म भैल खः हुँ
- बैशाख ४, २०८३
के संयुक्त राज्य अमेरिकाविना संसार चल्दैन ? अमेरिकाकै भरमा के संसारका मुलुकहरूको शासन चलिरहेको हो ? अमेरिकी सहयोग बन्द भएपछि के संसारका मुलुक कङ्गाल हुने हो ? यदि होइन भने नेपाल सरकारले एमसीसीको सहयोग रोक्छ भनेर किन चिन्ता लिने ? एमसीसी सहयोग नलिँदैमा अमेरिकाले अरू सहयोग रोक्छ भन्ने कुरा नेपाल सरकारले प्रचार गर्नु पनि ठीक होइन । अमेरिकाले सहयोग रोक्दैमा नेपालको अर्थतन्त्रमा कुनै असर पर्दैन । अमेरिकाले सहयोग रोकेमा अरू मुलुकले पनि सहयोग रोक्छ भन्ने होइन । के नेपाल अरू देशले गरेको सहयोगले मात्रै यो स्थितिमा पुगेको हो ? विदेशी सहयोगले नेपालको विकास हुने हो भने नेपाल अहिलेसम्म किन आत्मनिर्भर हुनसकेन ? किन विकासशील देश पनि बन्न सकेन ? किन साक्षर देश बन्न सकेन ?
विदेशीको सहयोगमा मात्र बस्ने हो भने, विदेशी ऋणमा मात्र बजेट बनाउने हो भने नेपाल सरकारको योगदान के ? के सरकारको काम जनताको करबाट जम्मा भएको राजस्वमा दाइँमात्र गर्ने हो ? भागबन्डा गरेर बाँडीचुँडी खानेमात्र हो ? आ–आफ्ना पक्षधर मान्छेलाई मात्र पदमा राख्न, जागिर दिन, ठेक्का दिन सरकारमा पुगेको हो । सत्तासीन दलका नेता, प्रम र मन्त्रीहरूको यस्तै विचारले गर्दा नेपालमा विकास नभएको हो । विदेशीले भनेपछि हुरूक्क हुने दास मानसिकताको कारण एमसीसी सम्झौता भएको हो, सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपालसँग सम्बन्ध राख्ने नराख्ने, सहयोग गर्ने नगर्ने त्यो अमेरिकी पक्षको कुरा हो । एमसीसी सम्झौता एउटा पक्ष हो भने अमेरिकी सम्बन्ध अर्को पक्ष हो । एमसीसी सम्झौता खारेज हुँदैमा नेपालको अमेरिकासँग सम्बन्ध टुट्छ भन्ने होइन । कुनै पनि सम्झौता दबाबको आधारमा पारित गर्नु हुँदैनथ्यो । अमेरिकी प्रशासनले दबाब दियो भनेर एमसीसी पारित गर्नैपर्ने नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई किन बाध्यता भयो ? प्रम देउवाले अमेरिकी मन्त्री र अधिकारीहरूको कुरा सुन्ने हो कि नेपाल र नेपाली जनताको ¤ आर्थिक सहयोग भनेर देशघाती काममा सरकार फस्न मिल्दैन । एमसीसीको विरोध ग¥यो भनेर अरूलाई विकासविरोधी देख्ने नेकालगायत अन्य दल र दलका नेताहरू देशविरोधी हुन् । अहिले देशमा देशभक्त र देशविरोधीहरूबीच वैचारिक युद्ध भइरहेको छ, यो वैचारिक युद्धले जनता अझ सचेत हुनेछन् ।
Leave a Reply