भर्खरै :

सक्वको म राजदास–१२६/ दुख्छ धेरै मुटु यो रुस–उक्राइना युद्धले

रुस–उक्राइना युद्ध हिजो आज उक्राइनाको मुख्यमुख्य सहरहरूमा चलिरहेको छ । युद्ध सुरु भएको हप्ता दिन हुँदा उक्राइनाको एक सहर मारुवापुलानजिक पुगेको छु । रुसी सेनाले भने, अर्काे सहर खेरसोन पनि रुसी सेनाको कब्जामा गएको छ ।
त्यस्तै उक्राइनाको दोस्रो ठूलो सहर खार्काेभभित्रसम्म छिरिसकेको छ । रुसी सेनाले भने, “त्यहाँ सडक गल्ली भित्रभित्र भिडन्त भइरहेका छन् ।”
हिजो अस्तिमात्र खार्काेभमा बस्ने एक ऊक्राइनी साथीसँग फोनमा कुरा हुँदा उनले त्यहाँको अवस्था धेरै गम्भीर र धेरै कष्टमय भएको बताए । सडक–सडकमा लडाकु तथा नागरिकहरूको लास यत्रतत्र छरिरहेको देखिन्छ । ती लासहरू उठाउने योद्धासमेत नभएको दुरवस्था छ । सहरमा बिजुली बत्ती नहुनुको साथै पानीको पनि अभाव छ । कृषि फार्म बनाएर बसेका मेरो छोरोको मिलनसार साथी ‘आलेग’ २०÷२२ वर्ष पहिले नेपाल घुम्न आएका थिए । मेहनती, परिश्रमी उक्राइनाका साथी उनी सानो तिनो घरेलु उद्योग गर्न सिपालु छन् । मेरो जेठो छोरा अलेक्जेन्डरको पहिलो छोरा निकिताको धर्म–पिता पनि हुन् उनी ।
हामी कहाँ धर्मपुत्र पालेझैँ रुसमा धर्मपिता बनाउने चलन छ । आलेग मेरो नाति निकिताको धर्मपिता हुन् । नाति निकिता अहिले २० वर्ष भएको छ । गत ७÷८ महिनादेखि रुसी सेनामा सैनिक तालिम प्राप्त गर्न भर्ती भएको छ । अहिले ऊ रुसी उक्राइना फ्रन्टमा छ । रुसमा प्रत्येक नागरिकले सैनिक तालिम लिनुपर्छ र अक्सर १०÷१२ कक्षाको स्कूलको पढाइपछि १९÷२० वर्ष हुँदा सेनामा एक वर्ष तालिम सेवा लिनुपर्छ । तत्कालीन सोभियत सङ्घमा पनि प्रत्येक सोभियत नागरिक (केटा) ले तीन वर्षको सैनिक अभ्यास तालिममा जानुपथ्र्याे । कुन ठाउँमा जाने, कुन सैनिक अभ्यासमा लगाउने आदि कुरा घरमा कसैलाई भन्दैनथ्यो र त्यसबेला धेरैजसोलाई सोभियत सङ्घ बाहिर सोभियत सैनिक गठबन्धन ‘वार्सा सन्धि सङ्गठन’ का मुलुकहरूमा पठाइन्थे । वार्सा सैनिक सङ्गठनका मुलुकहरूभन्दा पूर्वी जर्मनी, चकोस्लोभाकिया, पोल्यान्ड, हङ्गेरी, रोमानिया, बल्गेरिया थिए ।
 

खार्काेभ हिजो


अमेरिका र पश्चिमी युरोपियन देशहरू मिलेर बनाइएको ‘उत्तर एटलान्टिक सैनिक गठबन्धन’ (नाटो) जस्तै सोभियत सङ्घले आफ्नो पूर्वी युरोपका समाजवादी देशहरू मिलाएर वार्सा सन्धि सङ्गठन (वार्सा प्याक्ट) बनाएको थियो । तर, सन् १९९१ मा सोभियत सङ्घको विघटनपछि वार्सा सैनिक सङ्गठन पनि विघटन भयो । वार्सा प्याक्टका कैयौँ मुलुकहरू जस्तै पोल्यान्ड, चेकोस्लोभाकिया आदि ‘नाटोे’ समूहमा समाहित हुन गए । अन्तमा आएर रुसी महासङ्घको नजिक रहेका सामरिक हिसाबले अति महत्वपूर्ण र प्राकृतिक स्रोत साधनले भरिपूर्ण भएको देश उक्राइनालाई ‘नाटो’ समूहमा मिलाउन संयुक्त राज्य अमेरिकाले हर प्रयास गर्दै आयो । अमेरिकाकै उक्साहटमा उक्राइना उक्त सैनिक सङ्गठनमा मिल्न जान र युरोपियन यूनियनको सदस्य बन्न धेरै लालायित भयो । आजको रुसी–उक्राइनाको मूल कारण नै यही हो भन्दा सायद केही फरक नपर्ला ।
तत्कालीन सोभियत सङ्घ र हाल रुसी महासङ्घका जन्मजात शत्रु अमेरिकी साम्राज्यवाद नै आज भइरहेको रुसी–उक्राइना युद्धको मूल जरो हो । अमेरिकी साम्राज्यवादको मूल नीति नै कुनै देश र क्षेत्रमा प्रवेश गरी त्यस क्षेत्रअन्तर्गतका मुलुकहरूमा आतङ्क सृजना गरी आफूले फाइदा उठाउने र त्यस क्षेत्रमा आफ्नै वर्चस्व कायम गर्नु हो ।
भियतनाम युद्ध, कोरिया युद्ध, इरान–इराक युद्ध अनि सिरिया, लिविया देशहरूमा नग्न आतङ्क गरी ती देशका जनसमर्थित सरकार र सरकार प्रमुखहरूको हत्या गरी आफ्नो प्रभुत्व जमाउने अमेरिकी साम्राज्यवादको नीतिअन्तर्गत विश्वका हरेक कुनाकाप्चामा आतङ्क र द्वन्द्व फैलाई आफ्नै सैनिक शक्ति स्थापना गरेर उक्त देशहरू र उक्त क्षेत्रहरूका प्राकृतिक स्रोतसाधनमाथि आधिपत्य कायम गरिएको हो ।
खाडी क्षेत्रका एक शक्तिशाली र आर्थिक सम्पन्न देश इराकमाथि आक्रमण गरी त्यहाँका प्रभावशाली नेता सद्दाम हुस्सेनको हत्या गरेर देशलाई भताभुङ्ग पारी आज अमेरिकाले इराकको तेलमाथि आफ्नो कब्जा जमाई बसेको छ । त्यस्तै लिवियाका नेता कर्णेल गद्दाफीलाई विभिन्न प्रपञ्च गरी आफ्नै देशका जनताबाट निर्मम हत्या गर्न लगाई लिवियालाई ध्वस्त बनाएर त्यहाँको तेलमाथि कब्जा जमाउने काम गरियो ।
आजका रुसी–ऊक्राइना युद्ध यही अमेरिकी साम्राज्यवादको आक्रामक स्वभाव र नीतिका कारण भएको हो । नाटो सैनिक सङ्गठन र युरोपियन सङ्घको सदस्यताको गुलियो चास्नी देखाएर उक्राइनालाई रुसी महासङ्घबाट अलग्याउने प्रयास हो यो ।

खार्काेभ आज


उक्राइना विश्वकै एक ठूलो खाद्यान्न उत्पादक देश हो । यूरोपमा सबभन्दा बढी खाद्यान्न र खाने तेल (सूर्यमुखी तेल) उत्पादन गर्ने मुलुकमा उक्राइना सायद १÷२ नम्बरमा आउँछ ।
उक्राइनाको डन्बासा क्षेत्र अति मलिलो कालो माटो (च्योर्नज्योम–ब्लाय्क स्वाइल) ले बनेको छ । उक्राइनाको यस डन्बासा क्षेत्र युरोपका सबभन्दा बढी खाद्यान्न उत्पादन गर्ने क्षेत्रमा गनिन्छ ।
त्यही डन्बासा क्षेत्रमा विशाल कोइला खानी छ । यसबाहेक उक्राइना विभिन्न खनिज पदार्थहरूको भण्डारण पनि छ ।
यसबाहेक उक्राइना युरोपमा एक महत्वपूर्ण सामरिक स्थल पनि हो । विश्वको सबभन्दा ठूलो ताल कृष्ण सागर परापूर्व कालदेखि एक महत्वपूर्ण सैनिक स्थल र पर्यटकीय सुन्दर जलाशय भएर बसेको छ । ओदेस्या (इमभककब) सिम्फेरोपोलजस्ता महत्वपूर्ण बन्दरगाहहरूले सुसज्जित कृष्ण–सागर (ब्लायक सी) सामरिक, औद्योगिक, व्यापरिक हरेक क्षेत्रले अति महत्वपूर्ण सुन्दर स्थल हो । त्यसैकारण, प्राकृतिक स्रोतसाधनले अति सम्पन्न त्यसमाथि पनि एक औद्योगिक राष्ट्र उक्राइनामाथि साम्राज्यवादी देश अमेरिका र नाटोको आँखा पर्नु कुनै अनौठो कुरा छैन । कुनै पनि तरिकाले उक्राइनालाई आफ्नो खेमामा तानेर रुसलाई एक्ल्याउने नीतिअनुरूप नै आज रुस र उक्राइनाबीच अप्रिय घटना भएको छ । आशा गरौँ, छिटोभन्दा छिटो यो अमानवीय युद्धको अन्त्य होस् र पूर्वी युरोपको यो सुन्दर क्षेत्रमा शान्ति र सुरक्षा कायम होस् ।
आलेग र निकिता
आलेग मेरो छोरा अलेक्जेन्डर श्रेष्ठको मिल्ने उक्राइनी साथी हो । मेरा छोराहरू उक्राइनामा जन्मेका भए पनि अहिले उनीहरू रुसी नागरिक हुन् र मस्कोमा बस्छन् । आलेग उक्राइनाको दोस्रो ठूलो सहर खार्काेभमा बस्छन् । आलेगलाई निकिताको धर्मपिता बनाइएको छ ।
निकिता आजभोलि रुसी सैनिक तालिमअन्तर्गत रुसी जलसेनाको एक जहाजमा छ र उक्त जहाज अहिले कृष्ण सागरमा रुसी–उक्राइनाको सीमावर्ती क्षेत्रमा तैनाथ छ । कुनै पनि बेला जे पनि हुनसक्छ । मानौँ, सैनिक तालिममा रहेका मेरा नातिलाई युद्ध क्षेत्र (फ्रन्ट) मा पठाइयो र सामुन्ने आलेग उक्राइना सरकारले दिएको बन्दुक बोकेर निकितासामु प¥यो भने …। जस्ता यस्ता कुरा हिजो आज मेरो दिमागमा खेलिरहन्छ । मनमनै सोचिरहन्छु कहिले होला यो युद्धको अन्त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *