राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
काठमाडौँ, २८ माघ । अन्ततः संरा अमेरिकाले आफ्नो असली रूप देखाउन थालेको छ । एक जना कविले लेखेका छन्, “संसारको जतिसुकै उँचो टाकुराबाट तिमीले शान्तिको प्रतीक परेवा उडाऊ, त्यसलाई बाजले आक्रमण गर्न छोड्ने छैन । किनभने, बाज अमेरिकाको राष्ट्रिय पक्षी हो ।” नेपालका शासक दल र केही बुद्धिजीवीहरूले संरा अमेरिकाको वास्तविक रूपलाई जतिसुकै सुन्दर आवरणले ढाक्न खोजे पनि अन्ततः उसको असली रूप लामो समयसम्म लुकाउने सम्भावना छैन ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनका प्रमुख साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल एमाले नेता केपी शर्मा ओलीलाई संरा अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले अलग–अलग फोन गरेर एमसीसी सम्झौता पारित गर्न दबाब दिएका छन् । लुले आगामी फेब्रुअरी २८ भित्र सो सम्झौता संसद्बाट अनुमोदन गर्न सीधा दबाब दिएका हुन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्र अध्यक्ष दाहालले दिएको वचनअनुसार सम्झौता सो मितिभित्र पारित गर्न लुले नेपाली नेताहरूलाई भनेका हुन् । यसअघि यसै साता देउवा र दाहालले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न ‘चार–पाँच महिना समय दिन’ आग्रह गरिएको पत्र सार्वजनिक भएको थियो । त्यस्तै एमसीसीका उपाध्यक्ष फातिमा जेड सुमारले नेपाली सञ्चारमाध्यमलाई यसै साता दिएको अन्तर्वार्तामा ‘एमसीसी सम्झौतामा कुनै संशोधन नहुने र फेबु्रअरी २८ भित्र पारित नगरिए सहायता रकम नेपाललाई नदिने’ बताएकी थिइन् ।
बिहीबार सहायक विदेश मन्त्री लु सुमारभन्दा रुखो किसिममा प्रस्तुत हुँदै एमसीसी सम्झौता पारित नभए नेपाल र संरा अमेरिकाबीचको सम्बन्ध पनि प्रभावित हुने बताएका छन् । उनले संरा अमेरिकाका साझेदार देशहरू तथा उसको कुरा चल्ने बहुराष्ट्रिय निकायले समेत नेपाललाई दिंदै आएको सहायता रकम रोक्न सक्ने भनी धम्की दिएका छन् । उनले नेपालमा हुँदै आएको अमेरिकी निजी लगानीसमेत यो सम्झौता पारित नभए प्रभावित हुनसक्ने चेतावनी दिएका छन् । सहायक मन्त्री लुको कडा चेतावनी सुनेर प्रधानमन्त्री देउवाले उनीसमक्ष ‘नेपालप्रति कुनै कडा कदम नचाल्न अनुनयसमेत गरेको’ शुक्रबारको ‘द काठमाडौँ पोस्ट’ को समाचारमा उल्लेख छ ।
बिहीबारको फोन संवादमा अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले ‘नेपालको भ्रष्टाचार र मानवअधिकार हननका घटनाप्रति अमेरिकाको चासो रहेको’ पनि बताएका छन् । स्मरणीय छ, संरा अमेरिकाले संसारका धेरै देशमा मानवअधिकार हनन र भ्रष्टाचारकै बहानामा हमला गर्ने र आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको छ । नेपालको सन्दर्भमा मानवअधिकार हननको प्रसङ्ग उठाएर अमेरिकाले विशेषतः माओवादी केन्द्रका नेताहरूलाई आतङ्कित बनाउन खोजेको विश्लेषकहरूको भनाइ छ ।
माओवादी विद्रोहका कतिपय फौजदारी मुद्दाहरू अझै टुङ्गो लागिनसकेको अवस्थामा मानवअधिकार हननको कुरा उठाएर अमेरिकाले पूर्वमाओवादीहरूलाई खतराको घण्टी बनाएको हुनसक्ने विश्लेषकहरूले भनाइ छ ।
संरा अमेरिकी सहायक विदेश मन्त्री लुको फोन काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूलाई उनीहरूले दिएका वचन पूरा गर्न चेतावनी पनि हुनसक्ने बताइएको थियो । लु गत वर्ष सन् २०२१ को नोभेम्बर १७ मा दुईदिने भ्रमणको लागि नेपाल आएका थिए । सो क्रममा उनले देउवा, दाहाल र ओलीसँग भेटेका थिए ।
बिहीबार लुसँगको टेलिफोन संवादपछि तीनै दलहरू एमसीसी सम्झौता पारित गर्न हतारिएका छन् । उनीहरू एकातिर संरा अमेरिकालाई रिझाउन एमसीसी पारित गर्न हतारिएका छन् भने अर्कोतिर नेपाली जनताबीच बदनाम भइसकेको सो सम्झौता पारित गर्दाको दोषको भारी अर्को दलको काँधमा पन्छाउन छिनाझम्टी गरिरहेका छन् । शुक्रबार दाहालले एमाले नेता ओली एमसीसी सम्झौता पारित गर्न गम्भीर नभएको भन्दै दोषको भकुन्डो ओलीमाथि थोपर्न खोज्दै छन् । एमालेले भने संसदमा सम्झौता पेश भएपछि आफ्नो आधिकारिक भनाइ सार्वजनिक गर्ने बताउँदै आएको छ । अन्तिम अवस्थामा एमालेले पनि सम्झौताको पक्षमा मतदान गर्नसक्ने उसको पहिलोको व्यवहार र अहिलेको मनस्थितिबाट देखिने पर्यवेक्षकहरूको भनाइ छ ।
एमसीसी सम्झौता पारित गर्न अमेरिकी अधिकारीले सीधै फोन गरेर दबाब दिएपछि नेपाली जनताबीच एमसीसी सम्झौताको विरोध थप बढेको छ । राजधानीमा केही दिन यता लगातार एमसीसीको विरोधमा प्रदर्शन र जुलुस हुन थालेको छ । सामाजिक सञ्जालमा एमसीसी सम्झौताको पक्ष र विपक्षमा भनाभन अझै चर्किएको छ । केही वर्षयता लगातार हुँदै आएको एमसीसी सम्झौताको बहस अबको केही दिन अझ सघन र पेचिलो बन्दै जाने देखिएको छ ।
Leave a Reply