भर्खरै :

संसद् अवरोधमै धमाधम निर्णय बानियाँ निलम्बन

काठमाडौँ, २२ गते । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरू हुने कार्यसूची भएकोमा एक घण्टापछि दिउँसो २ बजे सुरू भयो । यसअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेरविरूद्धको महाभियोग छानबिन गर्ने समिति गठनबारे दलहरूको सहमति गर्न समय लागेकोले ढिलो भएको समाचार छ ।
सभामुख अग्नि सापकोटाले बैठक सुरू गर्नुभएलगत्तै सदाझैँ एमाले सांसदहरूले सभामुखको अगाडि गएर नारा लगाए ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा सांसदहरूको शून्य समय र विशेष समयमा बोल्ने व्यवस्था नहुँदा जनताको विरोध भएको तर्फ सभामुखको ध्यानाकर्षण गराउँदै बोल्ने समय उपलब्ध गराउन आग्रह गर्नुभयो ।
बैठकमा प्रमको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले अख्तियारको प्रतिवेदन पेश गर्नुभयो ।
सभामुख सापकोटाले संसद् बैठक अवरोधमा संलग्न एमालेका सांसद ३ जनासहित ११ जनाको महाभियोग छानबिन समिति गठन भएको घोषणा गर्नुभयो ।
सांसद सुवालले संसद् अवरोधको बेला सांसदहरूलाई बोल्ने समय उपलब्ध नहुने तर कार्यसूचीका विषय निर्णयार्थ पेश हुने सांसदहरूलाई ‘हुन्छ’ र ‘हुन्न’ भन्न लगाई बहुमतबाट पारित गर्नु उचित नहुनेतर्फ सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवाल आफ्नो स्थानमा उभिएर विषय प्रस्तुत गर्नुहुँदा सचिवालयबाट माइक खोल्ने काम गरिएन ।
बैठकमा सभामुखले महिलामाथि दुव्र्यवहार आरोप लागेका एमालेका मुगुका सांसद मोहन बानिया प्रहरी पक्राउमा परेको हुँदा निलम्बनमा परेको जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *