भर्खरै :

यात्रा पिता र पुत्रको – ११

  • फाल्गुन ३, २०७८
  • जनकवि, चन्द्रबहादुर उलक
  • साहित्य

(यात्रीहरू गोठमा बास बस्छन्)
पिता – आजको दिन रमाइलो छ सा¥है,
काम पनि ग¥यौँ अत्यन्त गा¥है ।
देखेर काम हामीले गरेको,
देखियो सबै खुसी भएको ।
पुत्र – ठालुको गाउँमा डुल्न गएँ,
आमैको छोरा भेटेर आएँ ।
नाम उहाँको डम्बरे रहेछ,
सम्पूर्ण काम गर्दाे रहेछ ।
पहिलो मान्छे – उसलाई दास बनाएको हो कि ?
कुरो खास अरू बाँकी नै छ कि ?
मान्छेको दुःख हेर्नेमात्र होइन,
हामी नै गएर मुक्त गर्ने हो कि ?
दोस्रो मान्छे – (जोसिँदै)
हुन्छ, हुन्छ अहिल्यै त्यही गाउँ जाऔँ !
ठालुलाई पाता कसेरै ल्याऔँ !
आमैको दुःख हटाउन आजै
डम्बरे दाजु मुक्त गर्न जाऔँ !
पिता – (सम्झाउँदै)
डम्बरेले चाँडै मुक्ति पाउनुपर्छ !
आमैको दुःख हटाई दिनुपर्छ !
तर, बुझ्नु सबैले एउटा सत्य कुरा,
हामीमात्र होइन गाउँ उठ्नुपर्छ !
नउठेको गाउँ काम छुनु हुन्न,
गर्भको चेतना कमजोर हुन्न ।
भोलिदेखि हामी गाउँ–गाउँ डुल्छौँ,
चेतनाको बत्ती बालेर हिँड्छौँ ।
पहिलो मान्छे – काकाको कुरा मनासिब रहेछ,
मन आज हाम्रो उत्तेजित भएछ ।
बेलगाम कुदेको घोडालाई आज,
समयमै लगाम कस्नु भएछ ।
बरु म आज एउटा प्रश्न सोध्छु,
मनमा उब्जेको जिज्ञासा पोख्छु–
धनी र गरिब कहिलेदेखि भयो ?
शोषण यहाँ कहिलेदेखि आयो ?
पूर्वजन्मको फलले गरिब भयो भन्थे,
पूर्वजन्मको फलले धनी भएको मान्थे ।
सत्य कुरा के हो भन्नू काका !
मेटाई देऊ, आज खुल्दुली मनका ।
पिता– (खुसी हुँदै)
जिज्ञासा तिम्रो राम्रै रहेछ,
बुझ्नैपर्ने कुरा ल्याइएछ,
पहिलेको मान्छे जङ्गलमा बस्थे,
जन्तु–जनावर मारेर खान्थे,
कन्दमूल खान्थे, ओडारमा बस्थे,
जनावरले जस्तो जीवन काट्थे,
आफूमात्र खाने मनमै थिएन,
आपसमा सबै मिलेरै बस्थे,
ठूला र साना कुनै भेद भएन,
धनी र गरिब जन्मेकै थिएन,
जता गए नि सँगसँगै हिँड्थे,
आपत् परेमा मिलिजुली लड्थे,
सुख र दुःख सबै साझा हुन्थ्यो,
त्यो आदिम साम्यवाद थियो ।
पुत्र– आजलाई यत्तिकै छोड्नुस् बाबा !
प्रश्नको उत्तर धेरै लामो होला ।
निदाउरो आँखा हुन थाल्यो मेरा,
आजलाई थाती राख्नु सबै कुरा ।
(सबै निदाउँछन्)
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *