भर्खरै :

वाद्यवादकहरू सांस्कृतिक विश्वविद्यालयका गुरु

भक्तपुर नाचगानको मात्र होइन वाद्यवादक कलाकारहरूको पनि सहर हो । यहाँ अनेक नाचगान छन् । बेलाबखत यहाँका नाचगानहरू टोल–टोलमा देखाइन्छ । यसरी नै यहाँ विभिन्न बाजा छन्, विभिन्न बाजाका वाद्यवादकहरू पनि छन् । ती बाजाहरूको संरक्षण गर्न या जीवन्तता दिन र पुराना या अग्रज वाद्यवादनको कला, सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न भक्तपुर नपाले प्रत्येक वर्ष नगरव्यापी वाद्यवादन प्रतियोगिता गर्दै आएको हो । यसै सिलसिलामा यो वर्ष पछिमा बाजाको प्रतियोगिता भयो ।
प्रतियोगिता विश्व सम्पदास्थल भक्तपुरको दरबार क्षेत्रमा भयो । प्रतियोगिता सुरू हुनुभन्दा अघि स्मारक स्थल दत्तात्रयबाट ¥याली सुरू भएको थियो । ¥यालीमा ३३ वटा वाद्यवादन टोलीले भाग लिएका थिए । वाद्यवादनका कलाकारहरू स्थानीय मौलिक भेषभुषाबाट सुसज्जित थिए । ¥यालीमा वाद्यवादनका कलाकारहरूलाई स्थानीय टोलका जनताले साथ दिएका थिए । वाद्यवादनको टोली निश्चित दूरीमा अघि बढेको थियो । ¥याली सभ्य, भव्य र अनुशासित भई अघि बढेको थियो । वाद्यवादनको टोलीमा पछिमा, सिछ्या, तँ, बाँसुरी, प्वङा, मालीँ, धाँ आदि वाद्यवादन प्रयोग गरिएको थियो । ¥याली दरबार क्षेत्रमा पुगेपछि प्रतियोगिता सुरू भएको थियो । ¥याली सुरू हुनुअघि दत्तात्रय र प्रतियोगितास्थल दरबार क्षेत्रमा अतिथि र आयोजक समितिका वक्ताहरूले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
टोलीका सबै कलाकारहरूले आ–आफ्नो सीप र कला प्रस्तुत गरे । सबैको प्रस्तुति राम्रै थियो । प्रस्तुतिमा कसैलाई पनि कहीँ कतै अलमल या बाजा बजाउन समस्या भएन । सबै कलाकारहरूमा जोश जाँगर थिए । निराशाको कुनै छनक देखिएन । वाद्य कलाकारहरूमा रहेको कला र सीप कलेज र विश्वविद्यालयमा पढाउने उच्च शिक्षा प्राप्त गरेको शिक्षाभन्दा कम थिएन । साँच्चै उनीहरू सांस्कृतिक विश्वविद्यालयका गुरूहरू हुन् । उनीहरूले अहिले पु¥याइरहेको योगदान अविस्मरणीय छ । तर, पनि उनीहरूसँग रहेको कला र सीपको सरकारले कदर गर्न जानेको छैन, उनीहरूलाई उच्च शिक्षा प्राप्त गरेसरह दीक्षित गरेर प्रमाणपत्र दिएर सम्मान गरेको छैन । सरकारले उच्च शिक्षा प्राप्त गरेका शिक्षक र प्राध्यापकलाई झैँ विभिन्न क्षेत्रमा तालिम लिएर विभिन्न सीप हासिल गरेकाहरूलाई झैँ खेलकुद, नाचगान, गीत, सङ्गीत तथा वाद्यवादनका निपुण या अग्रज कलाकारहरूलाई पनि उनीहरूको सेवा अवधि र अनुभवको आधारमा उच्च शिक्षा प्राप्त गरेसरह प्रमाणपत्र दिएर दीक्षित गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *