एमसीसी सम्झौताको विरोध र समर्थनमा निर्वाह गरेको भूमिका एमसीसी र संरा अमेरिकालाई होइन, नेपाली जनतालाई दिएको धोका हो । उनले राष्ट्रघाती एमसीसी सम्झौताको पक्षमा रहेका जनसमुदायलाई आफ्नो मतदाताको रूपमा उपयोग गर्न बाहिर एमसीसीको विरोध गर्दै कुनै हालतमा संशोधनबिना पारित गर्न नदिने बताए । पद र पैसाको लागि राजनीतिक सिद्धान्त र वैचारिक अडान त्याग गर्नु पुँजीवादी प्रजातन्त्रमा त्यति अनौठो मानिँदैन ।

शान्ति सम्झौतापछि शान्ति प्रक्रियाको क्रममा ४–५ हजारमात्र माओवादी जनसेना रहेकोमा क्यान्टोनमेन्टमा राख्नका लागि १८–१९ हजारसम्म पु¥याएको उनले आफैले स्वीकारेको श्रव्यदृश्य सार्वजनिक भएकै हो । सर्वहारा वर्गका नेता दाबी गर्ने दाहालले शान्ति प्रक्रिया र सत्तामा पुगिसकेपछि मासिक लाखौँ भाडा तिर्ने आलिसान महलमा लाखौँ रूपैयाँ पर्ने पलङ्ग किनेर सुतेको समाचार पनि आएकै थियो । दाहालको विलासी जीवन शैलीको खर्चको निम्ति आम्दानीको स्रोत र सम्पतिको स्रोत अपुष्टमात्र होइन शङ्कास्पद मानिएको छ ।
पुष्पकमल दाहाल एक अमुक पार्टीको शीर्ष नेतामात्र होइन, दुई दुई पटक नेपालको प्रधानमन्त्री भइसकेका राजनीतिक व्यक्तित्व हुन् । उनले एकै समय एमसीसी सम्झौताको विरोध र समर्थनमा निर्वाह गरेको भूमिका एमसीसी र संरा अमेरिकालाई होइन, नेपाली जनतालाई दिएको धोका हो । उनले राष्ट्रघाती एमसीसी सम्झौताको पक्षमा रहेका जनसमुदायलाई आफ्नो मतदाताको रूपमा उपयोग गर्न बाहिर एमसीसीको विरोध गर्दै कुनै हालतमा संशोधनबिना पारित गर्न नदिने बताए । पद र पैसाको लागि राजनीतिक सिद्धान्त र वैचारिक अडान त्याग गर्नु पुँजीवादी प्रजातन्त्रमा त्यति अनौठो मानिँदैन । दाहालले एमसीसीबारे आफ्नो विचार फेरेका भए पनि त्यति ठूलो कुरा हुने थिएन । तर, उनले विरोध र समर्थन भूमिका खेलेर पाखण्ड प्रदर्शन गरेका छन् । दुई दिशामा फर्केको नाउहरूमा पाइला राख्नेहरूको गति के हुन्छ भनिराख्न जरूरी हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *