भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, २५ फागुन । भक्तपुरको सांस्कृतिक विधाहरूको संरक्षण संर्वद्धन गर्नुका साथै नागरिकहरूमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २७ गते, शुक्रबार भक्तपुर दरबार क्षेत्र लायकुमा नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुँदै छ । सोही अवसरमा आज नगरपालिकाले नगरस्तरीय पछिमा बाजा प्रतियोगिताका सहभागी टोलीहरूको भेला कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नगरपालिकाले आयोजना गर्दै आएको सांस्कृतिक प्रतियोगिताहरूले भक्तपुरको मौलिक बाजागाजालाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले नगरपालिकाले नगरको सन्तुलित विकास, आर्थिक पारदर्शिता र अनुशासनमा विशेष जोड दिँदै आएको बताउनुभयो ।
२०७२ सालको भूकम्पबाट क्षति पुगेका अधिकांश सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको अवगत गराउँदै उहाँले स्वास्थ्य, शिक्षा, फोहोर व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षणलगायत समग्र विकासमा भक्तपुर नगरपालिका नमुना बनिरहेको बताउनुभयो ।
उपभोक्ता समितिमार्फत काम गराउँदा स्थानीयले रोजगारी पाउने र सम्पदाप्रति अपनत्व महसुस हुने हुँदा भक्तपुर नपाले उपभोक्ता मोडललाई जोड दिँदै आइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले प्रतियोगिताका नियमहरूमाथि प्रस्ट पार्दै प्रथम हुनेलाई प्रथम पुरस्कार नगद रु. २०,०००। का साथै पछिमा १ थान, सिछ्या १ थान, तँ १ थान, बाँसुरी ४ थान, द्वितीय पुरस्कार – नगद रु. १५,०००। का साथै पछिमा १ थान, सिछ्या १ थान, तँ १ थान, तृतीय पुरस्कार – नगद रु. १०,०००। का साथै पछिमा १ थान, सिछ्या १ थान, सान्त्वना पुरस्कार – नगद रु. ५,०००। का साथै पछिमा १ थान, सान्त्वना पुरस्कार – नगद रु. ५,०००। का साथ पछिमा १ थान र प्रत्येक सहभागी टोलीलाई पछिमा बाजा १÷१ थान प्रदान गरिने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले प्रतियोगितालाई सफल पार्न सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।
Leave a Reply