बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
यही माघ २० गतेदेखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भनी भक्तपुर नगरपालिकाले सूचना प्रकाशित गरेको थियो । सूचनाअनुसार भक्तपुर नगरपालिकाका ६ वटा वडाले वडा कार्यालयबाटै र बाँकी ४ वटा वडाले बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उल्लेख छ ।
नगरपालिकाको सूचनाअनुसार एकल महिला र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूले वडा कार्यालय वा बैङ्कमा गएर सामाजिक सुरक्षा भत्ता बुझिरहेका छन् । तर, बैङ्कमा गएर भत्ता बुझ्न गइरहेका लाभग्राही ज्येष्ठ नागरिक वा एकल महिलाहरूले वडा कार्यालयबाट भत्ता बुझिलिँदा जस्तो सजिलो महसुस गरिरहेका छैनन् । कोभिड कार्ड हुनेमात्र बैङ्कमा छिर्न पाउने, एक पटकमा ५–६ जनामात्र बैङ्कमा छिराउने र बाँकी सयौँ जना बैङ्कको भवनबाहिर धुवाँ धुलो बाटोमा उठेर लाइन बसेको देखियो । ८०–८५ वर्षका ज्येष्ठ नागरिकहरू बैङ्कको चिसो भ¥याङ वा भुइँमा नै बसिरहेका थिए ।
वडा कार्यालयले जनप्रतिनिधिको उपस्थितिमा एक दिनमा नै सामाजिक सुरक्षा भत्ता वितरण सकाएको देखियो । तर, बैङ्कमा तीन दिनसम्म पनि यो काम सकेको देखिएन । बैङ्कमा एउटामात्र काउन्टरबाट कुनै पनि सहयोगीविना एक जनामात्र कर्मचारीले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेकोले ढिलो हुन गएको हो । तर, वडाबाट वितरण भएको ठाउँमा स्थानीय स्वयम्सेवकहरू र जनप्रतिनिधिहरू नै लागिपरे । बैङ्कबाट खटी आएका कर्मचारी सहयोगीको रूपमा देखिए ।
कुनै कुनै वडामा तोकिएको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको देखिएन । सूचनाअनुसार माघ २० गतेदेखि भनपाको एउटा वडाको सामाजिक सुरक्षा भत्ता वितरण हुनुपथ्र्यो । तर, बैङ्कले पछिमात्र भत्ता वितरण गर्न सुरु ग¥यो । ‘मजदुर’ दैनिकमा आएको सूचना पढेर बैङ्कमा गएका ज्येष्ठ नागरिकहरूले बैङ्कको मनोमानी र हेलचेक्राइँका कारण दुःख पाएको देखिन्छ ।
‘क’ वर्गको बैङ्कमा खोलिएको बैङ्क खातामार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्छ भन्ने नेपाल सरकारको नीतिअनुसार लाभग्राहीको भत्ता बैङ्क खातामा हालिएको हो । तर, बैङ्कका कर्मचारीको उपस्थितिमा उक्त भत्ता वडा कार्यालयबाट नै वितरण गर्दा वडावासीहरूलाई सजिलो हुनेरहेछ । वडा कार्यालयमा आफूले भोट हालेर जिताएका जनप्रतिनिधि, चिनजानकै कर्मचारी र वडाका भाइबहिनीहरू स्वयम्सेवक हुने हुँदा ज्येष्ठ नागरिकहरूलाई सहज हुन्छ । साथै जनप्रतिनिधिहरूलाई पनि आफूलाई मत दिएर विजय गराएका जनतालाई प्रत्यक्ष भेटेर सन्चो बिसन्चो सोध्न पाउने र उनीहरूसँग अझै नजिक हुन पाउने राम्रो अवसर हुने हुन्छ । केही वडाले किन बैङ्कमार्फत नै सामाजिक सुरक्षा वितरण गरायो भन्ने प्रश्न उठेको छ । भक्तपुर नगरपालिकाले दिने सेवा सुविधामा किन एकरूपता दिन नसकेको भनी ज्येष्ठ नागरिकहरूले प्रश्न सोधिरहेका छन् ।
Leave a Reply