नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पश्चिमा प्रचारमाध्यमहरू युक्रेनलाई ‘नाजीविहीन’ बनाउने रुसी एजेन्डा निराधार भएको दाबी गर्दै छन् । साथै पश्चिमी देशहरूका जनतालाई युक्रेनको वास्तविकताबाट एकदम टाढा राखिएको छ । वर्चस्वकारी मिडियाले जे रिपोर्ट गर्छन्, त्यसमै विश्वास गर्न उनीहरू बाध्य छन् । समकालीन युक्रेनमा नाजीवादको कुनै बक्यौता छैन भन्ने झूट फैलाएकै कारण रुसी व्यवहारलाई पश्चिमी देशका जनताले फिटिक्कै नरुचाएको स्थिति छ । यस अर्थमा ती देशवासीलाई युक्रेनी यथार्थबारे झूटैझूटको भेल चिर्न स्तरीय सूचना दिनैपर्ने भएको छ ।
सबैजसो पश्चिमी टेलिभिजन च्यानल र पत्रपत्रिकाहरू सबैभन्दा तुच्छ तर्कका साथ युक्रेनी नाजीवादबारे कुरा गरिन्छ– जेलिन्स्की यहुदी थिए र युक्रेन प्रजातान्त्रिक देश हो । यस्तो हावादारी विचारले मैदानको घटनापछि कीभ कस्तो सङ्कटपूर्ण स्थितिबाट गुज्रिएको थियो भनी विश्लेषण गर्न दिन्न । त्यतिबेला सत्तापलटको माध्यमबाट रुसविरोधी विद्रोही समूहले शक्ति हत्यायो र जातिवादी र रुसविरोधी विचारधारा संस्थागत ग¥यो । आजका मितिसम्म सोही स्थिति कायम छ ।
‘युक्रेनी नाजीवाद’ भन्दै गर्दा कीभ हिटलरी बर्लिनको दुरुस्तै नक्कल हो भनेको होइन । तर, सन् २०१४ पछिको युक्रेनको मूल विचार नवनाजीवाद हो । मैदान विद्रोहलाई खुलेआम नाटोले भौतिक र आर्थिक सहयोग गरेको थियो । यसरी मस्कोकै रणनीतिक वातावरणमा रुसी प्रभावलाई होच्याइएको थियो । युक्रेनलाई वासिङटनबाट चलाउने कठपुतली राज्य बनाउनु र रुससँगका सम्पूर्ण सम्बन्धहरू अन्त्य गर्नु यो सहयोगको उद्देश्य थियो । कीभ र मस्कोबीचको राजनीतिक, आर्थिक र कूटनीतिक सम्बन्धहरूमात्र नभई दुई राष्ट्रबीचको सांस्कृतिक, जातीय, धार्मिक र भाषिक सम्बन्ध पनि नामेट पार्नु यसको उद्देश्य थियो ।
त्यस्ता रुसविरोधी योजनाहरू लागू हुँदै आएको छ । रुसी जातिका मान्छेहरू गएका आठ वर्षहरूमा मारिँदै आएका छन् । कुनै–कुनै भेगमा व्यवस्थितरूपमा यस्तो हत्या हुँदै आएको छ । सबैजसो सहरका युक्रेनी भाषा नबोलिने क्षेत्रहरूमा रुसी भाषालाई आपराधिक तुल्याइएको छ । मस्कोका बडागुरुहरूको प्रभावबाट बाहिरिने र युक्रेनी ‘राष्ट्रिय चर्च’ बनाउने मनसायले पुरातन चर्चमा आएको फुटलाई समर्थन गरिएको छ । तर, प्रश्न उठ्छ– युक्रेनी र रुसीहरू यति नजिकका जाति हुन् भने यो कसरी सम्भव होला ? धेरै युक्रेनीहरू रुसी भाषा बोल्छन् र रुसी जातिसँग बिहेवारी चलाउँछन् । साथै बहुसङ्ख्यक युक्रेनीहरूको पुरातन चर्चामाथि आस्था छ । यस्तो स्थितिमा जातिवादी नीति सुरु गर्न कसरी सम्भव भयो ?
यो मैदान विद्रोहका योजनाकारहरूको मुख्य चासोको विषय थियो । उत्तर नाजी तत्वहरूसँग थियो । यसको चाँजो पोरोशेन्को सरकारको पालामा गृहमन्त्री भएका आर्सेन आभाकोभले मिलाएका थिए । आभाकोभले मैदान विद्रोहलाई सघाएको नवनाजी मिलिसियालाई मलजल गर्ने काम थालेका थिए । यी अतिवादी समूहहरूलाई नयाँ युक्रेनी सत्ताको रक्षा विभागमा महत्वपूर्ण पदहरूमा भर्ती गरे । पश्चिमी देशका जनता स्लाभहरूको इतिहासबारे अनभिज्ञ छन् । धेरैले नाजीहरू यहुदीविरोधीमात्र थिए भन्ने भ्रममा छन् । वास्तवमा रुसविरोधी घृणा दोस्रो विश्वयुद्धको सबैभन्दा ठूलो उत्प्रेरणा थियो । यही घृणाले हिटलरलाई सोभियत सङ्घ कब्जा गर्ने सनकपूर्ण निर्णयमा पु¥याएको थियो । यी नवनाजी मिलिसियाहरूमा त्यही भावना जीवित छ । तिनीहरू रुसीहरूको जरा उखेल्न तम्तयार छन् । आफ्नो जातिवादी विचारमा तिनीहरू युक्रेनी सेनाभन्दा अति नै कट्टर छन् ।
एजोभ बटालियन, सी १४ जस्ता समूहहरू र प्राभी सेक्तोर र स्भोबोदाजस्ता दक्षिणपन्थी दलका सशस्त्र मिलिसियाहरू युक्रेनमा खुलेआम क्रियाशील छन् । तिनीहरू दोनबासमा हुने रुसी जातिहरूको हत्याहरूका लागि यी समूहहरूकै हात हुने गर्छ । यी समूहहरूले अति हिंस्रक व्यवहार गर्छन् । युक्रेनी सेनाले भन्दा उन्नत हातहतियार र उपकरणको प्रयोग गर्छन् । कीभमा विद्यमान रुसविरोधी क्रुरताको सक्कली अनुहार यिनै हुन् । रुस र युक्रेनबीचको सम्बन्ध भत्काउने सरकारी लक्ष्यमा साठगाँठ गर्न नवनाजीको रूपमा यी मिलिसियालाई कसैले रोक्न सक्दैन । त्यसैले यिनीहरू मैदान घटनापछि सत्ताका मुख्य सहयोगी बन्दै आएका छन् ।
सन् २०२० मा फ्रिडम हाउसले रिपोर्ट लेख्यो, ‘अति दक्षिणपन्थी नयाँ युरासिया ।’ युक्रेनी समाजमा एक उन्नत, अति पेशेवर र गोचर राजनीतिक शक्तिको रूपमा आज अतिवादी दक्षिणपन्थ एउटा बलियो र सबैभन्दा प्रभावशाली तत्व मानिन्छ । अर्को शब्दमा पृथ्वीको अन्य भूभागमा हिंस्रक र आपराधिक सहरी गुन्डा दल भनिने समूहहरूलाई युक्रेन सरकारले मैदान विद्रोहको समानान्तर सैन्य शक्तिमा फेरेको छ । यस्तो काम गर्ने उत्प्रेरणा नाजीवादबाट आएको हो । सन् १९३० र १९४० को दशकमा सुत्स्ताफल (एसएस) सबैभन्दा ठूला जर्मन सशस्त्र राजनीतिक शक्ति थियो । त्यो समूह जर्मन सेनाको हिस्सा थिएन । बरु सरकारले नै आफ्नो औपचारिक सेनाभन्दा पर राखेर अर्धसैन्य मिलिसियाको रूपमा त्यसलाई मलजल गरेको थियो । यसको एउटा मुख्य रणनीतिक उद्देश्य थियो । जर्मन सेनालाई सरकारले परिचालित गर्दा, ‘एसएस’ भने नाजी पार्टी र हिटलरको लागि लड्थ्यो । यसको अर्थ जर्मन सेनाले आत्मसमर्पण गरे ‘एसएस’ ले जर्मन सेनाविरुद्ध युद्धको घोषणा गर्ने थियो । यही ‘दोधारे’ सैन्य प्रणाली कीभले पनि अपनाएको छ । कुनै दिन रुस समर्थक सरकार निर्वाचित भए, नवनाजी मिलिसियाहरूले आफ्नै देशको सरकारविरुद्ध युद्धको घोषणा गर्नेछन् । ‘एसएस’ जर्मन सेनाभन्दा पनि बलियो भएझैँ नवनाजी मिलिसियाहरूले पनि औपचारिक सेनालाई हराउन सक्ने सामथ्र्य राख्छन् ।
बुझिराख्नुपर्ने अर्को कुरा पनि छ । यी समूहहरू सैन्य क्षेत्रमा मात्र परिचालित छैनन्, बरु सांस्कृतिक क्षेत्रमा रुसविरोधी घृणा फैलाउन सामान्य युक्रेनीहरूबीच पनि सक्रिय छन् । स्तेपान बान्देरालाई जयजयकार गर्नु यसको एउटा लक्षण हो । बान्देरा सोभियत सङ्घविरुद्ध लड्ने युक्रेनी राष्ट्रवादी नेता थियो । दोस्रो विश्वयुद्धमा नाजी जर्मनीसँग साठगाँठ गरेको थियो । मैदान विद्रोहअघि बान्देरालाई युक्रेनी इतिहासमा अन्य (विश्वासघातीलाई) जस्तै व्यवहार गरिन्थ्यो । तर, सन् २०१४ पछि उसलाई नवनाजी र रुसविरोधी नेताहरूले राष्ट्रिय नायकको रूपमा सम्झिन र पुज्न थाले । यही सिलसिलामा यी समूहहरूले रुसी पुरातन चर्चका गिर्जाघर र मठहरूमा उपद्रो मच्चाए । युक्रेनी जनताको मनमा रुसविरोधी आक्रामकता भर्ने यिनीहरू नै हुन् । बिस्तारै स्थानीय जनताको मनमा यो भावनाले जरा गाड्दै छ ।
खासमा युक्रेन एक यहुदीबाट शासित छ र बाहिरबाट हेर्दा देशको सत्ता संरचना ‘प्रजातान्त्रिक’ छ । भित्रबाट युक्रेनी सत्ता तानाशाही र भ्रष्ट छ । नाजी तत्व यी कुराहरूमा छैन । बरु, मैदान विद्रोहपछि बनेको राज्यसत्ता जोगाउने मामिलामा नाजी तत्व सक्रिय छ । यो राज्यसत्तालाई नवनाजी मिलिसियाहरूको राष्ट्रिय गठबन्धनको समर्थन छ । कीभको सिंहदरबारमा जो भए पनि रुसीहरूलाई दोषारोपण गर्नु र मार्नु नै यो गठबन्धनको एकमात्र उद्देश्य हो । देशको राष्ट्रपति यहुदी हुनुमा यी मिलिसियाहरूको चासो हुन्न, रुसीहरू मरिरहेका छन् कि छैनन् भन्ने कुरामा मात्र यिनको ध्यान हुन्छ । राष्ट्रपति भने नवनाजीहरू र आफूले रक्षा गर्ने नाटोसमर्थक नेताहरूको पक्षधर भए पुग्छ । अर्को शब्दमा, युक्रेनी नाजीवादबारे पुटिनको दाबीलाई अस्वीकार गर्ने पश्चिमी मिडियाहरूका तर्कहरू निम्छरा र हावादारी छन् ।
युक्रेनलाई नाजीवादबाट मुक्त गर्ने मस्कोको चासो जायज छ । यस कार्यमा अन्य देशहरूले पनि हातेमालो गर्न आवश्यक छ । विश्वभरि नाजीवादको ‘निन्दा’ हुन्छ । तर, यस्तो निन्दा पश्चिमा (साम्राज्यवादीहरू) लाई फाइदा पुग्दामात्र गरिन्छ । आजभोलि पनि नाजीवादसँग मिल्दोजुल्दो राजनीतिक दृश्य देखापरेको छ । तर, आफूलाई मानव अधिकार र प्रजातन्त्रको रक्षक बताउने उदारवादी सरकारहरूले आजको नाजीवादलाई चुपचाप स्वीकारेका छन् । रुसले नवनाजीहरूले आफ्नै जनताविरुद्ध गरेको अपराधलाई टुलुटुलु हेर्न नचाहेकोमात्र हो । यो निर्णयमा कुनै खोट छैन ।
(लुकास लेरोज ब्राजिलमा बस्ने समाज विज्ञानका अध्येता र भूराजनीतिक विश्लेषक हुन् । स्रोत : मन्थली रिभ्यू अनलाइन ।)
Leave a Reply