नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पेइचिङ, ६ मार्च । विश्वभर पर्यवेक्षकहरूले निकै अभिरूचिका नियाल्ने गर्दै आएको छिमेकी देश चीनको दुई सदनका दुई वार्षिक अधिवेशनमध्ये राष्ट्रिय जनकङ्ग्रेसको अधिवेशन बैठक शनिबारबाट राजधानी पेइचिङमा सुरू भएको छ ।
ग्रेट हल अफ द पिपुलमा सुरू भएको ते¥हौँ राष्ट्रिय जनकङ्ग्रेस (एनपीसी) को पाँचौँ अधिवेशनको आरम्भमा चीनका नेताहरू सी चिनफिङ, लि खस्याङ, वाङ याङ, चाओ लेची, हान चेङ र वाङ छिशानलगायत सहभागी हुनुहुन्थ्यो ।
अधिवेशनको अध्यक्षमण्डलका कार्यकारी अध्यक्ष ली चाङशुले बैठकको अध्यक्षता गर्नुभएको थियो ।
अधिवेशन बैठकमा प्रधानमन्त्री ली खस्याङले चीन सरकारको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै सन् २०२१ को सिंहावलोकन र सन् २०२२ मा सामाजिक र आर्थिक विकासको समग्र आवश्यकता र नीतिगत पक्षबारे प्रकाश पार्नुभयो ।
उहाँले सन् २०२१ लाई कोशेढुङ्गाको संज्ञा दिँदै चीनले देशभित्र र बाहिर जटिलभन्दा जटिल समस्या र चुनौतीबीच बितेको वर्ष एकपछि अर्को नयाँ र प्रमुख उपलब्धिहरू हासिल गर्न सफल भएको बताउनुभयो ।
“हामीले हाम्रो उपलब्धिको चर्चा गर्दै गर्दा हामीले हाम्रासामु तेर्सिएका समस्या र चुनौती कदापि भुलेका छैनौँ”, प्रधानमन्त्री लीले भन्नुभयो ।
उहाँले बाटोमा तेर्सिएका समस्या र चुनौतीको सामना गर्नुपर्नेमा जोड दिंदै जनताको अपेक्षा पूरा गर्न सक्दो सबै काम गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीले सन् २०२२ मा चीनको कुल गार्हस्थ उत्पादनको वृद्धि झन्डै ५.५ प्रतिशत पु¥याउने, १ करोड १० लाख थप सहरी रोजगारी सिर्जना गर्ने र उपभोक्ता मूल्य सूचाङ्क झन्डै ३ प्रतिशतले बढाउने लक्ष्यबारे जानकारी दिनुभयो ।
उहाँले सन् २०२२ का प्रमुख जिम्मेवारीमध्ये बृहत् अर्थतन्त्रमा स्थायी प्रस्तुति, रोजगारी सुरक्षा कायम गर्ने, सुधारलाई थप गहन बनाउने र खुलापनलाई अझ उच्च तहमा विस्तार गर्ने भएको बताउनुभयो ।
राष्ट्रिय जनकङ्ग्रेस (एनपीसी) को स्थायी समितिका उपाध्यक्ष वाङ चेनले स्थानीय जनकङ्ग्रेस र स्थानीय जनसरकारका मौलिक कानुनमा प्रस्तावित संशोधन प्रस्तुत गर्नुभयो ।
चीनको संविधानअनुसार विद्यमान तेह«ौँ एनपीसीका सांसदहरूको कार्यकाल सकिनुअघि सन् २०२३ को जनवरीमा चौधौं एनपीसी सदस्यको लागि चुनाव हुनुपर्नेछ । अहिलेका सांसदहरूको कार्यकाल सन् २०२३ को मार्चमा सकिँदै छ ।
अधिवेशन बैठकमा उपाध्यक्ष वाङले चौधौँ एनपीसी सदस्यको लागि हङकङ र मकाउबाट छनोट प्रक्रियाबारे जानकारी दिनुभयो ।
Leave a Reply