के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
३ फागुन, २०७८ को नेपाली काङ्ग्रेसको संसदीय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइको सार हो–
‘नेका सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा फरक दृष्टिकोण राख्दैन । तत्कालको नाफा र घाटाबारे नेका चिन्ता गर्दैन बरु आफ्नो कर्तव्य पूरा गर्छ । नेका कर्तव्यच्युत हुँदैन र आफ्नो परिचय कायम गर्छ । काङ्ग्रेसको संसदीय दलको नेताको हैसियतले संसद्मा एमसीसीलाई टेबुल गर्नुपर्छ, प्रधानमन्त्रीको हैसियतले सभामुखलाई भनिसकेको छ । नेपाली काङ्ग्रेस सरकारमा रहँदा र प्रतिपक्षमा हुँदा ‘डबल स्टाय्न्डर’ राख्दैन । “नाफा–घाटा जेसुकै होला, काङ्ग्रेसले कर्तव्य पूरा गर्छ ।”– नयाँ पत्रिका (४ फागुन, २०७८)
प्रम देउवाको उक्त भनाइ नेपाली काङ्ग्रेसको संसदीय बैठकको सार हो । वर्गीयरूपले नेपाली काङ्ग्रेसको चरित्रलाई विश्लेषण गर्नु आवश्यक छ ।
एक, नेपाली काङ्ग्रेस एक विदेशी पुँजीको पूजा गर्ने राजनैतिक दल हो । प्रस्ट र बुझ्ने भाषामा नेपाली काङ्ग्रेस एक विदेशी पुँजीको एजेन्टको रूपमा प्रस्तुत हुन्छ ।
दुई, नेकाको प्रजातन्त्र पुँजीवादी प्रजातन्त्र हो । पुँजीवादी प्रजातन्त्रले पुँजीपति वर्गको हित गर्छ । पुँजीपति वर्गको हितको निम्ति ऊ सरकारमा जान्छ र पुँजीपति वर्गको हितमा वकालत गर्छं ।
तीन, संरा अमेरिका एक आक्रामक पुँजीवादी व्यवस्थामा आधारित ‘प्रजातन्त्र’ हो । धर्म, जाति, नश्ल, भाषाको आधारमा सञ्चालित शासन व्यवस्था ‘प्रजातान्त्रिक’ भनिए पनि ‘फासीवादी’ अर्थात् प्रतिपक्षलाई प्रजातान्त्रिक अधिकार नदिने र राजनैतिक अधिकार नदिने व्यवस्था हो । नेका अरू देशलाई उपनिवेश बनाउने एमसीसीलाई स्वीकार गर्ने बताइएको राजनैतिक दल हो ।
चार, नेका एमसीसीलाई पारित गराउन आफ्नो कर्तव्य स्वीकार गर्छ र जे भए पनि एमसीसी पास गर्छ ।
पाँच, एमसीसीको अगाडि नेकालाई देश र जनताको हित भनेको केही पनि होइन । एमसीसी पारित गर्नबाट च्युत हुँदैन र नेपाली जनता र देशको सेवा गर्नु नेकाको परम कर्तव्य होइन ।
Leave a Reply