“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
केही मानिसहरू एमसीसी सम्झौता पारित नभए संरा अमेरिकाले नेपाललाई दिँदै आएको अनुदान तथा आर्थिक सहायता रकम बन्द हुने र त्यसले नेपालको आर्थिक विकास र समृद्धिमा आँच पुग्ने हल्ला गरिरहेका छन् । यसरी हल्ला गर्नेमा नेपालका पूर्व मन्त्री, पूर्वकर्मचारी, हालका सरकारी अधिकारी, केही बुद्धिजीवी र पत्रकारहरू छन् । बिहीबार संरा अमेरिकाका सहायक विदेश सचिव डोनाल्ड लुले नेपालका तीन शासक दलका नेताहरूलाई अलगअलग फोन गरेर एमसीसी सम्झौता पारित नगरे नेपालसँग संरा अमेरिकी सम्बन्ध पनि प्रभावित बन्ने चेतावनी दिएका छन् । संरा अमेरिकी मोर्चामा आबद्ध अन्य देश र बहुराष्ट्रिय निकायले नेपाललाई दिंदै आएको सहायता रकमसमेत एमसीसी सम्झौता पारित नभए रोकिन सक्ने उनले चेतावनी दिएका छन् ।
अमेरिकी सहायता रोकिने कुराले विदेशी अनुदान र सहायता नभए देशको विकासको सम्भावना नै नदेख्ने ‘पढेलेखेका’ मानिसको निद्रा बिथोलिएको छ । पछिल्लो घटनाक्रमले विशेषतः संरा अमेरिकासँग विभिन्न माध्यमबाट नाभी जोडिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट डलरमा तलब बुझ्ने परामर्शदाता, सल्लाहकार र निर्देशकहरूका हात–खुट्टा नै लुला भएका छन् । खाइपाइ आएको गाँस नै रोकिने अवस्था आएपछि उनीहरू भ्रम र हल्ला फैलाउने काममा लागेका छन् ।
के वास्तवमै उनीहरूले भनेजस्तै एमसीसी पारित नभए नेपाललाई विभिन्न दाताहरूले दिँदै आएको अनुदान रकम पूर्णतः रोकिन्छ त ? के नेपालको विकासको गति विदेशी अनुदान नआएपछि अघि बढ्दैन र ?
एमसीसी पारित नभएपछि नेपाललाई सहयोग गर्दै आएका अन्य दाता निकायले पनि सहायता बन्द गर्ने कुरा सर्वथा प्रचारबाजीमात्र हो । एमसीसी सम्झौताकै कारण संरा अमेरिकाले नेपाललाई बेवास्ता वा पूर्ण असहयोग गर्ने अवस्था आजको विश्व राजनीतिले देखाउँदैन । बरु एमसीसी पारित नभए पनि संरा अमेरिका नेपालमा कुनै न कुनै कारण र बहानामा पस्न खोजिरहनेछ । एमसीसी सम्झौतामा जस्तो आक्रामक ढङ्गले नआई बरु गुलियो पोतिएको विषका अनेक थरी घडा बोकेर पस्नेछ ।
सत्य के हो भने संसारको कुनै पनि देश विदेशी अनुदान र सहायताले कहिल्यै पनि खुसी र धनी बनेको छैन । विदेशी अनुदान र सहायता रकमबाट देश विकास हुने भए अफ्रिकी देशहरू यतिबेलासम्म संसारकै धनी बनिसक्थे । ल्याटिन अमेरिकी देशहरू संसारका विकसित देशहरूमा गनिने थिए । नेपालकै इतिहास हेर्दा पनि हामीले लगातार विदेशी अनुदान र सहायता लिँदै आएका छौँ । तर, दशकौँ दशकपछि पनि हाम्रो देश विदेशी अनुदानकै भरपर्नु पर्नाको कारण के होला ? त्यसकारण, विदेशी अनुदानको भरमा देशको विकासको सपना बेचेर आफ्नो दुनो सोझ्याउने सुकिलामुकिला वर्गले छरेको भ्रमबाट अब हामी मुक्त हुन जरुरी छ । विदेशी अनुदान कुनै पनि देशको विकास र जनताको सुखी जीवनको लागि टेवामात्र हुनसक्छ, मूल आधार कहिल्यै हुनसक्दैन ।
दोस्रो, एमसीसी पारित नभएपछि नेपाललाई सहयोग गर्दै आएका अन्य दाता निकायले पनि सहायता बन्द गर्ने कुरा सर्वथा प्रचारबाजीमात्र हो । एमसीसी सम्झौताकै कारण संरा अमेरिकाले नेपाललाई बेवास्ता वा पूर्ण असहयोग गर्ने अवस्था आजको विश्व राजनीतिले देखाउँदैन । बरु एमसीसी पारित नभए पनि संरा अमेरिका नेपालमा कुनै न कुनै कारण र बहानामा पस्न खोजिरहनेछ । एमसीसी सम्झौतामा जस्तो आक्रामक ढङ्गले नआई बरु गुलियो पोतिएको विषका अनेक थरी घडा बोकेर पस्नेछ ।
अन्तर्राष्ट्रिय वृत्तमा संरा अमेरिका आफै पनि धेरै मुद्दामा एक्लिरहेको अवस्थामा एमसीसी पारित नगर्दा अरू दाताले पनि सहायता रोक्ने कुरा अतिरञ्जना मात्र हो । विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिएर संरा अमेरिकाले सके तर्साएर आफ्नो राजनीतिक स्वार्थअनुरूप बोल्न लगाउने प्रयास गरेको थियो । तर, संरा अमेरिका यसमा असफल मात्र भएन, एक्लो पनि भयो । इरान आणविक वार्तामा पनि संरा अमेरिका एक्लो बन्यो । चीनको शीतकालीन ओलम्पिक बहिष्कारको विषयमा पनि ऊ लगभग एक्लो भयो । युक्रेन सङ्कटमा पनि संरा अमेरिकाले युरोपका प्रमुख देशमाथि आफ्नो निर्णय लाद्न सकेको छैन । युरोपेली देशहरूले आफ्नो ढङ्गले अमेरिकी प्रभुत्ववादको प्रतिरोध गरिरहेका छन् । आजको अन्तर्राष्ट्रिय राजनीतिको परिदृश्य यही हो । त्यसकारण पनि एमसीसी पारित नहुँदा नेपालले भोग्नुपर्ने सङ्कटको विषयमा अतिरञ्जनापूर्ण प्रचारबाजी सत्य नभएको पुस्टि हुन्छ ।
एमसीसी सम्झौता पारित गर्ने वा नगर्ने कुराको निक्र्योल गर्ने अधिकार नेपाली जनताको हो । नेपाली जनता यो सम्झौताको विपक्षमा छन् ।
Leave a Reply