राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
अहिलेको नेपालको राजनीतिक व्यवस्था पुँजीवादी व्यवस्था हो । संविधानमा समाजवादउन्मुख लेखिए पनि सरकारी नीति तथा कार्यक्रम या कुनै पनि गतिविधिमा समाजवादउन्मुखको गन्ध छैन । कुनै पनि सच्चा कम्युनिस्ट पार्टी समाजवादी गणतन्त्रको पक्षपाती हुन्छ । समाजवादी गणतन्त्रलाई विश्वास गर्ने, त्यो व्यवस्था ल्याउन सङ्घर्षरत दलहरू कुनै देशको उठबसमा रहँदैनन् या इसारामा चल्दैनन् । कम्युनिस्टहरू कुनै देशको विस्तारवादी नीति र साम्राज्यवादी नीतिको समर्थन गर्दैनन्, विदेशी थिचोमिचो सहँदैनन्, विदेशी शक्ति राष्ट्रसामु झुक्दैनन् । कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकारले देशलाई आत्मनिर्भर बनाउनेतर्फ चिन्ता र चासो लिएको हुन्छ । त्यहीअनुसार सिद्धान्त र नीति तयार गर्छ र कार्यान्वयनमा लगिएको हुन्छ ।
नेपालमा पनि आफूलाई कम्युनिस्ट भनिने दलको सरकार पटक–पटक बनिसकेको छ । कम्युनिस्टकै नाउँमा बाबुराम भट्टराई, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल र केपी ओली प्रधानमन्त्री भए या तिनीहरूको दलको सरकार बन्यो । तर, कम्युनिस्ट सिद्धान्त र विचारअनुसार कुनै कार्यनीति बनेन या बनाइएन । बरु ती नेताहरू कम्युनिस्ट सिद्धान्त र विचारको तोडमोड गरी अघि बढे । कहिले कुन दलसँग मिल्नुपर्छ र जुध्नुपर्छ भन्नेतर्फ कहिल्यै सोचिएन । सरकारको नेतृत्व गर्ने र सरकारमा सहभागी हुने नाउँमा दलहरूले शत्रु र मित्र नै छुट्याएनन् । बहुमतको सरकार बनाउन, सरकारको आयु लम्ब्याउन नेका र मधेसी दलको मात्र होइन राजतन्त्रवादी दलका सांसदलाई समेत मन्त्री बनाइयो । अहिले बनिरहेको सरकार पनि त्यस्तै खालको छ । पाँच दलको पाँच थरीको विचार बोकेको दलको यो सरकारले बनाउने कार्यनीति कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ । यसैले यो सरकारले साँच्चै केही गर्न सकेको छैन ।
कम्युनिस्टहरू सरकारमा रहे पनि नरहे पनि दलको सिद्धान्त र विचारअनुसार अघि बढ्नुपर्ने हो । तिनीहरू समाजवादी व्यवस्था ल्याउन लागिरहेका हुन्छन् । तद्अनुसार जनताबीच भिजेर जनताका निम्ति काम गरिरहेका हुन्छन् । समाजवादी पार्टीले बहुमत जनताको पक्षमा काम गरिरहेको हुन्छ । समाजवादी समाजको प्रकृतिसित मिल्ने गरी नीति तथा कार्यक्रम बनाइएको हुन्छ । मजदुर वर्गीय पार्टी र समाजवादी सरकारको मूल ध्येय बहुमत जनताको सेवा हो । तिनीहरू देशको स्वाधीनता र सार्वभौम सत्तामा आँच पु¥याउने काम कहिल्यै गर्दैनन् । तर, आफूलाई समाजवादी भनिने नेपालका दलहरू सत्ताको स्वार्थको लागि विदेशी सेना भित्याउने, नेपालको भूमिलाई विदेशीले परेड खेल्ने भूमि बनाउने जस्ता सन्धि र सम्झौता गर्न पछि परेनन् । समाजवादले जनतालाई समृद्ध र सुसंस्कृत जीवन प्रदान गर्छ । समाजवादी जीवनपद्धति आजको आवश्यकता हो । यसले पार्टी र राज्यको संरक्षण गर्छ, शान्तिपूर्ण जीवन बनाउन समर्थ तुल्याउँछ ।
Leave a Reply