नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
काठमाडौँ, २३ फागुन । चिनियाँ नेता माओ त्से तुङले तत्कालीन चिनियाँ परिस्थितिमा महिलाको अवस्थाबारे भन्नुभएको थियो, ‘चीनमा एक जना पुरुष विशेषगरी तीन किसिमका सत्ताको थिचोमिचोमा परेका छन्–राजनीतिक सत्ता, परिवारको सत्ता र धार्मिक सत्ता । महिलाहरू भने यी तीन सत्ताका साथै थप अर्को एउटा सत्ताको थिचोमिचो भोग्दै छन्, त्यो हो पुरुषको सत्ता । यी चार वटै सत्ता सिङ्गो सामन्ती पितृसत्ताको विचारधारा र व्यवस्थामा आधारित छन् । चिनियाँ जनता, विशेषतः किसानहरू यी चार वटा मोटा डोरीले बाँधिएका छन् ।’
चीनको आजको परिस्थिति तत्कालीन अवस्थाभन्दा निकै फरक भइसकेको छ । प्रगतिशील राजनीति, शिक्षा, आर्थिक अधिकार र प्रविधिको विकासले चीनका महिलाहरू धेरैथरी ‘मोटा डोरी’ बाट मुक्त भइसकेका छन् । तर, अझै पनि चार सत्तामध्ये कुनै न कुनै सत्ताले महिलामाथिको उत्पीडन भने कुनै न कुनै सीमासम्म कायम नै राखेको छ ।
माओले चीनको सन्दर्भमा गर्नुभएको विश्लेषण नेपालको सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक छ । नेपाली महिलाहरू आज पनि यी चारवटै सत्ताको जाँतोमुनि पिल्सिएकै छन् । ६ दशकअघिको राणाशासनको तुलनामा आजको नेपाली राजनीतिक सत्ता महिलाप्रति पक्कै उदार र फराकिलो बनेको छ । महिलाका राजनीतिक, आर्थिक र सामाजिक अधिकार हिजोको तुलनामा फराकिलो पक्कै बनेको छ । तर, सामन्तवादसँग सालनाल काटिनसकिएको नेपालको पुँजीवादी व्यवस्थाले महिलाविरुद्ध जताततै उत्पीडनको पासो थापेको छ । सरकारी अभिलेख, ऐन–कानुनमा महिलालाई तुलनात्मकरूपमा समान अधिकार दिइएको भान पार्ने प्रशस्त अक्षर खर्च गरे पनि भुइँ तहका महिलाको अवस्था ६ दशकअघिको राणाकालीन समत्र्न्दा तात्विक अन्तर हुन सकेको छैन । प्राथमिक तहको कक्षा कोठादेखि सिंहदरबारका खोपीहरूसम्म, हरेक घरको चुलो–चौकादेखि न्यायालय र सरकारका क्याबिनहरूसम्म नियाल्दा अझै पनि श्रमिक महिलाहरू उपेक्षाको घाउचोट सुमसुमाउँदै गरेको भेटाउँछौँ ।
पुँजीवादी बजारले महिलालाई सौन्दर्य सामग्री बनाएको छ । सामन्ती चिन्तनले महिलालाई बच्चा (अझ छोरा) पाउने मेसिन ठानेको छ । राजनीतिमा महिला उपमामा सीमित छ । सरकारी कार्यालय र नियुक्तिमा महिला कमजोर प्रतिस्पर्धीमात्र बनेका छन् । उत्पादन क्षेत्रमा महिला सस्तो ज्यामी बनेका छन् । समग्रमा महिला दोस्रो दर्जाको नागरिकको व्यवहार भोग्न बाध्य छन् । महिलालाई ‘अधिकारसम्पन्न बनाइनु’ सीमित माथिल्लो वर्गका महिलाको निम्ति अतिरिक्त अवसर र सुविधा बने पनि व्यापक कामदार महिलाको निम्ति आजको पुँजीवादी व्यवस्था पनि नसुल्झिएको धागो र निको नभएको घाउ बनेको छ ।
महिलालाई अधिकारसम्पन्न बनाउने र शोषणबाट मुक्त गर्ने ऐतिहासिक प्रक्रिया राजनीतिसँग अन्योन्यास्रित रूपमा गाँसिएको प्रक्रिया हो । महिला आफैमा वर्ग होइन । महिला पनि वर्गमा विभाजित छ । त्यसकारण, महिलालाई उत्पीडनबाट मुक्त गर्ने विषय समाजका उत्पीडित पुरुषको उत्पीडनबाट मुक्तिसँग जोडिएको विषय हो । महिला मुक्तिको आरम्भ उत्पीडित पुरुषसँग मिलेर उत्पीडनको जरा उखेल्ने सङ्घर्षबाट हुनेछ । सामन्ती र पुँजीवादी उत्पीडनबाट मुक्तिपछि शोषणविहीन समाज व्यवस्थामा मात्र महिलामाथिको उत्पीडनको समस्या हल हुन सम्भव छ । अर्को शब्दमा भन्दा सामन्तवाद र पुँजीवादले थोपरेको शोषणबाट मुक्त हुने समाजवादी व्यवस्था स्थापनाले मात्र महिला मुक्तिको बाटो फराकिलो बन्नेछ । समाजवाद स्थापनापछि पनि महिलामाथिको उत्पीडनविरुद्ध लड्ने अभिभारा महिलासँगै क्रान्तिकारी हरूको काँधमा रहनेछ नै । तर, महिलामाथि उत्पीडनका मूल जरा भने समाजवादमा मात्र काटिने हुन्छ । समाजवादी राज्य स्वयम् प्रगतिशील र क्रान्तिकारी हुने भएकोले त्यो व्यवस्थामा महिलालाई बाँधेका ‘राजनीतिक, धार्मिक र पारिवारिक सत्ताका मोटा डोरी’ काटिसकेको हुन्छ । बाँकी केही डोरी पनि त्यत्तिञ्जेल कमजोर बनिसकेको हुन्छ । जसलाई काट्न महिलाले नलडी हुनेछैन । तर, त्यस्तो सङ्घर्ष कम कष्टकर हुनेछ ।
सामन्तवादले महिलालाई ‘मानिसको दर्जा’ दिएको थिएन । पुँजीवादले महिलालाई ‘मानिसको दर्जा’ त दियो । तर, ‘दोस्रो दर्जाको मान्छे’ बनायो । समाजवाद त्यस्तो व्यवस्था हो जसले महिलालाई समाजको जिम्मेवार र अधिकारसम्पन्न नागरिक बनाउनेछ ।
संसारको इतिहासले महिला वा पुरुष एक्लैले कुनै पनि सङ्घर्ष सफल भएको उदाहरण छैन । न राजनीतिक, न आर्थिक अधिकार, न सामाजिक अधिकार न प्रकृतिमाथिको सङ्घर्षमा एक्लै महिला वा पुरुषले जित्न सम्भव छ । स्पार्टाकस दास विद्रोहदेखि अक्टोबर क्रान्तिसम्म, राणाशासनविरुद्धको सङ्घर्षदेखि गणतन्त्रको लागि भएको आन्दोलनसम्म महिला र पुरुष दुवैको बलिदान र योगदानको कारण जनताको विजय सम्भव भयो ।
पुँजीवादी व्यवस्थाले आज संसारमा नयाँ नयाँ समस्या जन्माइरहेको छ । पुँजीवादले रोग, भोक, असमानता, युद्ध, अपराध, शोषण र असमानताका विकृति जन्माएको छ । यसबाट संसारका बहुसङ्ख्यक श्रमिक जनता पिरोलिएका छन् । उनीहरूमध्ये पनि सबभन्दा बढी महिला र बालबालिका पिरोलिएका छन् । साम्राज्यवादले थोपरेका युद्ध र अशान्तिको सबभन्दा निर्मम प्रहार महिलामाथि भइरहेको छ । त्यसकारण, संसारमा पान्डोराको सन्दुक खोल्दा निस्केका सबै विकृतिविरुद्ध लड्न महिलाहरू अझ बढी सक्रियतापूर्वक लाग्न जरुरी छ ।
महिलामाथि उत्पीडनको खास कारणसम्म पुग्न तयार नहुने एकथरी महिलाहरू मार्च ८ लाई श्रमिक महिला दिवसभन्दा पनि महिला दिवसमात्र बनाएर सामन्ती र पुँजीवादी उत्पीडनको खास मुद्दालाई ओझेलमा पार्न खोजिरहेका छन् । महिला दिवसको नाममा नाचगान र महिलावादी मुद्दामै मात्र केन्द्रित भएर संसारका श्रमिक महिलाका खास समस्या साम्राज्यवाद र पुँजीवादलाई जोगाउने प्रयास गरिरहेका छन् । त्यस्ता महिलाहरूले महिला दिवसको नाममा महिलामाथिको उत्पीडनलाई अझ बलियो बनाउन खोजेका हुन् । उनीहरू पात झारेर रूख ढाल्ने मूर्खता गरिरहेका छन् ।
हिँड्ने बाटो थाहा नपाएसम्म गन्तव्यमा पुग्न सकिन्न । यात्रा सफल बनाउन जाने बाटो र गन्तव्य दुवैमा प्रस्ट हुन जरूरी छ । गन्तव्य प्रस्ट भएर बाटो सही नहुँदा पनि यात्रा सफल हुँदैन भने गन्तव्य थाहा नहुँदा पनि यात्राको अर्थ हुँदैन । महिलाहरूमाथिको विभेद र उत्पीडनको जरा काट्न पुग्ने ठाउँ र जाने बाटो दुवै प्रस्ट हुनुपर्छ । त्यो बाटो समाजवादी आन्दोलनको बाटो हो । वर्गसङ्घर्षको बाटो हो । माक्र्सवादको बाटो हो । कम्युनिस्ट पार्टीको बाटो हो ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) मनाउँदै गर्दा नेपाली श्रमिक महिलाहरू कम्तीमा यी कुरामा प्रस्ट हुन जरूरी छ ।
Leave a Reply