भर्खरै :

भक्तपुर कप फूटबल : सिद्धि गणेश र नक्साल विजयी

भक्तपुर, ९ फागुन । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको भक्तपुर कप २०७८ फूटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको प्रतियोगितामा सिद्धि गणेश खेलकुद समिति र नक्साल फूटबल क्लव विजयी भएका छन् । सिद्धि गणेशले इस्टर्न भक्तपुर साँगालाई २–० ले पराजित गरी सिद्धि गणेश विजयी भयो भने नक्सा फूटबल क्लवले रेले फूटबल क्लवलाई १–० ले पराजित ग¥यो ।
सोमबारबाट पहिलो चरणका सम्पूर्ण प्रतियोगिता सम्पन्न भए । मङ्गलबारबाट क्वाटर फाइनलका खेलहरू सुरु हुनेछ । मङ्गलबार भक्तपुर युवा टीम र बनेपा ब्वाइज क्लबबीच तथा भक्तपुर फूटबल क्लव र छोगर्न फूटबल क्लबबीच प्रतियोगिता हुनेछ ।
आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल फागुन १४ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *