“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
काठमाडौँ, ४ फागुन । प्रतिनिधिसभाको बैठक फागुन ६ गते दिनको १ः०० बजे स्थगित भएको छ । बैठकमा देशघाती एमसीसी सम्झौता पेश हुने र नहुने विषय चर्चामा थियो । नेकाले फागुन ३ गते संसदीय दलको बैठकबाट सम्झौता संसद्मा पेश गराउने निर्णय गरेको थियो । नेमकिपा, माओवादी, राप्रपालगायतले एमसीसी सम्झौता खारेज गराउन देशव्यापी सडक सङ्घर्ष गर्ने भएपछि सम्झौता संसद्मा पेश गर्न नेका सफल भएन ।
एमालेले आफ्नो पार्टीबाट अनुशासनको कारबाही गरी निष्काशन गरेका माधवकुमार नेपाललगायत १४ जना सांसदको स्थान रिक्त नभएसम्म संसद् अवरोध गर्ने र माओवादी र एकीकृत समाजवादीले एमालेको संसद् अवरोध अन्त्य गरी राष्ट्रिय सहमति नभएसम्म एमसीसी सम्झौता संसद्मा पेश गर्न नमिल्ने अडान राखेको हुँदा सम्झौता संसद्मा पेश नभएको स्पष्ट भयो ।
सभामुखले बोलाउनुभएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमाले र जसपा अनुपस्थित भयो भने माओवादी र एकीकृत समाजवादीले सम्झौता संसद्मा पेश गराउन नहुने अडान राखेपछि नेका पछि हट्यो । तर, एमालेको संसदीय दलको बैठकमा ९० प्रतिशत सांसदहरूले अध्यक्ष केपी ओलीलाई सम्झौताको समर्थन नगर्न अनुरोध गरेका थिए । एमसीसीको कडा विरोध गरेका भीम रावलले फागुन ४ को संसद् बैठकपछि सम्झौताबारे संसद्मा छलफल हुनुपर्ने लचिलो तर्क राख्नुभयो ।
संसद् बैठकमा थारू आयोग प्रतिवेदन पेश भयो । पूर्वसांसद जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर, हुमनसिंह थापाको असामयिक निधनमा शोक प्रस्ताव पारित गरियो । एमाले सांसदहरूमध्ये सदाझैँ गैरसांसदहरूलाई संसद्बाट निकाला गर ! पक्षपातपूर्ण व्यवहार बन्द गर ¤ लगायत नारा लगाएर सभामुखको अगाडि उभिएका थिए ।
फागुन ५ गते सत्ता गठबन्धनको पाँच दलको बैठक बस्ने र नेकाले माओवादी र एकीकृत समाजवादी दललाई एमसीसी सम्झौताको पक्षमा ल्याउन दबाब दिने सम्भावना छ । माओवादी र एसले आफ्नो अडान परिवर्तन नगरेमा अर्थात् अमेरिकी साम्राज्यवादको प्रभावमा नपरेमा एमसीसी सम्झौता संसद्मा पेश हुने र पारित हुने सम्भावना छैन ।
एमालेले सत्ता गठबन्धनबाट नेका बाहिरिए एमसीसी सम्झौता पारित गर्न नेकालाई साथ दिने चर्चा छ । तर, एमाले सांसदहरूको अडानमा परिवर्तन नभए सम्झौता पारित हुने अवस्था छैन । एमसीसी सम्झौतामा नेका एक्लिएको छ । महाकाली सन्धिमा एमाले, राप्रपा र सद्भावनाले नेकालाई साथ दिएर पारित गरेको अवस्था एमसीसी सम्झौतामा आउन नदिन सम्पूर्ण नेपाली जनताले आ–आफ्ना सांसदहरूलाई दबाब दिनु जरूरी छ ।
Leave a Reply