भर्खरै :

एमसीसी सम्झौताविरुद्ध नेमकिपाको बानेश्वरमा प्रदर्शन

काठमाडौँ, ४ फागुन । एमसीसी सम्झौता संसदमा बुधबार टेबुल हुने चर्चासँगै नेपाल मजदुर किसान पार्टीले राजधानीमा विरोध प्रदर्शन ग¥यो । कोटेश्वर चोकबाट सुरु भएको विरोध जुलुस नयाँ बानेश्वरमा पुगेर धर्ना र विरोध सभामा परिणत भएको थियो । संसद बैठक चल्दै गर्दा बाहिर नेमकिपाका नेता–कार्यकर्तासहित हजारौँ सर्वसाधारण जनताले एमसीसी संसदमा टेबुल नगर्न चेतावनीस्वरुप नाराबाजी गरिरहेका थिए ।

 
विरोध प्रदर्शनमा नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्ले, बागमती प्रदेश सभा सदस्य सृजना सैंजू, पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोल, वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवाल, विद्यार्थी नेताहरू प्रकाश गुरुङ र सुरेश परियार तथा युवा नेता मिनबहादुर बाटाले बोल्नुभएको थियो ।
 
 

 








Leave a Reply

Your email address will not be published. Required fields are marked *