“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
काठमाडौँ, ४ फागुन । नेपाली काङ्ग्रेसको संसदीय दलको सङ्घीय संसद् भवन बानेश्वरमा भएको बैठकले फागुन ४ गते हुने प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबुल गराउने निर्णय गरेपछि अब प्रतिनिधिसभा भङ्ग र ६ महिनाभित्र चुनाव घोषणा हुने सम्भावना बढ्यो ।
संसदीय दलको बैठकमा नेकाका सभापति एवम् प्रम शेरबहादुर देउवाले भने, “मैले सभामुखसँग यस विषयमा परामर्श गरेको छु र भोलि टेबुल हुनेमा विश्वस्त छु ।”
सत्ता गठबन्धन दल माओवादी र एकीकृत समाजवादी पार्टी एमसीसी सम्झौता संशोधन नगरी संसद्मा टेबुल गर्न नहुने बताउँदै छन् । एकीकृत समाजवादीका प्रवक्ता जगनाथ खतिवडाले भने, “एमसीसी पास हुँदैन र पास गराउँदैन । पास गर्ने वातावरण पनि बन्न दिँदैनौँ । हाम्रो पूर्ववत् अडान यथावत छ । संशोधनविना एमसीसी सम्झौता पास हुँदैन ।”
माओवादीका अध्यक्ष दाहालले फागुन २ गते सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा भनेका थिए “म नेकपाको कार्यकारी अध्यक्ष हुँदा एमसीसी सम्झौता संशोधन नगरी पास नगर्ने निर्णय भएको हो । यसबाट पछि हट्न सकिन्न ।”
सो बैठकमा सभामुख सापकोटाले आफू २७५ जनाको सांसद सभामुख भएको हुँदा सहमतिमा मात्र बैठकको कारबाही अगाडि बढाउने धारणा स्पष्टसँग राखेका थिए ।
प्रम देउवा एमालेको सहयोग हुने अपेक्षा राखी एमसीसी सम्झौता संसद्मा टेबुल गर्न जोड दिँदै छन् । तर, एमालेको साथ नेकालाई हुने सम्भावना छैन । एमालेभित्र पनि एमसीसी सम्झौता विरोधीहरू छन् ।
श्रीलङ्कामा एमसीसी सम्झौता अगाडि बढाएको सरकार र पार्टी चुनावमा हारेका थिए । श्रीलङ्काको नयाँ सरकारले एमसीसीमा नजाने निर्णय ग¥यो । यसकारण, नेपालमा पनि एमसीसी सम्झौता समर्थन गर्ने पार्टीहरूलाई चुनावमा जनताले मत नदिने स्पष्ट छ ।
Leave a Reply