ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
भक्तपुर, १७ फागुन । भक्तपुरको ऐतिहासिक न्हू पुखू (रानीपोखरी) जीर्णोद्धारपछि मङ्गलबार एक भव्य समारोहबीच उद्घाटन भयो । न्हू पुखूको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छँे (रोहित) ले पानसमा दीप प्रज्ज्वलन तथा रिबन काटेर गर्नुभएको हो । समारोहमा उहाँले भक्तपुर नपाबाट प्रकाशित रानी पोखरी जीर्णोद्धार २०७८ पुस्तक पनि विमोचन गर्नुभयो । भक्तपुरको रानीपोखरी नामले चिनिएको उक्त पोखरीको निर्माण ने.सं. ७५० अर्थात् वि.सं. १६८७ मा तत्कालीन मल्लवंशी राजा जगज्र्योति मल्लको शासनकालमा भएको बताइएको छ । मल्ल शासनको अन्तपछि बेवास्तामा परेको उक्त पोखरी पञ्चायती शासनकालमा २०४० सालमा नेपाली सेनाको ब्यारेकभित्र पारिएको थियो ।
उद्घाटन समारोहमा अध्यक्ष बिजुक्छेले न्हू पुखूलाई जीर्णोद्धार गरी नयाँ रूप दिन सफल भएकोमा भक्तपुर नगरपालिकालाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले पुर्खाले सिर्जेका धरोहरहरूको मर्मत, सम्भार र पुनःनिर्माण गर्नु मानव सभ्यतालाई जोगाउनु हो भन्नुभयो ।

नेपाल तिब्बत–चीन तथा भारतको सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उहाँले काठमाडौँ उपत्यकाका मन्दिर, मठ र घरहरूको शैली प्राचीन चिनियाँ शैलीसित मिल्ने र मन्दिरभित्रका देवीदेउता र संस्कार भारतीय संस्कृतिसित मिल्ने बताउनुभयो ।
सम्पदा संरक्षण र जीर्णोद्धारको भक्तपुर नगरपालिकाको अग्रसरता प्रशंसनीय भएको बताउँदै उहाँले हाम्रा सम्पदा, संस्कृति र वास्तुकलाहरूलाई पर्यटन विकास र सभ्यता अध्ययनस्थलको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
विदेशमा पढेर आएका र स्थानीय सांस्कृतिक सम्पदाबारे जानकारी नभएका मानिसहरू पुरातत्व विभागको महानिर्देशक वा हाकिम बनेर आउँदा सम्पदा संरक्षणमा यथोचित ध्यान पुग्न नसकेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले स्थानीय तहका सरकारलाई पुरातत्व संरक्षणको अधिकार दिए देशका सांस्कृतिक सम्पदा संरक्षण र संवद्र्धन हुने बताउनुभयो ।

उहाँले नयाँ पुस्तालाई विद्यालय तहदेखि सांस्कृतिक सम्पदाहरूको महत्व र औचित्यबारे पाठ्यपुस्तकमा समावेश गरी अध्ययन अध्यापन गराउन आवश्यक छ भन्नुभयो ।
उहाँले पुराना पोखरी, ढुङ्गेधारा, इनारलगायतको प्राकृतिक पानीको स्रोतको रूपमा रहेका राजकुलो र माटाका पाइपको स्थिति पहिचान गरी संरक्षण गर्नुपर्ने बताउँदै त्यसबाट पोखरी, ढुङ्गेधारा, इनारलगायतमा स्वाभाविकरूपमा पानी आपूर्ति हुनसक्ने र कृत्रिम धारा वा अन्य स्रोतबाट पानी राख्न आवश्यक नहुने औँल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेँले संरा अमेरिकाले विश्वका ८० भन्दा बढी देशमा २ सत्र्न्दा बढी स्थानमा सैनिक आधार शिविर राखेर विश्वलाई नै आक्रमणको धम्की दिइरहेको बताउँदै संरा अमेरिका र नाटोकै कारण रुस–युक्रेन युद्ध निम्तिएको हो भन्नुभयो ।

नेमकिपाका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभाका सङ््घीय सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीका अग्रज तथा जनप्रतिनिधिहरूले पञ्चायतकालदेखि नै सम्पदा संरक्षण र विकास निर्माणको काम उपभोक्ता समिति र जनताको सहभागितामा सम्पन्न गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले आफ्नै स्रोत र साधनबाट न्हु पुखू जीर्णोद्धार गरी देशकै लागि उदाहरणीय र उल्लेखनीय काम गरेको बताउँदै उहाँले भक्तपुर नपा, नेपाली सेना र स्थानीय जनताको संयुक्त अगुवाइले गर्दा रानीपोखरी जीर्णोद्धार सम्भव भएको बताउनुभयो ।
उहाँले व्यापक जनताको विरोधबीच एमसीसी सम्झौता नेपालको संसद्बाट अनुमोदन गरी जनतालाई धोका दिने शासक दलहरू विदेशी दलाल साबित भएको बताउनुभयो । एमसीसी नेपालको संसद्बाट पारित भएसँगै नेपालको सार्वभौमिकता खतरामा परेको आँैल्याउँदै उहाँले एमसीसी सम्झौता लागु भएमा नेपालको संविधान लागु नहुने स्थिति उत्पन्न हुने र नेपाललाई
आजको युक्रेनको स्थितिमा पु¥याउने खतरा भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणमा गरिरहेको अगुवाइमा भक्तपुरवासी जनताको सहयोगको इतिहासले उच्च मूल्याङ्कन गर्ने बताउनुभयो । भक्तपुरमा अवस्थितमात्रै नभई देशको कुनै पनि सम्पदा परम्परागत शैलीमा पुनःनिर्माण गर्न भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू निरन्तर कटिबद्ध भएर लागिरहने विश्वास उहाँले दिलाउनुभयो ।
कैयौँ लोप भइसकेका र लोपोन्मुख सम्पदाहरूको अध्ययन, अनुसन्धान र उत्खनन गर्दै भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण र संवद्र्धनलाई जोड दिँदै आएको बताउँदै ऐतिहासिक महत्वका भाजुपोखरी र रानीपोखरी (न्हू पुखू) को पुनःनिर्माण एकसाथ भइरहेकोमा रानीपोखरी पुनःनिर्माण सम्पन्न भएको र भाजु पोखरीको पुनः निर्माण कार्य अन्तिम चरणमा पुगेको अवगत गराउनुभयो ।

नेमकिपा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेपालको ऐतिहासिक धरोहर र सम्पदालाई अझ नयाँपन दिई जीर्णोद्धार गर्नु समयको माग भएको बताउनुभयो ।
इतिहास बोकेको भक्तपुरको रानीपोखरी जीर्णोद्धार गरी भक्तपुर नपाले देशकै लागि नमुना र उदाहरणीय कार्य गरेको बताउँदै उहाँले मौलिक सम्पदालाई जीवन दिने भक्तपुर नपाको प्रयास र अभ्यासलाई इतिहास र विश्व जगतले यथोचित मूल्याड्ढन गर्ने बताउनुभयो ।
रानीपोखरी जीर्णोद्धारमा आबद्ध सम्पूर्ण अभिनन्दनको पात्र बन्नुभएको बताउँदै उहाँले उपभोक्ता समितिका पदाधिकारीहरूले मनैदेखि देशको सम्पत्ति जोगाउन लागिपरेको बताउनुभयो ।
बाग्मती प्रदेशका प्रदेश सभा सदस्य सृजना सैँजूले भक्तपुर नपाले जीर्णोद्धार गरेको भक्तपुरको ऐतिहासिक रानीपोखरी भक्तपुर र सिङ्गो देशको लागि उपहारस्वरूप प्राप्त भएको पोखरी हो भन्नुभयो ।

नयाँ पुस्ताका धेरैलाई भक्तपुरको रानीपोखरीबारे अध्ययन अनुसन्धान गर्ने सुनौलो अवसर भक्तपुर नपाले दिएको बताउँदै उहाँले भक्तपुर नपाको सोच र विचार देशका धेरै स्थानीय तहको लागि आदर्श र उदाहरणीय सावित भएको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारालाई सार्थक बनाउँदै ऐतिहासिक रानीपोखरीको जीर्णोद्धार सम्पन्न गरेको अवगत गराउँदै पोखरीको उद्घाटनसँगै सर्वसाधारण जनताको लागि खुला हुने बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रानीपोखरी प्रवेश गर्ने बाह्य पर्यटकहरूलाई न्यून शुल्क उठाउन सके पोखरी संरक्षण, सरसफाइ र मर्मत सम्भारमा मद्दत पुग्ने बताउनुभयो ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भक्तपुर नपाले पोखरीको सम्पूर्ण जानकारी समाविष्ट पुस्तक प्रकाशन गरी उल्लेखनीय काम गरेको बताउँदै रानीपोखरी संरक्षणसँगै पोखरीको सुन्दरता अझ बढेकोे बताउनुभयो ।
विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले नेपालका ऐतिहासिक एवम् सांस्कृतिक सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा नेपाल सरकारको प्रत्यक्ष र परोक्ष सहयोग हुनुपर्ने बताउँदै भक्तपुर नपाले विश्व सम्पदामा सूचिकृत सम्पदाहरू उपभोक्ता समितिबाट मौलिक र गुणस्तरीय ढङ्गले जीर्णोद्धार गर्दै आइरहेको उल्लेखनीय छ भन्नुभयो ।
इतिहास्विद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले ऐतिहासिक रानीपोखरी अध्ययन अनुसन्धानका क्रममा धेरै नयाँ तथ्यहरू पत्ता लागेको बताउँदै पोखरीबारे प्रतिवेदन तयार गर्ने क्रममा वैज्ञानिक ढङ्गबाट विवेचनात्मक अध्ययन अनुसन्धान गर्न पाएको बताउनुभयो ।
राष्ट्रिय कला सङ्ग्रहालयका कार्यालय प्रमुख मोहनसिंह लामाले नेपाल सेनाको मातहतमा रहेको भक्तपुरको रानीपोखरी संरक्षण र संवद्र्धनमा नपाबाट गठित समितिमा बसेर काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै भक्तपुर नपाले उपभोक्ता समिति र जनसहभागितामा गरेको कार्य सराहनीय छ र पुर्खाको सम्पत्ति संरक्षण पनि भएको बताउनुभयो ।
कार्यक्रममा भनपा १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले रानीपोखरी जीर्णोद्धारको सङ्क्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभयो भने प्राविधिक समितिका सुनिल दुवालले प्राविधिक समितिको प्रतिवेदन प्रस्तुत, भक्तपुर मासिकका सम्पादक लक्ष्मणराज जोशीले नपाबाट प्रकाशित पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर नपाका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि सम्पदाको महत्वबारे बोल्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन अगाडि विभिन्न बाजागाजासहित दूधपाटीबाट सुरु भएको कार्यक्रम स्थलमा पुगी उद्घाटन समारोहमा परिणत भएको थियो । रु. २ करोड ७५ लाख ९५ हजार १९८।४० को कार्य मूल्याड्ढन रहेको उक्त पोखरीमा २२ टोलीका ८८४ जनाले जनश्रमदान गरेका थिए भने पोखरीको कुल खर्च २ करोड ५४ लाख ८३ हजार ५८७।४७ रहेको कुरा नपाबाट प्रकाशित पुस्तकमा उल्लेख गरिएको छ । पोखरीको उद्घाटनकै अवसर पारेर आजै साँझ रानीपोखरी परिसरमा दीपावली गरिएको छ ।
Leave a Reply