भर्खरै :

पश्चिमा प्रचारमाध्यमले लुकाएका तथ्य

यतिखेर रुस र उसको छिमेकी देश युक्रेनबीच युद्ध चुलिएको अवस्था छ । पश्चिमा सञ्चारमाध्यमहरू र तिनका उपग्रह सञ्चारमाध्यमहरूले रुसले युक्रेनमाथि हमला गरेको कुरालाई मात्र प्रचार गरिरहेका छन् । रुसले किन कुनै समय आफ्नै एक भाग रहेको युक्रेनमाथि हमला गर्ने अप्रिय निर्णय लियो भन्नेबारे विश्लेषण कमैमात्र हुने गरेको पाइरहेका छौँ ? वास्तवमा रुस–युक्रेन युद्ध संरा अमेरिका र पश्चिमा देशका शासकहरूको दशकौँ लामो अवधिसम्मको लगानी र प्रयत्नको फल हो ।
विश्व इतिहासको सामान्य जानकारी जो कोहीलाई थाहा छ, १९९० अगाडिसम्म रुस र युक्रेनसहित रुस सीमा जोडिएका १५ वटा देशहरू एउटै सङ्घीय देश थियो – समाजवादी सोभियत गणतन्त्र सङ्घ । पश्चिमा शासकहरूको षड्यन्त्र र सोभियत कम्युनिस्ट पार्टीको नेतृत्वमा विश्वासघातीहरूको कब्जा हुन गएपछि सोभियत सङ्घ विघटन गरी समाजवादी व्यवस्थालाई पुँजीवादी व्यवस्थाले प्रतिस्थापन गरेको थियो । सोभियत सङ्घसित पाँच दशक लामो शीतयुद्धमा रहेका पश्चिमा पुँजीवादी देशका शासकहरूका लागि त्यो ठूलो विजय थियो र सोभियत जनताको अस्थायी हार । सोभियत सङ्घ विघटन भएपछि नयाँ बनेका छिमेकी देशहरूमध्ये केहीसित रुसको सम्बन्ध सुमधुर थियो भने केहीसित केही चिसिएको थियो । सम्बन्ध जे जस्तो भए पनि जारकालीन रुसको भागको रूपमा रहेका ती देशहरूलाई रुसले आफ्नो सुरक्षाको सङ्घार मान्छ । रसियामा पुँजीवादको पुनःस्थापना भए पनि त्यस देशले पश्चिमा शासकहरूको पाउमा आफ्नो सम्पूर्ण हित चढाउन सक्ने कुरा थिएन । विशेषगरी वर्तमान रुस राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा आएदेखि संरा अमेरिका र पश्चिम युरोपका शक्ति राष्ट्रहरूसँग आपसी सुरक्षाको नयाँ नियम स्थापित गर्न पटकपटक वार्ताहरू भए र धेरै सम्झौताहरू पनि भए । ती सम्झौतामा पूर्वी युरोपेली देशहरू र विशेषगरी पूर्व सोभियत गणतन्त्रहरूलाई संरा अमेरिकाको नेतृत्वमा रहेको सैनिक सङ्गठन –नाटोको सदस्य नबनाउने स्पष्ट उल्लेख थियो ।

सन् २०१० मा निर्वाचित भएका राष्ट्रपति भिक्टर यानुकोभिचले रुससित सम्बन्ध प्रगाढ बनाउँदै नाटोको सदस्यताको सबै प्रक्रिया स्थगित गरिदिएपछि २०१४ मा उनको विरुद्ध हिंसात्मक सडक आन्दोलन र पछि सैनिक विद्रोह गर्न लगाइयो । सैनिक विद्रोहमार्फत सत्तामा आएका नवनाजीवादीहरूले पुनः युक्रेनलाई युरोपली सङ्घ र नाटोको सदस्य बनाउने, संरा अमेरिका र पश्चिमा देशहरूबाट लामो दूरीको क्षेप्यास्त्र ल्याएर रुसविरुद्ध तेस्र्याउने, नवनाजीवादहरूको छुट्टै सेना निर्माण गर्ने, रुसको कूटनीतिक प्रयासलाई कमजोरीको रूपमा लिएर हेपाहा व्यवहार देखाउन थाले । रसियाली नेतृत्वले आफ्नो देशको सुरक्षाको लागि आवश्यक कदम चाल्न बाध्य भएको अनुभूति ग¥यो । रुसको विशेष सैनिक कारबाही आफूमाथिको सम्भावित हमलालाई पहिल्यै निस्तेज पार्ने कदम हो । पश्चिमा प्रचार माध्यमले यी सबै तथ्यहरूलाई भने लुकाएर एकोहोरो रुस र रुसको गौरवमय समाजवादी विगतमाथि हिलो छ्यापिरहेका छन् ।

ती सम्झौताहरूलाई बर्खे भेलमा बगाएर पश्चिमाहरूले पूर्वी युरोपका पोल्यान्ड, हङ्गेरी, चेक गणतन्त्र, इस्टोनिया, लाट्भिया, लिथुआनिया, बल्गेरिया, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, अल्बानिया, क्रोयसिया, मोन्टेनेग्रो, उत्तरी मेसेडोनियालगायतलाई धमाधम नाटोको सदस्यता दिए । पूर्वतिर नाटोको विस्तारलाई रुसले आफ्नो सुरक्षाका लागि खतरा देख्यो र त्यस्तो नगर्न पटकपटक चेतावनी दियो । रुसको पश्चिममा नाटोको सदस्यता नपाएका देश युक्रेन र बेलारुसमात्र बाँकी छन् ।
पश्चिमा शासकहरूले युक्रेनको सत्तामा आएका हरेक राष्ट्रपतिहरूलाई साम, दाम, दण्ड र भेदको नीति अपनाएर रुसविरुद्ध जान उक्साइरहे । सन् २०१० मा निर्वाचित भएका राष्ट्रपति भिक्टर यानुकोभिचले रुससित सम्बन्ध प्रगाढ बनाउँदै नाटोको सदस्यताको सबै प्रक्रिया स्थगित गरिदिएपछि २०१४ मा उनको विरुद्ध हिंसात्मक सडक आन्दोलन र पछि सैनिक विद्रोह गर्न लगाइयो । सैनिक विद्रोहमार्फत सत्तामा आएका नवनाजीवादीहरूले पुनः युक्रेनलाई युरोपली सङ्घ र नाटोको सदस्य बनाउने, संरा अमेरिका र पश्चिमा देशहरूबाट लामो दूरीको क्षेप्यास्त्र ल्याएर रुसविरुद्ध तेस्र्याउने, नवनाजीवादहरूको छुट्टै सेना निर्माण गर्ने, रुसको कूटनीतिक प्रयासलाई कमजोरीको रूपमा लिएर हेपाहा व्यवहार देखाउन थाले । रसियाली नेतृत्वले आफ्नो देशको सुरक्षाको लागि आवश्यक कदम चाल्न बाध्य भएको अनुभूति ग¥यो । रुसको विशेष सैनिक कारबाही आफूमाथिको सम्भावित हमलालाई पहिल्यै निस्तेज पार्ने कदम हो । पश्चिमा प्रचार माध्यमले यी सबै तथ्यहरूलाई भने लुकाएर एकोहोरो रुस र रुसको गौरवमय समाजवादी विगतमाथि हिलो छ्यापिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *