ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
सन् १९४१–१९४५ को महान् देशभक्तिपूर्ण युद्ध
दोस्रो विश्वयुद्धमा फासीवादविरुद्ध सोभियत जनताले गरेको सङ्घर्ष र बलिदानको कथा हो पुस्तक पासववर्ड भिक्टोरी (Password Victory) । सन् १९४१–१९४५ को महान् देशभक्तिपूर्ण युद्धमा विजयको ४० औँ वर्षगाँठमा राडुगा प्रकाशनबाट प्रकाशित यस पुस्तकले इतिहासको एउटा महत्वपूर्ण कालखण्डको स्मरण गराउँछ । एकजना व्यक्तिको स्मरण र सम्झना वर्ष बितेसँगै धमिलिँदै जानसक्छ । तर, थुप्रै–थुप्रै प्रत्यक्षदर्शी र युद्ध भोगेका जनताको एकमुस्ट सम्झना इतिहास बन्छ । यो पुस्तक सोभियत जनताको त्यही इतिहास हो । नाजी आक्रमणहरूविरुद्ध सोभियत जनताको सङ्घर्ष, निर्मम नाजी हमलाविरुद्धको प्रतिकारका अध्यायहरू पुस्तकमा छन् । पुस्तकभित्र महान् देशभक्तिपूर्ण युद्धका महत्वपूर्ण साना कथाहरू, उपन्यासका खण्डहरू, वृत्तचित्रका आलेख, संस्मरणहरूलाई एकै ठाउँमा सङ्कलन गरिएको छ । पुस्तकका हरेक पृष्ठहरू सत्य र भोगाइका आधारमा लेखिएका छन् । उपन्यास र कथाका खण्डहरू पनि वास्तविकताले जन्माएका साहित्य हुन् । यसर्थ, ‘पासवर्ड भिक्टोरी’ सङ्घर्षको साँचो कथा हो ।
युद्धमा विजयसम्मको बाटो निकै लामो र कष्टसाध्य थियो । पुस्तकमा खासखास घटना र भुक्तभोगीका अनुभव समेटिएको छ । सन् १९४१ जून २२ गते बिहानै नाजी आक्रमणकारीले षड्यन्त्रपूर्वक सोभियत सङ्घमाथि हमला ग¥यो । सन् १९४५ को मे महिनासम्म नाजी सेनाविरुद्ध सोभियत सेना र जनताले लडे† कहिले मस्कोमा उभिएर लडे† कहिले लेनिनग्राडको निम्ति उभिए† कहिले सेभास्तोपोल त कहिले स्तालिनग्राडका निम्ति आपूmलाई बलिदान गरे । सङ्घर्षदेखि बलिदानी र विजयसम्मको यात्राबारे पुस्तकमा मार्मिक प्रस्तुती छ । दोस्रो विश्वयुद्धमा युरोपलाई सजिलै हराएको र जितको मात लागेको नाजी जर्मनले सोभियत सेना र जनताको साहस र दृढतासँग पटक–पटक झुक्न परेको थियो । सोभियत सेनाको युद्ध कौशल र अठोट, सोभियत इन्जिनियर र कामदारले तयार पारेको अब्बल हातहतियारसँग जुझ्न नाजी सेनालाई गा¥है प¥यो । युद्ध हारेपछि नाजी फौजका जनरलले भनेका थिए –“हामीसँग एउटा अर्को बटालिएन भएको भए मस्कोमा सोभियत सेनालाई हराउन सक्थ्यौँ । स्तालिनग्राडमा हाम्रा गल्ती प्रतिकारात्मक रहनु थियो भने रुसी बाटाघाटा र तुसारोले पनि हामीलाई अल्मल्यायो ।” यो बडो हास्यास्पद टिप्पणी थियो ।
युद्धका प्रथम दुई वर्ष असाध्यै कष्टकर रहे । तर, ती कष्टसाध्य वर्षहरू नै विजयको झन्डा गाड्ने जग या आधारशीला बन्यो । सत्रु मस्कोमा लामो समय टिकेनन् । किनभने, उसले ब्रेस्टमै आप्mनो मृत सेनाको गणना सुरु गर्न परेको थियो । स्मोलेन्स्कका खेतहरूमा युद्धसामग्री, ट्याङ्कहरूले बाटो बिराइसकेको थियो । पुस्तकले तत्कालीन परिवेशमा पाठकलाई डो¥याउँछ । नाजी हमलाकारीहरूलाई रुसको सिमाना कटाउनमात्र होइन युरोपका थुप्रै देशहरूबाट लखेट्न सोभियत सेनाले कसरी लडे ? त्यसको शब्दचित्र पुस्तकभित्र छ । असफलता र कठिनाइहरूसँग अविचलित आत्मविश्वासले भव्य विजयसम्म पु¥याउँछ भन्ने पाठ रुसको यो इतिहासबाट सिक्न सकिन्छ ।
बेलारुसको ब्रेस्ट फर्टे«स (Brest Fortress) मा नाजी सेनाको पहिलो आक्रमण अनुभव गरियो । नाजी सेना स्मोलेन्स्क हुँदै मस्को कब्जा गर्न अघि बढेको थियो । मस्कोमा नाजी आक्रमणविरुद्धको लडाइँलाई ऐतिहासिकरूपले महत्वकासाथ चर्चा गरिन्छ । सन् १९४१ को हिँउदमा करिब ७८ वटा नाजी सैन्य डिभिजनहरू आँधीबेहरीसरि मस्को कब्जाका निम्ति एकै ठाउँमा राखिएको थियो । सोभियत रुसको राजधानीबाट जर्मनसेनाको भाषण, घोषणाहरू समान ढङ्गले सुन्न सकिने गरी चारैतिरबाट मस्को घेरिएको थियो । तर, त्यही नै समय जर्मन नाजीहरूलाई लेनिनग्राडमा सोभियत सेनाले घेराबन्दी गरिएको थियो ।
समग्रमा पुस्तकमा हिटलरको नृशंस हमला र त्यसको प्रतिकारका पृष्ठहरू समेटिएको छ । फरक–फरक आँखाबाट सङ्घर्षका ती दिनहरूको स्मरण गरिएको छ । त्यतिबेला विश्वमा हिटलरको फासीवादविरुद्ध लड्नसक्ने शक्ति सोभियत सङ्घसँग मात्रै थियो । नेता स्तालिनको कुशल नेतृत्वले फासीवादले घुँडा टेक्न परेको गर्विलो इतिहासका अंशहरू पुस्तकभित्र छन् । सोभियत रुसको समाजवाद, कम्युनिस्ट शिक्षाप्राप्त सेना र स्तालिनको नेतृत्वबारे पुस्तकले अवगत गराउँछ ।
पुस्तकको पहिलो खण्डमा सर्गेइ स्मिरनोभ (Sergei Smirnov) र उनको पुस्तकबारे उल्लेख छ । उनी लेनिनग्राडको इन्जिनियर परिवारमा जन्मिएका सोभियत लेखक हुन् । मस्को ऊर्जा इन्जिनियरिङ संस्थामा अध्ययन गरेका उनी पछि म्याक्सिम गोर्की साहित्य संस्थामा भर्ना भए । सन् १९४१–१९४५ को देशभक्तिपूर्ण युद्धमा उनी युद्ध अधिकारी थिए । उनले सेना या आर्मी पत्रिकामा आबद्ध भएर पनि काम गरे । उनका पुस्तकहरू “The Battle of Budapest, The Fields of Hungary, Stalingrad on the Dnieper” मा युद्धको समयको अनुभव अभिव्यक्त छ । उनले सन् १९६३ देखि नै नाजीले पहिले आक्रमण गरेको ठाउँ ब्रेस्ट फट्रिसमा लडेका बहादुर सिपाहीको खोजी गरे र अनुभव समेटेर पुस्तक तयार पारे –The Brest Fortress । यस पुस्तकका निम्ति उनलाई साहित्यमा लेनिन पुरस्कार पनि प्रदान गरिएको थियो । यसै पुस्तकको कथा यहाँ प्रस्तुत गरिएको छ ।
जून २२ बिहान पश्चिमको सिमानाबाट ठूल्ठूला आवाजसहित नाजी सेना मस्कोतिर आउँदै थियो । क्षितिजमा धुमिल प्रकाश थियो । जर्मन युद्धविमानहरू रङ्गीचङ्गी प्रकाश प्mयाँक्दै अगाडि बढ्दै थिए । रुसको सिमानामा ठूल्ठूलो आवाजसहित बम बारुद बर्सिँदै थिए । हमलाको केही दिन पूर्वदेखि नै सोभियत सिमानामा हजारौँ लाखौँ जर्मन गन, तोप र मोर्टर्सहरू तैनाथ राखिएको थियो । अन्धाधुन्ध बम पड्काएर, गन हानेर नाजी सेनाले सोभियत सङ्घविरुद्ध युद्ध छेडेको थियो । यही नै नाजी हमलाकारीविरुद्ध सोभियत सेनाको देशभक्तिपूर्ण युद्धको सुरुआत थियो ।
सुरुआतमै सम्पूर्ण सिमानामा जर्मनीले अपरेसन सुरु ग¥यो । त्यसको निम्ति तोपखाना राख्ने स्थान र दूरी मिलाइयो, ट्याङ्कहरू राखियो । फिनिस र रोमानियाले पनि सोभियत सिमानामा धावा बोलेको, हमला गरेको थियो । नाजीफौजले तथाकथित बार्बारोस्सा योजनालाई अघि बढायो । हिटलरको सो योजनाले पश्चिम रुसलाई हडप्ने उद्देश्य राखेको थियो । सुरुमा हिटलरको नाजी सेना योजना मुताविक अगाडि बढ्न सफल भयो । बेलारुसको राजधानी कब्जा ग¥यो । त्यसको तीन हप्तापछि जुलाई १६ मा नाजी फौज (wehrmacht) का उच्च पदस्थ एकाइ स्मोलेन्स्क पुग्यो । त्यति नै बेला सोभियत सेनाको पूर्वको प्रदर्शनी निकै उत्कृष्ट थियो जसले पश्चिमबाट हमला बोलेका नाजी सेनालाई टक्कर दिँदै थियो । त्यसकै कारण तिनले ठूलो सङ्ख्यामा हतियार झिकाउन पाएनन् । सोभियत सेना तिनका लागि असाध्यै ठूलो चुनौती बन्यो । सोभियत सेना पूर्ण बल र तागतका साथ, साहस र स्वाभिमानसाथ देशको रक्षाका निम्ति लड्दै थियो । सानादेखि ठूला लडाइँहरूमा विजय नै मात्र सोभियत सेनाको विकल्प थियो । पश्चिमबाट पूर्वतिर आक्रमण गर्दै अगाडि बढेको नाजी जर्मन सेना सोभियत भूमिलाई रक्तमैदान बनाउँदै थियो । लडाइँको मैदानमा देखिएका विभत्स घटनाहरू पुस्तकमा उल्लेख छन् । नाजी फौजले फोर्टे«सलाई त घेराबन्दी गरे तर निकै नोक्सान पनि बेहो¥यो । बम र बारुद्धले फोर्टे«सका लालसेनाको मनोबलमा एक इन्च पनि कमी आएन । नौै महिनासम्म लडाइँ जारी रह्यो । नाजी सेना मस्को घेर्ने तयारीमा थियो । जर्मन सेना उत्तर र दक्षिण अर्थात् टिख्वीन र रोस्टोभमा हार्दै थियो । ब्रेस्ट फोट्र्रेसमा लडेका सोभियत सेनाकाबारे शत्रुले पनि लेखेका छन् –“सोभियत सेनाले उत्कृष्ट लडाइँ लड्यो, आप्mनो भूमिको रक्षा इमानदारी र दृढतापूर्वक ग¥यो । ब्रेस्ट कब्जाका लागि जर्मन सेनाले ठूलो मूल्य चुकाउन प¥यो, जर्मन सेनाको रगतको खोलो बग्यो, धेरै धेरै मारिए ।” लडाइँमा अन्तिम दमसम्म लडेका सोभियत सेनाको तारिफ शत्रुले पनि गरेका थिए । आधुनिक हातहतियारसम्पन्न हिटलर सेनासँग भिड्नु चानचुने कुरा भने पक्कै थिएन । सन् १९४४ मा ब्रेस्ट स्वतन्त्र भयो २ वर्षपछि ब्रेस्ट प्रवेश गर्दै थिए सोभियत सेना । त्यहाँ सन् १९४१ मा लड्दालड्दै ढलेका वीर योद्धाहरूको शरीर र तिनका नढलेको लडाकु भावना, देशप्रेमलाई अनुभव गरियो । ती योद्धाहरू सहरका पर्खाल जमिन चट्टानहरूमा जीवित अनुभव गरियो । त्यहाँ वीरहरूको रगतले सिँचेको भूमिको सुगन्ध थियो ।
वीर योद्धाहरूले देश, जनता र कम्युनिस्ट पार्टीप्रति देखाएको त्याग र बलिदानी महसुस गरियो । हिटलर सेनाले ध्वस्त र खरानी बनाएको ब्रेस्ट पुनः वीरहरूको सम्झनाले सुन्दर बनेको थियो । त्यहाँ भित्ताहरूमा लेखिएको थियो –“हामी पाँच जना थियौँ, सेडोभ, गु्रटोभ, बोगोल्यूव, मिखाइलोभ र भी सेलिभानोभ । हामी १९४१÷६÷२२ को पहिलो लडाइँमा थियौं । हामी मर्छौं तर थाक्दैनौँ । हामी मर्छाैं तर पछि हट्दैनौं ।” टेरेस्पोल गेटको बाहिरी पर्खालको इँटामा यसो लेखिएको थियो ।
पश्चिमी सेक्सनको ब्यारेकको एउटा कोठामा लेखिएको थियो –“हामी तीन जना बाँचेका थियौँ । हामीले असाध्यै कठिन समय सामना गर्यांै तर विचलित भएनौँ । हामी वीरहरूको मृत्यु मर्नेछौँ । जुलाई १९४१ ।” फोर्टे«सको मध्त्रगमा उभिएको आधा भत्किएको भवन अर्थात् चर्चमा पनि लेखिएको थियो । “हामी मर्छौं तर यो ठाउँ छोड्दैनौं ।” यसरी सोभियत सेनाको भित्ता र ढुङ्गाहरूले भनिरहेको थियो । लडाइँकै दौरान नाजी सेनाले बन्दी बनाएका सोभियत महिलाहरूले पनि आप्mनो अनुभव लेखेका छन् । सन् १९५० मा मस्को सङ्ग्रहालयका विज्ञ र विशेषज्ञहरूले पश्चिमी व्यारेकहरूको खोज गर्दा एउटा लेखोट भेट्टाए –“म मर्दैछु तर आत्मसमर्पण गर्दिनँ । विदा मातृभूमि ! ” सन् १९४१ जुलाई २० को यो लेखोटमा कुनै नाम थिएन हस्ताक्षर थिएन । युद्ध सुरुआतको २९ औँ दिनसम्म बाँचेर मुकाविला गरिरहेका थिए भन्ने प्रमाण पनि थियो लेखोट । प्रत्यक्षदर्शीहरू एक महिना लडाइँ भएको बताउँछन् । लडाइँ भूमिमा घाइते र अशक्त बनेकाहरूलाई हिटलरले आप्mनो यातनागृहमा लगे । अमानवीय यातना दिइयो । केही जना हिटलरको चङ्गुलबाट भाग्न सफल रहे ।
जर्मन सेनाको हिंसात्मक हमलाविरुद्ध अन्तिम दमसम्म लड्ने, अन्त्य कस्तो हुन्छ भन्ने परवाहविना लड्ने निर्णयको दस्तावेज कतै छैन । त्यो भावना ब्रेस्ट फोट्र्रेसका प्रतिरोधी सेनाको हृदयहृदयमा थियो । घाउ लागेको छ, रगत बगेको छ, युद्धमा गोली लागेको छ यद्यपि निरन्तर सोभियत सेना लडिरह्यो । अग्रमोर्चामा उभिएर शत्रुसँग जुझिरह्यो । घाउमा लगाइएको ब्यान्डेजबाटै तपतप रगत बगिरहँदा पनि सेना लड्न छोडेन । ब्रेस्टको माटोमा त्यही रगतको इतिहास लेखिएको छ । जिउँदै हिटलर सेनाले पक्रने डर र आफन्तहरूको पीडा देख्न नसकेर केहीले आत्महत्या पनि गरे । लड्दालड्दै ढलेका कामरेडहरू भन्दै थिए –“विदा दिनु कमरेड, मेरो बदला पनि लिनू !” ठूल्ठूला र आधुनिक हातहतियारको बलमा नाजी फौजले मस्को कब्जा गर्याे तर लालसेनाले आत्मसर्पण गरेन । असाध्यै शक्तिशाली बम प्रयोग गरिएको थियो । बम पड्किँदा सम्पूर्ण सहरमा भूकम्प जान्थ्यो, आगोको लप्काले आकाश छुन्थ्यो । बमबारुदको विस्फोटसँग जुझ्न केही सोभियत सेना पिस्तोलको भरमै लडिरहेको दृश्यलाई लेखकले रोचक ढङ्गले लेखेका छन् ।
अत्यधिक वमवर्षा, लगातारको गोलाबारी, मेसिनगनको प्रहार, पैदल सेनाको बढ्दो आक्रमण, प्राविधिक श्रेष्ठताको सामना गर्नु अविश्वसनीय ढङ्गले कठिन थियो । यद्यपि, त्यसको सामना बहादुरीपूर्वक गर्नु सैन्य धर्म र अनुशासन थियो । युद्धको मुकाविला सोभियत सेनाले एकताबद्ध भएर ग¥यो । ब्रेस्टमा चलेको सो युद्धको दोस्रो दिनदेखि खानेकुरा, मेडिकल औषधिको आपूर्ति कमजोर बन्यो । व्यान्डेज सकियो, महिलाहरूले आफ्नो कपडा च्यातेर घाउ छोप्न थाले, पुरुषहरूले हातमा जे छ त्यसले घाउ छोपे । कतिपय त घाउहरू नछोपिकनै लडाइँमा जान्थे ।
घाउभन्दा सहन गा¥हो पानी प्यास हुँदोरहेछ । फोट्र्रेस टापु हो, थुप्रै नदी र केनलहरूबाट घेरिएको टापुमा पिउनका लागि पानी थिएन । पानीका स्रोतहरू सबै नाजी सेनाले थुनेको थियो । कतिपय बम पड्काउँदा बन्द भए । त्यहाँ राम्रो इनार थिएन, पानीका रिजर्भ टेङ्कहरू थिएनन् । पहिलो दिन मुखाभेट्सबाट पानीको जोहो गरियो । तर, त्यहाँ पनि तुरुन्तै नाजी सेनाले कब्जा ग¥यो । पानीको सबै स्रोत थुनिए । सम्पूर्ण सैन्य अभियान पानी अभावका कारण कमजोर बन्दै थियो । तिर्खा या प्यास तत्कालको लागि सबैभन्दा डरलाग्दो र ठूलो समस्या बन्यो ।
कतिपयले तिर्खा मेट्न भिजेको माटोलाई मुखमा राखे । कतिले आप्mनै घाउबाट रगत चुसे । तर, तिनको प्यास मेटिएन । बादलविहीन आकाशबाट वर्षाको अपेक्षा चमत्कारले मात्र पुरा गर्न सक्थ्यो । हरेक साँझ सुर्यास्तसँगै त्यो आशा पनि सेलाउँथ्यो । यद्यपि, निरन्तरको प्रतिकार जारी थियो । सो क्षेत्रमा कमिसार फोमिनको नेतृत्वमा सङ्घर्ष अघि बढ्यो । त्यसपछि हातहतियारसहित ८४ औँ र ४४ औँ रेजिमेन्टलाई पनि लडाइँ क्षेत्रका लागि खटाईको पर्याप्त हातहतियार, बमवारुद र तोपखाना उपलब्ध नहुनु पनि समस्या नै थियो कमिसार फोमीन सम्पूर्ण सेना र सिपाहीलाई उत्साह दिँदै थियो । “बन्दुकको अन्तिम गोली पनि दुश्मनको छातीमा हान्नु ।” हातहातको लडाइँमा हामी मर्ने सम्भावना त छँदै छ तर अन्तिम गोली फासीवादविरुद्ध गरेको घृणित व्यवहार, बन्दीहरूलाई दिएको शासनको लेखाजोखा नै छैन । त्यसकारण बदलाभन्दा ठूलो भोक, प्यास र शारीरिक थकान थिएन । नाजी सेना र हिटलरप्रतिको क्रोध र घृणाले सोभियतसेना भरिएको थियो । सेनालाई नाम र जीवनको कुनै माया थिएन । शत्रु परास्त गर्नु एकमात्र उद्देश्य थियो ।
“म मर्दैछु तर आत्मसमर्पण गर्दिन, मातृभूमि” भनेर भित्तामा लेखेर सहिद हुने योद्धालाई के नामको भोक थियो ? इतिहासको पानामा के आपूmलाई स्मरण गराउने चाहना थियो ? आप्mनो परिवार र आउँदो पुस्ताको निम्ति कसैले केही लेखेको थियो ? थिएन । उनको बलिदान देशको निम्ति थियो जनताको स्वतन्त्रताको निम्ति थियो । कैयौँ बेनाम वीरहरूले सोभियत किल्लाको रक्षा गरे । तिनले आप्mनो नाम नछोडेपनि देश नयाँ पुस्ताका निम्ति आजाद छोडेर गए । शत्रुसामु आत्मसमर्पण आत्महत्या हो भन्ने पाठ पढाएर गए ।
क–कसले ब्रेस्ट फोट्र्रेसमा अन्तिमसम्म लडाइँ गरे भन्ने इतिहासलाई पनि थाहा छैन । अन्तिम दिनसम्म को–को अपराजित उभिए, त्यसको हिसाब इतिहाससँग पनि छैन । धेरैैपछि पत्ता लाग्यो मेजर गाभ्रिलोभ ४४ औँ पैदलसेना रेजिमेन्टका कमाण्डरले फोर्टे«समा एकमहिनाभन्दा बढी लडेका रहेछन् । ग्रेनेडको विस्फोटबाट अचेत उनी युद्धको ३२ औँ दिनमा मात्र शत्रुको आँखामा परेका थिए । उनी नाजी फौजले हमला गरेको पहिलो दिनबाटै आप्mनो लुगाफाटा प्याक गरी आप्mनो रेजिमेन्टको हेडक्वार्टरमा पुगेका थिए । मुखाभेट्सको पुलमा शत्रुले आगो लगाइसकेपछि उनलाई ब्रेस्ट टापु पुग्न मुस्किल परेको थियो । एक कम्युनिस्ट सेना र मेसिनगनको राम्रो ज्ञान भएको कमाण्डरको हिसाबले उनले अन्तिम स्वाससम्म लड्ने उद्घोष गरेका थिए । त्यसले सारा सेनालाई मार्गनिर्देश ग¥यो । पुस्तकमा मेजर गाभ्रिलोभको युद्ध कौशल र इमानदारीको खुब चर्चा गरिएको छ । गाभ्रिलोभले धेरै दिन ओडार अर्थात् सुरुङमा बिताए । प्रकाश पनि नछिर्ने भएकोले रात हो या दिन उसलाई थाहा हुन्नथ्यो । भोक र प्यास सहन निकै कष्ट भयो । प्यास मेट्न सुरुङभित्रका इँटामा जिब्रो राख्थे । भिजेको त्यो भित्ताबाट अलिकति आर्द्रता मिल्छ भन्ने आशाले उनी त्यसो गर्थे । सुत्न सके भोक र प्यासको अनुभव कम हुन्थ्यो । युद्धको बादल शीरमा मडारिरहेको बेला उनी कसरी सुत्न सक्नु ? सम्भव थिएन । त्यसमाथि नाजी फौजको आवाज उनका नजिक आइपुग्थ्यो । केही नाजी सेना त भित्र पनि छिरेका थिए तर उनलाई भेट्टाउन सकेनन् । उनलाई आप्mनो कामरेडहरूको बडो चिन्ता हुन्थ्यो, बेखबर थिए । त्यतिबेला बेलोभेज्स्की जङ्गलमा जानु निकै जरुरी थियो । पानी, खानाको अभावको समस्या त्यहाँ केही हदसम्म समाधान हुने निश्चित थियो । गाभ्रिलोभको नेतृत्वमा सोभियत सेनालाई त्यता लगियो । आगोमा हाम फालेर जोगिनु जत्तिको खतरा थियो त्यो ।
पछि उनलाई नाजीहरूले बन्दी बनाए । सोभियत रुसले जर्मनमाथि विजय प्राप्त गरिसकेपछि मात्रै उनी मुक्त भए । उनले कहिल्यै सोभियत सङ्घका गोप्य र महत्वपूर्ण पक्षलाई नाजी सामु खोलेनन् । चरम यातना सहे तर उनले आत्मसमर्पण गरेनन् । उनलाई पछि सोभियतसङ्घको हिरोको उपाधि पनि दिइयो ।
धेरै–धेरै वीर सोभियत सेनाको बलिदानी, त्याग र सङ्घर्षबाट युद्धमा विजय प्राप्त भएको हो । सहिद हुने सेना कामरेडहरूको रगतको मूल्यमा विजय प्राप्त भएको हो । ब्रेस्ट फोर्टे«सको सङ्घर्षले नाजी र फासीवादी हिंसा आतङ्कको दृष्टान्त मात्र प्रस्तुत गर्दैन । देशको पक्षमा उभिने देशभक्तहरूले कसरी लड्नुपर्छ, त्यो शिक्षा पनि दिन्छ । मृत्युभन्दा प्यारो देश हुनुपर्छ, जीवनभन्दा प्यारो युद्धमा विजय प्राप्ति हुनुपर्छ । यही भावनाका साथ आजको विश्वमा साम्राज्यवाद र फासीवादविरुद्ध लड्नका निम्ति आवश्यक छ ।
Password Victory, Vol I
Leave a Reply