के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
एमसीसी मन्द विष हो । यसले नेपालको सार्वभौमसत्तामा दूरगामी असर पु¥याउँछ । गुलियो लालीपप देखाएर नेपाल सरकारलाई अमेरिका फसाउँदै छ । सरकार सचेत होस् । दूधको साक्षी बिरालो नबनोस् । बिख हो कि अमृत हो छुट्याउनुहोस् । यो बहुमूल्य समय हो ।
किसान मजदुरको दुःख कति छ भन्ने कुरा पाखा र पहाडमा बस्ने किसानहरूलाई मात्र थाहा हुन्छ । घाउको दुखाइ घाइतेलाई थाहा हुन्छ । देशमा घरको मुली बिग्रिएपछि देश नै अन्धकार हुन्छ । अन्धकार भएपछि नेपाल नै देख्न मुश्किल हुन्छ ।
आजभोलि घरका बच्चाहरू नै कम्प्युटर सिक्छन् । तर, पाँचपल्ट प्रधानमन्त्री भएका व्यतिmको क्षमता र दक्षता खोइ ? विदेशीको इसारामा ५५ अर्बको एमसीसीको खाल्डोमा आफूमात्र नभई सारा जनतालाई खाल्डोमा राख्ने कुचेष्टा नगर्नू । कर्णाली गयो, अपर कर्णाली गयो, कोसी गयो, गण्डकी गयो, महाकाली गयो, टनकपुर गयो, अब अरू देशघाती काम नगरोस् ।
५५ अर्बको एमसीसीले नेपाल नै अपाङ्ग बनाउँछ । ६–७ पल्ट प्रधानमन्त्री भयो भने अझै देशमा के के हुने हो र गर्ने हो ? विचार गरौँ, चराचुरुङ्गीको शत्रु काग र घरको शत्रु मुसाजस्तै जनताको शत्रु एमसीसी हो । आमाको दूधबाट बाँचेका हामी यो देशका सन्तान हौँ । एमसीसीले सैतान बनाउँछ । अतः ५५ अर्बको एमसीसी कुनै हालतमा नस्वीकारौँ ।
Leave a Reply