भर्खरै :

भक्तपुर कप फुटबल प्रतियोगिता सम्पन्न

भक्तपुर, १४ फागुन । भक्तपुर युवा टीमको आयोजनामा भएको फूटबलको उपाधि भक्तपुर फूटबल क्लव (भक्तपुर एफसी) को हातमा परेको छ । फाइनल खेलमा भक्तपुर एफसीले आयोजक भक्तपुर युवा टीमलाई शनिबार ३—१ गोलको अन्तरले पराजित गरेको हो ।
समापन समारोहको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि एवं सांसद प्रेम सुवालले खेल मैदान र खेलकुद भवन पर्याप्त भए अस्पताल धेरै आवश्यक हुनेछैन भन्नुभयो ।
सरकारले विद्यालय र कलेजहरूमा आवश्यक खेल मैदान व्यवस्था गर्नु जरुरी रहेको उल्लेख गर्दैै अतिथि सुवालले भन्नुभयो, “खेलमा झेल गर्नु र परीक्षामा नक्कल गर्नु उस्तै हो, यसले मानिसको स्तर खस्किन्छ ।”
ग्रीसेली दन्त्य कथामा पान्डोराको बाकस खोलिँदा हिंसा, युद्ध, मृत्युजस्ता खराबी बाहिरियो । एमसीसी सम्झौता पनि उस्तै हो, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “एमसीसी सम्झौताको दफा २.७ मा अमेरिकी कानुन र नीति उल्लङ्घन गर्न नहुने, दफा ५.१ मा वर्तमान र भविष्यको अमेरिकी कानुनसमेत उल्लङ्घन गर्न नहुने, दफा ५.५ मा यस्तो व्यवस्था सम्झौता अवधि ५ वर्षपछि पनि अनन्त कालसम्म कायम हुने, दफा ६.८ मा सम्झौताको कारण नेपालीको मृत्यु भएमा पनि कतै उजुरी नलाग्ने, दफा ७.१ मा नेपालको कानुनभन्दा प्रस्तुत सम्झौता नै लागु हुने, दफा ५ (ङ) मा सम्झौताको योजनामा भारतको समर्थन हुनुपर्ने र गोरखपुरसम्म विद्युत् प्रसारण लाइन निर्माण गर्ने व्यवस्था नेपालको हितमा छैन । यसकारण, एमसीसी सम्झौता खारेजीको लागि नेपाल मजदुर किसान पार्टीले आवाज उठाएको हो । यसमा सबै खेलाडीहरू पनि सहभागी हुन अनुरोध गर्दछु ।”
खेलको निर्धारित समयसम्म दुवै टिमले कुनै पनि गोल गर्न सकेन । त्यसपछि टाइब्रेकरको आधारमा खेलको नतिजा निस्केको हो । पेनाल्टीमा भक्तपुर एफसीले तीन गोल गर्न सफल भएको थियो भने आयोजक भक्तपुर युवा टीमले एउटामात्रै गोलमा चित बुझाउन बाध्य भयो ।
विजयी भक्तपुर एफसीको तर्फबाट जर्सी नं ११ का दीपेन्द्र माझीले पहिलो पेनाल्टी गोल गरी विजय यात्राको प्रारम्भ गरेका थिए । यसरी विजेता भक्तपुर एफसीको तर्फबाट अर्काे गोल जर्सी नं १६ का अजय चौधरीले गरे भने अर्काे थप गोल जर्सी नं १० का उदिप्त चौधरीले गरे । तर यता आयोजक भक्तपुर युवा टीमबाट जर्सी नं ११ का सुजन गोसाईले एक गोलमात्र गर्न सफल भए । यसरी आयोजक भक्तपुर युवा टीम दोस्रो स्थानमा सिमित रहन बाध्य भयो ।
प्रतियोगितामा अनुशासित टीम एफसी रेले, उदयीमान खेलाडी भक्तपुर एफसी क्वलका जानमी धामी, म्यान अफ द म्याच भक्तपुर एफसी क्लवका रुविन बोगटी, बेस्ट गोलकिपर भक्तपुर एफसीको रविन बोगटी, वेस्ट मिड फिल्डर भक्तपुर युवा टिमका विकास लामा, वेष्ट डिफेन्डर भक्तपुर युवा टिमका सविन खड्का, बेस्ट प्लेयर अफ म्याच भक्तपुर युवा टीमका किशोर सुवाल, बेस्ट कोच भक्तपुर एफसीको रवि कवां घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *